Trending
>>   पत्रकार पक्राउको शैलीले शाहीकालीन निरंकुशताको झल्को दियो : कांग्रेस >>   प्रेस स्वतन्त्रतामाथिको दमन लोकतन्त्रमाथिकै प्रहार : कुलमान घिसिङ >>   डीडीसीमा १२ करोडभन्दा बढी अनियमितता गरेको आरोपमा तत्कालीन महाप्रबन्धकसहित ८ जना पक्राउ >>   पत्रकारलाई नियन्त्रणमा लिने प्रहरीको कदमप्रति प्रेस काउन्सिलको आपत्ति, कानुनी आधार सार्वजनिक गर्न माग >>   पत्रकार पक्राउप्रति महासंघको आपत्ति, धरपकड नरोकिए सशक्त आन्दोलनको चेतावनी >>   सरकार र प्रहरीबीच ‘कन्फ्लिक्ट’ चलिरहेको छ, हेडक्वाटरको ‘डिआईजी सम्मेलन’ त्यसैको परिणाम होः सांसद मधु चौलागाईं >>   नेपाललाई अतिकम विकसित मुलुकबाट स्तरोन्नतिका लागि तयारी अवधि ३ वर्ष थप >>   तातोपानी नाकालाई नियमित सञ्चालनमा ल्याउन अन्तरमन्त्रालय समन्वय र कुटनीतिक पहल जारीः परराष्ट्र मन्त्रालय >>   वागमतीमा मात्रै बैंकको ५२ खर्ब निक्षेप, कर्णालीमा १ खर्ब ११ अर्ब मात्रै >>   ‘टिमुरे टु त्रिवेणी’ अपरेसन : ११२ शव हस्तान्तरण गरिएको प्रहरीको जानकारी
Logo
१३ कार्तिक २०८३, शुक्रबार
१३ कार्तिक २०८३, शुक्रबार

राष्ट्रपति भण्डारीले गरिन् राससको तस्बिर प्रदर्शनी अवलोकन


१४ जेठ, काठमाडाैँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आज भद्रकालीस्थित राष्ट्रिय समाचार समिति (रासस) को केन्द्रीय कार्यालयमा गणतन्त्र दिवस, २०८० का सन्दर्भमा आयोजित तस्बिर प्रदर्शनीको अवलोकन गरेकी छिन्।

नेपालका सांस्कृतिक पक्ष समेटेर राससबाट सम्प्रेषण भएका तस्बिरहरू ‘हाम्रो संस्कृतिः हाम्रो सम्पदा’ शीर्षकमा यही जेठ ११ गतेदेखि साताव्यापी प्रदर्शनीमा सातै प्रदेश एवम काठमाडौँ उपत्यकाका गरी ७७ तस्बिर समाविष्ट गरिएका छन् । राससका फोटो पत्रकारहरुले खिचेका र सम्पादन कक्षबाट सेवाग्राहीमा सम्प्रेषण भइसकेका नेपालका विभिन्न चाडपर्व, जात्रा, मेलामहोत्सव तथा मठमन्दिर, गुम्बा, चैत्य, ताजियाजस्ता मूर्त–अमूर्त संस्कृति एवं सम्पदासम्बन्धी तस्बिर प्रदर्शनीमा राखिएका छन् ।

तस्बिर अवलोकनपछि राससकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै पूर्वराष्ट्रपति भण्डारीले सामाजिक सद्भावको रसायन मानिने सांस्कृतिक क्षेत्रका तस्बिर समावेश गरी प्रदर्शनी गरिनु सामयिक भएको बताए । संस्कृति एक समाज र अर्को समाजबीच सर्दै जाने पनि हुने भएकाले हरेक संस्कृतिको जगेर्ना र प्रवद्र्धन गर्न उनले जोड दिए ।

पूर्वराष्ट्रपति भण्डारी रासस परिसरमा आउँदा राससका कार्यकारी अध्यक्ष धमेन्द्र झा, महाप्रबन्धक सिद्धराज राई, नायब महाप्रबन्धहरु, विभागीय प्रमुखहरुलगायतले स्वागत गरेका थिए ।


प्रकाशित मिति: १४ जेष्ठ २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?