Trending
>>   कांग्रेसको १५औँ महाधिवेशनमा युवा नेता भट्टद्वारा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा >>   दशैँअघि नै अवरुद्ध सडक खुल्ने, पोडवे र तौल पुलको विषयमा संसदीय समितिमा बहस >>   चाडपर्वमा यात्रु ठगी रोक्न ‘यात्रु सहायता कक्ष’ र ‘क्यू–फ्री’ प्रणाली प्रभावकारी बनाइने >>   यातायात क्षेत्रको बेथिति र भ्रष्टाचारबारे सांसद पाण्डेको आक्रोशः ‘कार्यान्वयन नभए अनुगमनमा निस्किन्छौँ’ >>   चोलेन्द्र प्रक्राउबारे प्रचण्डको टिप्पणी :’छोरी पिटेर बुहारी तर्साउन खोजे’ सरकारले ठूलो मूल्य चुकाउनुपर्नेछ >>   ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा फेरियो माहोलः नियमित उडानको आशाले पर्यटन व्यवसायी उत्साहित’ >>   उतारचढावमा बित्यो गत साता, आज सेयर बजार कता? >>   अवरुद्ध सडक खुलाउन २५० भन्दा बढी उपकरण तयारी अवस्थामाः प्राधिकरण >>   पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ खण्ड खुलाउन १० उपकरण परिचालन, पहिरो पन्छाउने कार्य जारी >>   अविरल वर्षाले देशभर जनजीवन अस्तव्यस्तः दर्जनौं सडक अवरुद्ध, पुल बगायो
Logo
१३ आश्विन २०८३, मंगलवार
१३ आश्विन २०८३, मंगलवार

वीरगञ्जमा नयाँ स्वास्थ्य प्रयोगशाला सञ्चालनमा


२८ ,असोज ,पर्सा । वीरगञ्ज महानगरपालिकाले निर्माण गरेको जनस्वास्थ्य प्रयोगशाला आइतबारदेखि सञ्चालनमा आएको छ । वीरगञ्जमा उपचार गराउन आउने बिरामीहरुलाई सहुलियत दरमा स्वास्थ्य परीक्षण सेवा उपलब्ध गराउने उद्देश्यले महानगरले आफ्नै प्रयोगशाला सञ्चालनमा ल्याएको हो ।

मधेस प्रदेश सरकारको समेत सहयोगमा निर्माण गरिएको प्रयोगशालामा वीरगञ्ज महानगरपालिकाले रु एक करोड लगानी गरेको छ । प्रयोगशालाको आइतबार एक कार्यक्रमबीच जनता समाजवादी पार्टी नेपालका मुख्य सचेतक प्रदीप यादवले उद्घाटन गरे ।

त्यस अवसरमा पूर्वमन्त्री यादवले महानगरपालिकाले सञ्चालन गरेको प्रयोगशालाले गरिब नागरिकलाई विशेष सेवा प्रवाह गर्न आग्रह गरे ।

उनले वीरगञ्जको नारायणी अस्पतालभन्दा कम शुल्कमा बिरामीको ५४ प्रकारका प्रयोशाला परीक्षण गर्र्ने जानकारी दिँदै यसले वीरगञ्जवासी मात्र नभई छिमेकी पाँच जिल्ला र सीमावर्ती भारतीय क्षेत्रका बिरामीलाई समेत फाइदा पुग्ने विश्वास व्यक्त गरे ।

वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले वीरगञ्ज महानगरपालिकाले सञ्चालन गरेको स्वास्थ्य प्रयोगशालाबाट प्रदान गरिने सेवाको निरन्तर अनुगमन गर्न सेवाग्राहीलाई अपिल गरे ।

उनले महानगरपालिकाले वीरगञ्जवासीमात्र नभई छिमेकी पाँच जिल्ला र सीमावर्ती भारतीय क्षेत्रबाट उपचार गराउन वीरगञ्ज आउने बिरामीलाई सुपथ मूल्यमा औषधी उपलब्ध गराउने सम्पूर्ण तयारी गरिसकेको बताए ।

वीरगञ्जको आदर्शनगरस्थित हजारी मल धर्मशाला क्षेत्रमा छठ पर्वपछि पूर्वाधार निर्माण गरी सहुलियत दरमा औषधी उपलब्ध गराउनाका साथै स्त्रीरोग उपचार सेवा प्रदान गर्ने प्रमुख सिंहले जानकारी दिए ।

महानगरपालिकाले सञ्चालन गरेको स्वास्थ्य प्रयोशालाबाट प्रवाह हुने सेवा प्रचलित बजार मूल्यभन्दा ७५ प्रतिशत सस्तो रहेको महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेलले जानकारी दिए ।

उनले प्रयोगशालामा ज्येष्ठ नागरिक, मिर्गौला पीडित, क्यान्सर पीडित, एचआइभी/सङ्क्रमित, सहिद परिवार र मधेस आन्दोलनका घाइते तथा विपन्न परिवारलाई सबैखाले परीक्षणमा ९० प्रतिशत छुट र अपाङ्गता भएका व्यक्तिहरूलाई ५० प्रतिशत छुटको व्यवस्था गरिएको बताए ।


प्रकाशित मिति: २८ आश्विन २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?