Trending
>>   वाणिज्य बैंकहरुले कमाए पौने १८ अर्ब रुपैयाँ बढी नाफा >>   काठमाडौं महानगरद्वारा सम्यक महादानका लागि तयारी तिब्र >>   कर्णालीका समस्या काठमाडौंले बुझ्नुपर्छः महामन्त्री राणा >>   निसर्ग वाटिका एनएसए कप पौडीमा च्याम्पियन >>   रसुवा बाढीः बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा >>   रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ >>   सबै दलहरु असफल भइसके, यस्तो बेला राप्रपाले मात्र देशलाई निकास दिनसक्छः अध्यक्ष लिङदेन >>   माओवादी आन्दोलनको आवश्यकता अझै छ, यसलाई नयाँ पुस्ताले पुनर्गठन गर्नुपर्छः जनार्दन शर्मा >>   एमालेमाथि घेराबन्दी चालु छ, एकजुट भएर प्रतिवाद गर्नुपर्छः केपी ओली >>   पुराना दलका सबै नेताहरु भ्रष्टाचारी थिए भन्ने भाष्य निर्माण गर्न खोजिँदैछ:राजेन्द्र पाण्डे
Logo
२८ आश्विन २०८३, बुधबार
२८ आश्विन २०८३, बुधबार

समाचार


राष्ट्रियसभा बैठक सुरु (लाइभ)

२६ श्रावण, काठमाडाैँ। सङ्घीय संसदअन्तर्गतको राष्ट्रियसभा बैठक सुरु भएको छ । शुक्रबार बिहान ११ बजेबाट सुरु भएको बैठकमा अध्यक्षले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको ब्यहोरा जानकारी गर्ने कार्यसूची रहेको छ । त्यस्तै, अध्यक्ष राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यको कार्यभार तोकिएको सम्बन्धी पत्रको ब्यहोरा जानकारी गराउनुहुने छ । सङ्घीय संदसका

५ वर्षदेखि खानेपानी आयोजना अधुरै, बागलुङ बजारमा खानेपानीको समस्या

२६ श्रावण, बागलुङ । झन्डै ३४ करोड खर्चेर तयार पारिएको बागलुङ नगर बृहत् लिफ्ट खानेपानी आयोजनाको पाइप लाइन छ पटकसम्म फुस्कियो । क्रङ्किटको पोलमा राखेर पाइप लाइन विस्तार गरे पनि खानेपानीको चाप धान्न नसकेर क्रङ्क्रिटको पोलसहित पाइप फुस्किँदा आयोजनाको डिजाइनमै त्रुटि रहेको पाइएको छ । पाँच वर्षअघिदेखि सुरु भएको आयोजनाको बल्ल

काठमाडौँ महानगरपालिकाले करारमा थप्यो ५१ जना कर्मचारी, को-को थपिए (नामसहित)

२६ श्रावण, काठमाडाैँ । काठमाडौँ महानगरपालिकाले ५१ जना करार कर्मचारी थप गरेको छ । कार्यसम्पादनलाई थप प्रभावकारी बनाउन महानगरले कर्मचारी थप गरेको जनाएको छ । पदपूर्ति मूल्याङ्कन तथा अन्तर्वार्ता समितिले सिफारिस गरेका कर्मचारीको नामावली सार्वजनिक गर्दै महानगरले छनाेट भएका कर्मचारीलाई नियुक्ति बुझ्न शुक्रबार सूचना जारी गरेको छ । महानगरले छनाेट भएका

काठमाडाैँ आउँदै गरेको बस दोलखामा दुर्घटना, २१ जना घाइते

२६ श्रावण, दोलखा । दोलखाको तामाकोसी गाउँपालिका र बैत्यश्वर गाउँपालिका सिमानास्थित गोपीखोलामा बस दुर्घटना भएको छ । बैत्यश्वर गाउँपालिकाको मिर्गेबाट काठमाडौँ आउँदै गरेको बा२ ख ५४२९ नम्बरको बस गोपीखोलामा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ । दुर्घटनामा परेर २१ जना घाइते भएका छन् । घाइतेहरूलाई सदरमुकाम चरिकोटमा रहेको

