काठमाडौं । धादिङको गजुरी गाउँपालिका-६ बेल्खुस्थित सडकमा पहिरो खसेपछि पृथ्वीराजमार्ग एकतर्फी मात्रै सञ्चालन भएको छ ।
इलाका प्रहरी कार्यालय गजुरीले दिएको जानकारी अनुसार आज ८ बजे सडकमा लेदो माटो खसेपछि सवारीसाधन आवागमन प्रभावित भएको जनाएको छ । अहिले सडकमा खसेको लेदो हटाउने काम भइरहेको छ ।
प्रकाशित मिति: १७ भाद्र २०८१, सोमबार