Trending
>>   पत्रकार पक्राउको शैलीले शाहीकालीन निरंकुशताको झल्को दियो : कांग्रेस >>   प्रेस स्वतन्त्रतामाथिको दमन लोकतन्त्रमाथिकै प्रहार : कुलमान घिसिङ >>   डीडीसीमा १२ करोडभन्दा बढी अनियमितता गरेको आरोपमा तत्कालीन महाप्रबन्धकसहित ८ जना पक्राउ >>   पत्रकारलाई नियन्त्रणमा लिने प्रहरीको कदमप्रति प्रेस काउन्सिलको आपत्ति, कानुनी आधार सार्वजनिक गर्न माग >>   पत्रकार पक्राउप्रति महासंघको आपत्ति, धरपकड नरोकिए सशक्त आन्दोलनको चेतावनी >>   सरकार र प्रहरीबीच ‘कन्फ्लिक्ट’ चलिरहेको छ, हेडक्वाटरको ‘डिआईजी सम्मेलन’ त्यसैको परिणाम होः सांसद मधु चौलागाईं >>   नेपाललाई अतिकम विकसित मुलुकबाट स्तरोन्नतिका लागि तयारी अवधि ३ वर्ष थप >>   तातोपानी नाकालाई नियमित सञ्चालनमा ल्याउन अन्तरमन्त्रालय समन्वय र कुटनीतिक पहल जारीः परराष्ट्र मन्त्रालय >>   वागमतीमा मात्रै बैंकको ५२ खर्ब निक्षेप, कर्णालीमा १ खर्ब ११ अर्ब मात्रै >>   ‘टिमुरे टु त्रिवेणी’ अपरेसन : ११२ शव हस्तान्तरण गरिएको प्रहरीको जानकारी
Logo
१३ कार्तिक २०८३, शुक्रबार
१३ कार्तिक २०८३, शुक्रबार

पूर्वराष्ट्रपति भण्डारीद्वारा रासस कार्यालयको निरीक्षण


१४ जेठ, काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आज भद्रकालीस्थित राष्ट्रिय समाचार समिति (रासस) को केन्द्रीय कार्यालयको निरीक्षण गरेकी छिन् ।

गणतन्त्र दिवस, २०८० को सन्दर्भमा आयोजित तस्बिर प्रदर्शनीको अवलोकनपछि पूर्वराष्ट्रपति भण्डारीले राससको समाचार सङ्कलन कक्ष, नेपाली, अङ्ग्रेजी र अन्तर्राष्ट्रिय समाचार सम्पादन कक्ष, तस्बिर सम्पादन कक्ष र प्रशासनिक कक्षको निरीक्षण गरिन् ।

पूर्वराष्ट्रपति भण्डारीलाई राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झा, महाप्रबन्धक सिद्धराज राई, सञ्चालक समिति सदस्य एवं आलेख शाखा प्रमुख कृष्ण अधिकारी, प्रमुख समाचारदाता उत्तम सिलवाल, प्रधानसम्पादक एकराज पाठक, अङ्ग्रेजी समाचार सम्पादन शाखाका प्रमुख दीपराज सन्याललगायतले व्यवस्थापकीय र समाचारसँग सम्बन्धित विषयमा जानकारी गराएका थिए ।

सो अवसरमा पूर्वराष्ट्रपति भण्डारीले राससका समाचार सेवा सन्तुलित र निर्विवाद हुने गरेको आफूले पाएको उल्लेख गर्दै लोकतान्त्रिक गणतन्त्रात्मक प्रणालीलाई संस्थागत विकास गर्दै जनताका आकाङ्क्षा र विकास निर्माणका गतिविधिलाई प्राथमिकता दिन आग्रह गरिन् ।

साथै उनले राससजस्ता भवन र संरचना निर्माण गर्दा नेपालीपन झल्कनुपर्नेमा पनि जोड दिइन् । सो अवसरमा पूर्वराष्ट्रपति भण्डारीलाई कार्यकारी अध्यक्ष झाले ‘मायाको चिनो’ प्रदान गरेका थिए भने प्रधानसम्पादक पाठकले राससको इतिहास समेटिएको ‘रासस : हिजो र आज’ पुस्तक हस्तान्तरण गरेका थिए ।


प्रकाशित मिति: १४ जेष्ठ २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?