दुर्घटनामा दुई जनाको मृत्यु

२६ श्रावण, महोत्तरी । महोत्तरीको बर्दिबास नगरपालिकाको छुट्टाछुट्टै स्थानमा गए राति दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । जिपले ठक्कर दिँदा दुई पैदलयात्रुको मृत्यु भएको हो । गए राति बिपी राजमार्गअन्तर्गत बर्दिबासबाट सिन्धुलीतर्फ जाँदै गरेको प्र०१–०२६च ५६४३ नंको जिपले बर्दिबास–३ गुञ्ज होटल अगाडि बाटो काट्दै गरेका बर्दिबास–३ गौरीबासका ७२ वर्षीय

महाधिवेशनको मिति र स्थान तोक्न एकीकृत समाजवादीको बैठक भदौ पहिलो हप्ता बस्ने

२६ श्रावण, काठमाडाैँ । नेकपा (एकीकृत समाजवादी)ले पार्टीको महाधिवेशनको मिति र स्थान तोक्न आगामी भदौ ५, ६ र ७ गते काठमाडौँमा केन्द्रीय कमिटीको बैठक बोलाएको छ । पार्टी गठनको करिब दुई वर्ष भएकाले महाधिवेशन गरी देशभर सङ्गठन विस्तार तथा पार्टी आधारभूत तहसम्म स्थापित गर्न आवश्यक कार्ययोजना र रणनीति केन्द्रीय कमिटी बैठकले

एक क्विन्टल सुन तस्करी प्रकरण : चीन उड्न लागेका २ व्यक्ति एयरपोर्टबाट पक्राउ

२६ श्रावण, काठमाडाैँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट केही हप्ता पहिले पक्राउ परेको करिब एक सय किलोभन्दा बढी सुन तस्करी प्रकरणमा आज थप दुई चिनियाँ नागरिक पक्राउ परेका छन् । उक्त प्रकरणमा चिनियाँ नागरिकद्वय ली जियाइलियन र लिउ फुयानलाई विमानस्थलबाट पक्राउ गरिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका प्रमुख रामबन्धु सुवेदीले जानकारी दिए

सङ्खुवासभामा २ कैदीबन्दी मृत्यु प्रकरण : असईसहित १० प्रहरी पक्राउ

२६ श्रावण, सङ्खुवासभा । सङ्खुवासभामा २ कैदीबन्दी मृत्यु प्रकरणमा प्रहरी सहायक निरीक्षक (असई) सहित १० जना प्रहरी पक्राउ परेका छन् । कारागारबाट मंगलबार राति भाग्ने क्रममा समातिएका २ कैदीबन्दीको मृत्यु भएको थियो । मृत्यु हुनेमा मादी नगरपालिका ५ का १९ वर्षीय विनोद तोलाङ्गी र नुवाकोट ककनी गाउँपालिका ७ का २८ वर्षीय

एउटै गाडीमा महिला र पुरूष बस्न नपाइने आदेश जारी

२६ श्रावण, एजेन्सी । इन्डोनेसियाको अति–रुढिवादी आचे प्रान्तका अधिकारीहरूले विपरीत लिङ्गीलाई एउटै सवारी साधनमा बस्न नपाइने आदेश जारी गरेका छन् । पारिवारिक सम्बन्ध नभएका पुरुष र महिला तथा विशेष गरी विवाह नगरेका विपरीत लिङ्गीलाई सवारी साधन र सार्वजनिक स्थानमा अलग्गै बस्न आदेश दिएका हुन् । स्थानीय सरकारले उक्त आदेश कडाइका साथ

काठमाडाैँ महानगरमा रोजगारीको अवसर, क-कसले दिन पाउँछन् आवदेन ? (सुचनासहित)

२६ श्रावण, काठमाडाैँ । काठमाडाैँ महानगरमा रोजगारीको अवसर खुलेको छ । महानगरले शुक्रबार एक सुचना जारी गर्दै १९ जना विषय विज्ञ कर्मचारीका लागि आवदेन खुलाएको हो । महानगरले सुचनामार्फत विभिन्न पदका विषय विज्ञका लागि इच्छुक र योग्य व्यक्तिले सूचना प्रकाशन भएको मितिले ७ दिनभित्र निवेदन पेस गर्न सक्ने जनाएको छ ।

सम्वन्धित समाचारहरु