Trending
>>   काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः७ लाख ८३ हजार सदस्यको विवरण बुझाइयो >>   काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला >>   काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने >>   गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ >>   किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह >>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित
Logo
१० आश्विन २०८३, शनिबार
१० आश्विन २०८३, शनिबार

इजिप्ट र सोमालियाका प्रधानमन्त्रीबीच आर्थिक, सुरक्षा सहयोगबारे छलफल


काठमाडौँ । इजिप्टका प्रधानमन्त्री मोस्तफा मदबोलीले राजधानी कायरोमा आफ्ना सोमाली समकक्षी हम्जा अब्दी बार्रेसँग आर्थिक र सुरक्षा सहयोगका बारेमा छलफल गर्नुभएको छ ।

बैठकको क्रममा मदबोलीले आफ्नो सरकार कायरो र मोगादिसु बीचको आर्थिक, व्यापार र लगानी सम्बन्धलाई समर्थन र सुदृढ पार्ने दिशामा दृढतापूर्वक अघि बढिरहेको बताएका छन्  । मदबोलीले इजिप्टले आफ्ना नागरिकहरूको आवश्यकतालाई समर्थन गर्न सोमालियामा वस्तुहरू निर्यात गर्न तयार रहेको पनि व्यक्त गरेका छन्  । सोमालिया सुरक्षा मुद्दाहरूसँग जुधिरहेको छ ।

यसको छुट्टिएको सोमालील्याण्ड क्षेत्रले जनवरीको शुरुमा इथियोपियासँग एउटा विवादास्पद सम्झौतामा हस्ताक्षर गरेको थियो । जसले अदिस अबाबालाई आफ्नो तटवर्ती क्षेत्रको २० किलोमिटर खण्ड पाँच दशकका लागि भाडामा दिन अनुमति दिनेछ ।

सोमालील्याण्डलाई आफ्नो क्षेत्रको हिस्सा मान्ने सोमालियाले उक्त सम्झौतालाई आफ्नो सार्वभौमसत्ता विरुद्धको उल्लङ्घन भएको भन्दै अस्वीकार गर्छ ।


प्रकाशित मिति: १७ भाद्र २०८१, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?