Trending
>>   औद्योगिक क्षेत्रका समस्या समाधान गरेर अघि बढ्नुपर्छःविद्यादेवी भण्डारी >>   एशियाली खेलकुदः नेपाली आर्चरी टोलीको चुनौती समाप्त, खेलाडी भन्छन्– ‘अन्तर्राष्ट्रिय एक्सपोजरको खाँचो’ >>   पहिरोले अवरुद्ध कान्ति लोकपथ एकतर्फी सञ्चालनमा >>   कोदारी नाकाको पूर्ण सञ्चालनका लागि नेपाल–चीन उच्चस्तरीय पहल >>   केही नेपाल ऐन जगाउने विधेयकमा सांसदहरूको मिश्रित धारणाः कानूनी अन्योल अन्त्य गर्ने विश्वास >>   निष्क्रिय अध्यादेशका प्रावधान ब्युँताउन सरकारले ल्यायो ‘केही नेपाल ऐन संशोधन विधेयक’ >>   सरकारको कार्यशैलीप्रति नेकपा सांसद शर्माको आपत्तिः ‘अध्यादेशको शासन लोकतन्त्रको उपहास’ >>   प्रतिनिधि सभामा ‘डिप्लोमा इन्जिनियरिङ परिषद् विधेयक’ प्रश्तुत >>   नेपाल सुरक्षित रहेको सन्देश फैलाउनसके धेरै पर्यटकीय बजार गुमाउनुपर्दैनः हान अध्यक्ष शाह >>   विपद् व्यवस्थापन कोषको नाम परिवर्तन गर्न र अधिकारसम्पन्न प्राधिकरण गठन गर्न सांसद खरेलको माग
Logo
१३ आश्विन २०८३, मंगलवार
१३ आश्विन २०८३, मंगलवार

एनआरएनए उपाध्यक्षमा डा. केशव पौडेलको उम्मेदवारी दर्ता


काठमाडौँ:गैरआवासीय नेपाली संघका महासचिव डा. केशव पौडेलले उपाध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएका छन् । अध्यक्षमा उम्मेदवारी दिने चर्चाकाबीच अध्यक्ष उम्मेदवार महेश श्रेष्ष्ठलाई सघाउँदै पौडेलले उपाध्यक्ष पदमा उम्मेदवारी दिएका हुन् । आईतबार प्रस्तावक विश्वनाथ बराल र गोमा सेन तथा रामहरि अधिकारी र वासुदेव भट्टको समर्थनमा पौडेलले उम्मेदवारी दर्ता गराएका हुन् ।

उम्मेदवारी दर्ता गराउँदै पौडेलले गैरआवासीय मताधिकार र गैरआवासीय मुद्दा सम्बोधनका लागि एनआरएनए मन्त्रालय स्थापनाको विषयलाई टुंगोमा पुर्याउन आफू दिलोज्यानले लाग्ने बताए । उनले गैरआवासीय नेपाली संघमा पारदर्शीताको विषयलाई प्रमुखताका साथ उठाउने पनि प्रतिबद्धता जनाए ।

डा.पौडेलको उम्मेदवारीलाई विभिन्न क्षेत्रबाट सहयोग र समर्थन मिलिरहेको छ । एनआरएनए अमेरिका र आईसीसीको महासचिवसहितका जिम्मेवारी रहँदा कुशलताका साथ कार्यसम्पादन गरेका पौडेललाई उपाध्यक्ष पदमा आफूहरुको साथ र समर्थन रहने अमेरिकाका कृष्णजीवि पन्थले बताए । फ्रान्सकी गीता थापाले बोलीभन्दा व्यवहारिक नतिजामुखी कामका कारण पौडेललाई साथ रहेको बताइन् ।


प्रकाशित मिति: २८ आश्विन २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?