१६ वैशाख, एजेन्सी । द्वन्द्वग्रस्त सुडानबाट शनिबार बिहान ४८ जना यात्रुहरू टोकियो पुगेका छन्। जापानी नागरिकहरू चार्टर्ड उडानबाट शुक्रबार स्वदेश फर्काइएको परराष्ट्र मन्त्रालयले जनाएको छ। शुक्रबारसम्म ६५ जना जापानी नागरिक र अन्य देशका नागरिकले पनि सुडान छाडेका छन् । ती मध्ये केही आफ्नै पहलमा जापान फर्किएको पनि मन्त्रालयले जनाएको छ ।
१६ वैशाख, काठमाडौँ । पछिल्लो समय चियाको निर्यातमा वृद्धि भए पनि त्यसबाट प्राप्त हुने आम्दानीमा कमी आएको पाइएको छ । प्रत्येक वर्ष निर्यातमा खडा हुने बाधाव्यवधान, झन्झटिलो प्रक्रिया, नेपाली चियामा हुने मिसावटलगायत कारणले न्यून मूल्यमा बिक्री गर्नुपर्ने बाध्यताले यो क्षेत्र क्षमताअनुसार नाफामूलक बन्न सकेको छैन । राष्ट्रिय चिया तथा कफी
१६ वैशाख, काठमाडाैँ । काठमाडौँ महानगरपालिकाले चालू आर्थिक वर्षको चैतसम्ममा रु छ अर्ब ४९ करोड ४२ लाख ५३ हजार राजस्व असुल गरेको । उक्त रकम लक्ष्यको ६२ दशमलव ३३ प्रतिशत हो । गत आवको चैतसम्ममा रु पाँच अर्ब आठ करोड ९७ लाख ८८ हजार असुल गरेको कामपा राजस्व विभाग प्रमुख
१६ वैशाख, काठमाडाैँ । अष्ट्रेलिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा प्रहरीले एक जना पक्राउ गरेको छ । पक्राउपर्नेमा सुनसरीको धरान उपमहानगरपालिका–१३ घर भई हाल काठमाडौँ महानगरपालिका–१ लाजिम्पाट बस्ने २५ वर्षीया सयना श्रेष्ठ रहेकी छन् । सयनासमेतले वैदेशिक रोजगारीका लागि अष्ट्रेलिया पठाइ प्रतिष्ठित कम्पनीमा रु तीन लाखभन्दा बढी तलब हुने काम
१६ वैशाख, कपिलवस्तु । जिल्ला प्रशासन कार्यालय कपिलबस्तुले शुक्रबारदेखि अनुचित लेनदेन (मिटर ब्याज) बाट पीडितहरुको निबेदन संकलनका लागि पीडित सहयता कक्ष सञ्चालनमा ल्याएको छ । मिटर व्याजबाट पीडितहरुले बैशाख १७ देखि ३१ गते सम्म आफूसँग भएको सबुद प्रमाणसहित सहयता कक्षमा आई निबेदन दिन प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले बताए ।
१६ वैशाख, मुगु । यहाँका बाढीपहिरो पीडित परिवारले सात महिनासम्म सरकारी निकायबाट राहत तथा पुनर्वास नहुँदा सास्ती भोगेका छन् । बाढीपहिरोबाट छायाँनाथ रारा नगरपालिकास्थित सालिम गाउँका आठ जनाको ज्यान गएको थियो । बाढीपहिरोबाट सालिम गाउँका ५६ परिवार त्रिपाल र आफन्तको घरगोठमा बस्दै आएको सात महिना बितेको छ । गत असोज १९
१६ वैशाख, काठमाडाैँ । चालु आर्थिक वर्षको चैत महिनामा मात्र सरकारले करिब साढे ३३ अर्ब रुपैयाँ बराबर रकमान्तर, स्रोतान्तर र थप निकासा गरेको छ । अर्थ मन्त्रालयले सार्वजनिक गरेको ‘२०७९ चैत महिनामा पुँजीगततर्फ रू एक करोडभन्दा बढीको एक उपशीर्षकबाट अर्को बजेट उपशीर्षकमा भएको रकमान्तरको विवरण’अनुसार रू ३३ अर्ब ३४ करोड ४५
१६ वैशाख, जनकपुर । आदर्श नारी सीताको जन्म भएको दिन आज जनकपुरधाममा जानकी नवमी धुमधामका साथ मनाइँदै छ । त्रेतायुगमा आजकै दिन मिथिलाञ्चलको जनकपुरधाममा जन्म भएको धार्मिक मान्यताअनुसार वैशाख शुक्ल नवमीको दिन आज घरघरमा विशेषरुपमा जानकी नवमी मनाउने कार्य भइरहेको जानकी मन्दिरका उत्तराधिकारी रामरोशन दास वैष्णवले जानकारी दिए । बिहानैदेखि
१६ वैशाख, एजेन्सी । उत्तरपश्चिम चीनको गान्सु प्रान्तको जिउक्वान शहरमा शनिबार भएको सडक दुर्घटनामा छ जनाको मृत्यु हुनाका साथै अन्य १२ जना घाइते भएका छन् । स्थानीय अधिकारीहरूले जानकारी दिएअनुसार शहरको जिन्ता काउन्टीमा आज बिहान एउटा सेमी ट्रेलर ट्र्याक्टर र मिनिभ्यान एकापसमा ठोक्किँदा दुर्घटना भएको हो । घाइते सबै जना मिनिभ्यानमा
१६ वैशाख, काठमाडाैँ । आदिवासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापा मगरले नेपालका आदिवासी थारु समुदायमा देखिएको ‘सिकलसेल एनिमिया’ रोगका बारेमा संयुक्त राष्ट्रसङ्घको ध्यान जानुपर्ने बताएका छन् । संयुक्त राष्ट्र सङ्घको मुख्यालय न्यूयोर्कमा आयोजित आदिवासी मामिलासम्बन्धी संयुक्त राष्ट्रको स्थायी मञ्चको २२औँ अधिवेशनलाई सम्बोधन गर्दै उनले विश्वका आदिवासी समुदाय प्रभावित भएजस्तै नेपालका