Trending
>>   न्यायालयमा भ्रष्टाचार र सेटिङको आरोपः ‘स्वतन्त्र नागरिक अभियान’द्वारा माइतीघरमा प्रदर्शन (तस्बिरहरु) >>   जापानमा आणविक नीति परिमार्जन र सैन्यीकरणको विरोधमा विशाल प्रदर्शन >>   पोखराका नौवटै ताल जोड्ने साइकल ट्रेलको आयोजना अघि बढाइँदै >>   गिग वर्करदेखि आउटसोर्सिङ श्रमिकसम्मलाई समेट्ने गरी श्रम ऐन संशोधन हुँदै >>   मुस्ताङको होटेलबाट जेन–जी आन्दोलनमा फरार बलात्कारका दोषी पक्राउ >>   प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन >>   कमजोर हुँदै चक्रवातको प्रभाव , भोलिदेखि सुधारको संकेत >>   पत्रकार पक्राउको शैलीले शाहीकालीन निरंकुशताको झल्को दियो : कांग्रेस >>   प्रेस स्वतन्त्रतामाथिको दमन लोकतन्त्रमाथिकै प्रहार : कुलमान घिसिङ >>   डीडीसीमा १२ करोडभन्दा बढी अनियमितता गरेको आरोपमा तत्कालीन महाप्रबन्धकसहित ८ जना पक्राउ
Logo
१५ कार्तिक २०८३, आईतवार
१५ कार्तिक २०८३, आईतवार

समाचार


चार देशमा प्रस्तावित राजदूतहरूको सुनवाइ हुँदै

काठमाडौँ । विभिन्न देशका लागि प्रस्तावित राजदूतहरूको सुनुवाइ आज पनि हुँदैछ । आइतबारदेखि सुनुवाइ थालेको संसदीय सुनुवाइ समितिले आज इजरायल, मलेसिया, पाकिस्तान र पोर्चुगलका लागि प्रस्तावित राजदूतहरूलाई बोलाएको हो । इजरायलका लागि धनप्रसाद पण्डित, मलेसियाका लागि नेत्रप्रसाद तिमिल्सिना, पाकिस्तानका लागि रीता धिताल र पोर्चुगलका लागि प्रकाशमणि पौडेल राजदूत नियुक्तिका लागि

काँग्रेस र कम्युनिष्ट शासनले भ्रष्टचारलाई बढावा दियो : अध्यक्ष उपेन्द्र यादव

काठमाडौँ । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले देशमा बेरोजगारी बढ्नुमा नेपाली काँग्रेस र कम्युनिष्ट पार्टीहरुको हात रहेको आरोप लगाएका छन् । वीरगञ्जमा आयोजित एक कार्यक्रममा बोल्दै उनले गरिबी र बेरोजगारीको दर बढ्नुको जिम्मेवारी काँग्रेस र कम्युनिष्टले लिनुपर्ने बताए । उनले पढेलेखेका युवालाई देशमा कुनै रोजगारीको लागि स्थान नहुने

माधव नेपाल रुस प्रस्थान, पाण्डेलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल ‘मल्टी पोलारिटी फोरम’ विषयक अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन रुस प्रस्थान गरेका छन् ।उनको अनुपस्थितिमा पार्टीको वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी तोकिएको छ । अध्यक्ष नेपालले भ्रमणका क्रममा त्यहाँस्थित उच्च तहका नेताहरूसँग भेटघाट तथा छलफल गर्ने जनाइएको छ । अध्यक्ष नेपाल

इजिप्ट र सोमालियाका प्रधानमन्त्रीबीच आर्थिक, सुरक्षा सहयोगबारे छलफल

काठमाडौँ । इजिप्टका प्रधानमन्त्री मोस्तफा मदबोलीले राजधानी कायरोमा आफ्ना सोमाली समकक्षी हम्जा अब्दी बार्रेसँग आर्थिक र सुरक्षा सहयोगका बारेमा छलफल गर्नुभएको छ । बैठकको क्रममा मदबोलीले आफ्नो सरकार कायरो र मोगादिसु बीचको आर्थिक, व्यापार र लगानी सम्बन्धलाई समर्थन र सुदृढ पार्ने दिशामा दृढतापूर्वक अघि बढिरहेको बताएका छन्  । मदबोलीले इजिप्टले

