Trending
>>   मदन पुरस्कार र जगदम्बा–श्री पुरस्कार प्रदान >>   पुस्तान्तरण स्वाभाविक प्रक्रिया हो, यसमा धेरै लफडा गरिराख्न पर्दैनः अध्यक्ष ओली >>   मौसम पूर्वानुमान क्षमता सात दिनसम्म विस्तार गरिएको छः उर्जामन्त्री श्रेष्ठ >>   दशैँघरमा जमरा राखियो >>   गलौँदीमा भासिएको सडक आजबाट खुलाउने तयारी >>   भोटेकोशी बाढीले बगाएको बेत्रावती पुल पुनर्निर्माणः यातायात सुचारु >>   बुढीगण्डकीमा आएको बाढीले गोरखा र धादिङमा ठूलो क्षति >>   बुढीगण्डकी बाढी तीन चरणमाः बेनीघाटसम्म उच्च जोखिम–८.५ मिटर सतहमाथि पुग्यो >>   बुढीगण्डकी बाढीको कारण वर्षा मात्र होइन, ड्यामिङको सम्भावनाः मौसम विभाग >>   बुढीगण्डकीमा भीषण बाढीः आरुघाटको पुल बगायो, धादिङ–गोरखा सम्पर्क विच्छेद
Logo
२५ आश्विन २०८३, आईतवार
२५ आश्विन २०८३, आईतवार

गोकर्णेश्वर र पशुपतिमा श्राद्ध गर्नेको भीड


काठमाडौं । आज कुशे औँसी अर्थात बाबुको मुख हेर्ने दिन । कुशे औँशीका दिन छोराछोरीहरू परम्पराअनुसार आफ्नो पितालाई मन पर्ने खानेकुरा खुवाई आदरसम्मान प्रकट गर्दै पिताको मुख हेरेर मनाउने गर्दछन् ।

कुशे औँशीको अवसरमा आज काठमाडौंको पशुपतिनाथ, गोकर्णेश्वर लगायतका तीर्थस्थलमा भीड लागेको छ । कुशे औँशीको अवसरमा गोकर्णेश्वर, पशुपतिनाथ मन्दिर क्षेत्रस्थित वागमती नदी किनारमा आफ्नो पिता गुमाएकाहरुले श्राद्ध, पितृको नाममा तर्पण एवं पिण्डदान दिइ पितालाई सम्झनेहरुको भीड देख्न सकिन्छ । आज पितृहरुलाई सम्झने दिन भएकाले कुश किन्न आएको र पशुपति दर्शन गर्न आएको किशोर पन्तले बताएका छन् । आजको दिन उखेलेको कुश वर्षभर उपयोग गर्न मिल्ने भएकाले किन्न आएको बताए ।

त्यस्तै कुश बेच्नका लागि काभ्रेपलाञ्चोकको मण्डनदेउपुर ८ बाट आउनुभएका लिलानाथ चौलागाईंले जन्मदेखि मृत्युसम्म प्रयोग गर्न मिल्ने कुशको महत्व धेरै रहेको बताए । उनले आजको दिन कुश हुनेले उखेलेर नहुनेलाई बेच्ने र नभएकाले किन्ने परम्परा रहेको बताए । त्यस्तै पशुपति क्षेत्रमा पुग्नुभएका एक पुरोहितले कुशे औंशीको देवकार्य र पितृकार्यमा धेरै महत्व रहेको उल्लेख गरेका छन् ।

आजको दिन विशेषगरी उत्तरगया भनेर चिनिने काठमाडौंको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वर महादेव मन्दिर परिसरमा विशेष घुइँचो लाग्छ । आजको औँशीलाई गोकर्णे औँसीका नामले पनि चिनिन्छ ।


प्रकाशित मिति: १७ भाद्र २०८१, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?