Trending
>>   पत्रकार पक्राउको शैलीले शाहीकालीन निरंकुशताको झल्को दियो : कांग्रेस >>   प्रेस स्वतन्त्रतामाथिको दमन लोकतन्त्रमाथिकै प्रहार : कुलमान घिसिङ >>   डीडीसीमा १२ करोडभन्दा बढी अनियमितता गरेको आरोपमा तत्कालीन महाप्रबन्धकसहित ८ जना पक्राउ >>   पत्रकारलाई नियन्त्रणमा लिने प्रहरीको कदमप्रति प्रेस काउन्सिलको आपत्ति, कानुनी आधार सार्वजनिक गर्न माग >>   पत्रकार पक्राउप्रति महासंघको आपत्ति, धरपकड नरोकिए सशक्त आन्दोलनको चेतावनी >>   सरकार र प्रहरीबीच ‘कन्फ्लिक्ट’ चलिरहेको छ, हेडक्वाटरको ‘डिआईजी सम्मेलन’ त्यसैको परिणाम होः सांसद मधु चौलागाईं >>   नेपाललाई अतिकम विकसित मुलुकबाट स्तरोन्नतिका लागि तयारी अवधि ३ वर्ष थप >>   तातोपानी नाकालाई नियमित सञ्चालनमा ल्याउन अन्तरमन्त्रालय समन्वय र कुटनीतिक पहल जारीः परराष्ट्र मन्त्रालय >>   वागमतीमा मात्रै बैंकको ५२ खर्ब निक्षेप, कर्णालीमा १ खर्ब ११ अर्ब मात्रै >>   ‘टिमुरे टु त्रिवेणी’ अपरेसन : ११२ शव हस्तान्तरण गरिएको प्रहरीको जानकारी
Logo
१३ कार्तिक २०८३, शुक्रबार
१३ कार्तिक २०८३, शुक्रबार

समाचार


तोलामा २३ सयले बढ्यो सुन

काठमाडौं । शुक्रबार एकैदिन सुनको भाउ तोलामा २३ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन प्रतितोला १ लाख ३५ हजार ६ सय रुपैयाँमा सुनको कारोबार भएको थियो । शुक्रबार भने १ लाख ३७ हजार ९ सय रुपैयाँ पुगेको छ ।

साना योजना सिधै प्रदेश र स्थानीय सरकारलाई हस्तान्तरण : प्रधानमन्त्री

सल्यान। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विगतमा सङ्घीय सरकारले कार्यान्वयन गर्दै आएका साना योजना सिधै प्रदेश र स्थानीय सरकारलाई हस्तान्तरण गरेर सङ्घीयतालाई थप सबल तुल्याइने बताउनुभएको छ । दार्मा गाउँपालिकाको नवनिर्मित प्रशासकीय भवन उद्घाटन कार्यक्रमलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले यस वर्षदेखि बजेटसम्बन्धी नीति र कार्यतालिका परिमार्जन गरेर सङ्घीयता सबल

लगानी सहजीकरण र सुरक्षित गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री

नवलपरासी । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ उद्योगी–व्यवसायी लगायत लगानीकर्ताको मनोबल उच्च राख्दै देशको आर्थिक रूपान्तरणमा गति दिन सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।लक्ष्मी मोटर कर्पोरेसनको ‘हुन्डाई मोटर एसेम्बलिङ’ शुभारम्भ कार्यक्रमलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले आर्थिक विकास गरेर देशलाई समृद्धिको यात्रामा आगाडि बढाइने बताउनुभयो । निजी क्षेत्रलाई विश्वासमा लिएर अर्थतन्त्र

कोशी सरकार गठन विरुद्धको रिटमा सुनुवाइ जारी

काडमाडौं । कोशी प्रदेश सरकार गठन विरुद्धको रिट हरिप्रसाद फुयाँलको इजलासमा सुनुवाइ जारी छ ।कोशी प्रदेशका निवर्तमान मुख्यमन्त्री केदार कार्कीले नयाँ सरकार गठनको प्रक्रियाविरुद्ध दायर गरेको रिट अहिले सर्वोच्च अदालतमा सुनुवाइ भइरहेको सर्वाेच्च अदालतका सूचना अधिकारी गाेविन्द प्रसाद घिमिरेले बताए । एमालेबाट हिक्मत कार्की बिहीबार केन्द्र सरकारको निर्णय अनुसार मुख्यमन्त्री

