Trending
>>   आचारसंहिता उल्लङ्घन गर्ने मिडियामाथि निगरानीः कारबाहीका लागि प्रेस काउन्सिललाई पत्राचार >>   पत्रकारको सहज आवागमनका लागि प्रदेशस्तरीय प्रेस पासलाई पनि मान्यता दिने आयोगको तयारी >>   मतदानकै दिन साँझदेखि मतगणना शुरु हुनेः नतिजा छिटो सार्वजनिक गर्ने आयोगको लक्ष्य >>   उज्यालो नेपाल पार्टीले शनिवार खुला मञ्चमा उज्यालो प्रतिवद्धता सभा गर्ने >>   सामाजिक सञ्जालमा भिड्ने काम नगरौँ, मुलुकमा घृणा फैल्याउँछः गगनकुमार थापा >>   पुराना राजनीतिक दलहरुले दलीय संरचनालाई भ्रातृ संगठनका नाममा राज्य दोहनको ‘मेसिन’ बनाए: डा. स्वर्णिम वाग्ले >>   आसन्न निर्वाचनमा एमाले मुलुकको निर्णायक शक्तिको रुपमा उदाउनुपर्छः ईश्वर पोखरेल >>   मतदानका दिन सवारी साधन नियमनः कसलाई पास चाहिन्छ, कसलाई चाहिँदैन ? >>   पाँच वर्षको लागि राष्ट्रिय स्वतन्त्र पार्टीलाई बहुमत दिनुस : रवि लामिछाने >>   निर्वाचनको सरगर्मीः सुनसान सिंहदरबार
Logo
१५ फाल्गुन २०८२, शुक्रबार
१५ फाल्गुन २०८२, शुक्रबार

राष्ट्रपति भण्डारीले गरिन् राससको तस्बिर प्रदर्शनी अवलोकन


१४ जेठ, काठमाडाैँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आज भद्रकालीस्थित राष्ट्रिय समाचार समिति (रासस) को केन्द्रीय कार्यालयमा गणतन्त्र दिवस, २०८० का सन्दर्भमा आयोजित तस्बिर प्रदर्शनीको अवलोकन गरेकी छिन्।

नेपालका सांस्कृतिक पक्ष समेटेर राससबाट सम्प्रेषण भएका तस्बिरहरू ‘हाम्रो संस्कृतिः हाम्रो सम्पदा’ शीर्षकमा यही जेठ ११ गतेदेखि साताव्यापी प्रदर्शनीमा सातै प्रदेश एवम काठमाडौँ उपत्यकाका गरी ७७ तस्बिर समाविष्ट गरिएका छन् । राससका फोटो पत्रकारहरुले खिचेका र सम्पादन कक्षबाट सेवाग्राहीमा सम्प्रेषण भइसकेका नेपालका विभिन्न चाडपर्व, जात्रा, मेलामहोत्सव तथा मठमन्दिर, गुम्बा, चैत्य, ताजियाजस्ता मूर्त–अमूर्त संस्कृति एवं सम्पदासम्बन्धी तस्बिर प्रदर्शनीमा राखिएका छन् ।

तस्बिर अवलोकनपछि राससकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै पूर्वराष्ट्रपति भण्डारीले सामाजिक सद्भावको रसायन मानिने सांस्कृतिक क्षेत्रका तस्बिर समावेश गरी प्रदर्शनी गरिनु सामयिक भएको बताए । संस्कृति एक समाज र अर्को समाजबीच सर्दै जाने पनि हुने भएकाले हरेक संस्कृतिको जगेर्ना र प्रवद्र्धन गर्न उनले जोड दिए ।

पूर्वराष्ट्रपति भण्डारी रासस परिसरमा आउँदा राससका कार्यकारी अध्यक्ष धमेन्द्र झा, महाप्रबन्धक सिद्धराज राई, नायब महाप्रबन्धहरु, विभागीय प्रमुखहरुलगायतले स्वागत गरेका थिए ।


प्रकाशित मिति: १४ जेष्ठ २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?