दुई वटा संसदीय समितिको बैठक बस्दै

काठमाडौँ । दुई वटा संसदीय समितिको बैठक सोमबार बस्दैछ । जसअनुसार बिहान ११ बजे कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक बस्न लागेको हो । बैठकमा विधायन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको दफावार छलफल हुने कार्यसुची रहेको छ। त्यस्तै दिउँसो ३ बजे बस्ने राज्यका निर्देशक, सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन,

गोकर्णेश्वर र पशुपतिमा श्राद्ध गर्नेको भीड

काठमाडौं । आज कुशे औँसी अर्थात बाबुको मुख हेर्ने दिन । कुशे औँशीका दिन छोराछोरीहरू परम्पराअनुसार आफ्नो पितालाई मन पर्ने खानेकुरा खुवाई आदरसम्मान प्रकट गर्दै पिताको मुख हेरेर मनाउने गर्दछन् । कुशे औँशीको अवसरमा आज काठमाडौंको पशुपतिनाथ, गोकर्णेश्वर लगायतका तीर्थस्थलमा भीड लागेको छ । कुशे औँशीको अवसरमा गोकर्णेश्वर, पशुपतिनाथ मन्दिर

त्रिविका ११ क्याम्पस प्रमुखका लागि आवेदन माग

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको क्याम्पस प्रमुख छनोट समितिले आज सूचना जारी गरी ११ आंगिक क्याम्पसमा रिक्त क्याम्पस प्रमुखका लागि आवेदन माग गरेको छ। त्रिविले योग्य उम्मेदवारले [email protected] इमेल ठेगानामा सात दिनभित्र आवेदन पठाउन सक्ने सूचनामा उल्लेख गरेको छ ।  

काभ्रेमा भएका अलग-अलग दुर्घटनामा २ जनाको मृत्यु

काभ्रेपलाञ्चोक  । काभ्रेमा आइतबार भएका दुई छुट्टाछुट्टै दुर्घटनामा गम्भीर घाइते दुई जनाको गएराति उपचारका क्रममा मृत्यु भएको छ । करेन्ट लागी घाइते मजदुर र मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते एक वृद्धको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धुलिखेलले जनाएको छ । पनौती नगरपालिका–६ स्थित निर्माणाधीन नेपाल प्रहरी प्रतिष्ठानको भवनमा दिउँसो ढलान गर्ने

पहिरो खसेपछि पृथ्वीराजमार्ग प्रभावित

काठमाडौं । धादिङको गजुरी गाउँपालिका-६ बेल्खुस्थित सडकमा पहिरो खसेपछि पृथ्वीराजमार्ग एकतर्फी मात्रै सञ्चालन भएको छ । ‍इलाका प्रहरी कार्यालय गजुरीले दिएको जानकारी अनुसार आज ८ बजे सडकमा लेदो माटो खसेपछि सवारीसाधन आवागमन प्रभावित भएको जनाएको छ । अहिले सडकमा खसेको लेदो हटाउने काम भइरहेको छ ।

अमेरिकाको मेरील्यान्डमा नेपाली युवक मृत भेटिए

अमेरिका। मेरिल्याण्ड बस्दै आएका ४७ वर्षीय शान्तलाल प्रधान गत मंगलबार मृत फेला परेका छन्। नेपालको पर्वत जिल्ला घर भई हाल अमेरिकाको मेरिल्याण्डमा आफ्नै अपार्टमेन्टमा प्रधान गत मंगलबार मृत अवस्थामा फेला परेका हुन्।सन २०१५ मा अमेरिका गएका प्रधान १० वर्षपछि नेपाल फर्कने तयारीमा थिए। उनको मृत्युको कारण खुलिसकेको छैन। मृत्युको कारण

सम्वन्धित समाचारहरु