काँग्रेस संसदीय दलको बैठक स्थगीत,शुक्रबार बिहान बस्ने

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसको संसदीय दलको बैठक स्थगीत भएकाे छ । पूर्वकेन्द्रीय सदस्य, संविधानसभा सदस्य एवं पूर्वमन्त्री सूर्यमान गुरुङको निधनका कारण स्थगीत भएकाे हाे । बिहिबार दिउँसो २ बजे नयाँ बानेश्वरस्थित ल्होत्से हलमा बैठक बस्ने तय भएकाे थियाे । कांग्रेस केन्द्रीय कार्यसमितिको बिहीबार बसेको आकस्मिक बैठकले उनको

रहेनन गुरूङ, कांग्रेसले तीन दिन झन्डा आधा झुकाउने

काठमाडौं । कांग्रेसले पूर्वकेन्द्रीय सदस्य, संविधानसभा सदस्य एवं पूर्वमन्त्री सूर्यमान गुरुङको निधनप्रति गहिरो दुःख व्यक्त गरेको छ । कांग्रेस केन्द्रीय कार्यसमितिको बिहीबार बसेको आकस्मिक बैठकले उनको निधनप्रति दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको छ । बैठकले नेता गुरुङको निधनप्रति दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरेको छ । साथै, दिवंगत

तालिमका प्रशिक्षार्थीको ‘सिप विकास परीक्षण’ सहरी योजना आयोगले गर्ने

काठमाडौँ । टुँडिखेलमा काठमाडौँ महानगरपालिका सञ्चालन गरिरहेको 'सिप मेला'मा तालिम लिइरहेको व्यक्तिहरुले प्राप्त गरेको सिपलाई सहरी योजना आयोगले परीक्षण गर्ने भएको छ । तालिमबाट श्रम बजारमा पठाउन योग्य जनशक्ति उत्पादन सुनिश्चित गर्न आयोगले विज्ञसहित अनुगमन गरेर प्रशिक्षार्थीहरुको सिप परीक्षण गर्न लागेको हो । ‘तालिम कार्यक्रम चलाउनका लागि होइन, यो नतिजाका

महानगरको बजेट गर्न तर्जुमा गर्न छलफल सुरु

काठमाडौँ । आर्थिक बर्ष २०८१/८२ का लागि बजेट तथा कार्यक्रम तर्जुमा गर्न छलफल सुरु भएको छ । वैशाख १० गते महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) को अध्यक्षतामा बसेको ‘स्रोत अनुमान तथा बजेट सीमा निर्धारण समिति’ को वैठकले आर्थिक बर्ष २०८१/८२ का लागि मार्गदर्शन पारित गरेपछि त्यही मार्गदर्शनका आधारमा उपप्रमुख सुनिता

भाषा आयोगको सदस्यमा सुरेश किरण नियुक्त

काठमाडौं । भाषा आयोगमा नेपाल भाषा टाइम्सका सम्पादक सुरेश किरण मान्धर नियुक्त भएका छन । विहिवार मन्त्रिपरिषद् बैठकले मानन्धरलाई रिक्त रहेको सदस्य पदमा नियुक्त गरेको हो ।

बालमन्दिर जग्गा हिनामिना प्रकरण: २० जनाविरूद्ध पक्राउ पुर्जी जारी !

काठमाडौं । जिल्ला अदालत काठमाडौंले बालमन्दिरको जग्गा हिनामिना प्रकरणमा २० जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।करिब २७ वर्ष नेपाल बाल संगठनका अध्यक्ष रीता सिंह वैद्यसहित पक्राउ पुर्जी जारी गरेको हो । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले जिल्ला अदालत काठमाडौंबाट पक्राउ पुर्जी लिएको हो ।२०४९ देखि साढे २ दशकसम्म

सम्वन्धित समाचारहरु