Trending
>>   नेपाललाई अतिकम विकसित मुलुकबाट स्तरोन्नतिका लागि तयारी अवधि ३ वर्ष थप >>   तातोपानी नाकालाई नियमित सञ्चालनमा ल्याउन अन्तरमन्त्रालय समन्वय र कुटनीतिक पहल जारीः परराष्ट्र मन्त्रालय >>   वागमतीमा मात्रै बैंकको ५२ खर्ब निक्षेप, कर्णालीमा १ खर्ब ११ अर्ब मात्रै >>   ‘टिमुरे टु त्रिवेणी’ अपरेसन : ११२ शव हस्तान्तरण गरिएको प्रहरीको जानकारी >>   विपद् प्रभावित क्षेत्रमा प्रहरी चौकी पुनःस्थापना तिब्र, शव खोजीमा आधुनिक प्रविधिको अभाव >>   टनेलभित्र ३७ जनाको शव भेटिएको थियो:नेपाली सेना >>   सार्वजनिक ऋण ३० खर्ब नाघ्यो, तीन महिनामै १ खर्ब २३ अर्ब ऋण परिचालन >>   दक्षिण कोरियाका पूर्वराष्ट्रपति युनलाई मृत्युदण्ड दिन विशेष अभियोजन पक्षको माग >>   चीनमा ११० रोबोटले एकैसाथ नृत्य गरेर बनाए विश्व कीर्तिमान >>   स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
Logo
१३ कार्तिक २०८३, शुक्रबार
१३ कार्तिक २०८३, शुक्रबार

समाचार


सन्दिपलाई ८ वर्ष कैद !

काठमाडौं । जिल्ला अदालत काठमाडौंले बलात्कारको आरोपमा दोषी ठहर भएका क्रिकेटर सन्दिप लामिछानेलाई ८ वर्ष कैद सजाय सुनाएको छ । न्यायाधीश शिशिरराज ढकालको इजलासले उनीबाट ५ लाख रुपैंया क्षतिपूर्ति पिडितलाई भराउनुपर्ने आदेश पनि गरेको हो ।

‘एक्टर’ मा प्रदीपसँग आना शर्माको जोडी फाइनल

काठमाडौं। नायिका आना शर्माले नायक प्रदीप खड्काको मुख्य भूमिका रहेको फिल्म ‘एक्टर’मा खेल्ने भएकी छन् । निर्माण पक्ष र आनाबिच फिल्मका लागि कागजी सम्झौता भएको हो । उक्त फिल्मको छायाङ्कन केही महिनामा नै सुरु हुनेछ । फिल्मलाई सन् २०२५ मा रिलिज गर्ने तयारीमा निर्माण पक्ष छ भने सो फिल्ममा नरेन्द्र

कांग्रेसले भनेको समाजवाद काल्पनिक होः माधव नेपाल

काठमाडौं। नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले समाजवादको मान्यता साझा भए पनि नेपाली कांग्रेसले अघि सारेको समाजवाद काल्पनिक पुँजीवादी र उदारवादी भएको बताएका छन् । बुधवार पार्टीको विद्यार्थी विशेष जिल्ला कमिटीले आयोजना गरेको अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले आफ्नो पार्टीले भनेको समाजवादले मात्रै गरिब र उत्पीडनमा परेका वर्गलाई

पौष्टिक तत्त्व स्तरोन्नति गरिएको ‘फोर्टिफाइड राइस’ चामल बिक्री सुरु

काठमाडौं। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले पौष्टिक तत्त्व स्तरोन्नति गरिएको ‘फोर्टिफाइड राइस’ चामल आजदेखि उत्पादन तथा बिक्री वितरण गर्न थालेको छ । उक्त चामल बिक्री कार्यक्रम शुभारम्भ गर्दै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले सन् २०३० सम्म दिगो विकास लक्ष्यअनुरूप पौष्टिक तत्त्व स्तरोन्नति गरिएको चामलमा सबै नेपालीको पहुँच

सुदूरपश्चिम प्रदेश सभाका चारवटा समितिका सभापतिद्वारा शपथ ग्रहण

काठमाडौं। सुदूरपश्चिम प्रदेश सभाका चारवटा समितिका सभापतिले शपथग्रहण गरेका छन् । उक्त प्रदेश सभाका सभामुख भीमबहादुर भण्डारीले आज एक कार्यक्रमकाबीच चारै जना सभापतिलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् । त्यस्तै, चारै जना सभापति निर्विरोध निर्वाचित भएका हुन्। मंगलबार सभापति पदमा मनोनयन गरेका चारै जना आजै निर्विरोध भएका थिए।

यस बर्षको एसईई परीक्षामा उत्तीर्ण हुन ३५ प्रतिशत ल्याउनै पर्ने

काठमाडौं। यो वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) चैत पहिलो हप्तादेखि हुने भएको छ । शिक्षा पत्रकार सञ्जाल (इजोन) ले आयोजना गरेको कार्यक्रममा बोर्डका अध्यक्ष महाश्रम शर्माले वार्षिक क्यालेन्डर अनुसार परीक्षा हुने बताएका छन् । ‘यो वर्षको एसईई क्यालेन्डर अनुसार नै चैतको पहिलो हप्ता हुन्छ । माघको पहिलो हप्ता रुटिन निकाल्छौ,’

खोटाङमा आगलागीमा घरगोठसहित पैँतालिस खसीबाख्रा मरे

खोटाङ। खोटेहाङ गाउँपालिका–७ खोटाङबजारमा आगलागी हुँदा एउटा घर र दुईवटा गोठसहित ४५ वटा खसीबाख्रा जलेर मरेका छन् । खोटाङबजारको पुरानो गाउँस्थित तुलसीराम चौलागाईंको गोठबाट गएराति सुरु भएको आगोले ढुङ्गामाटोबाट बनेको दुईतले एउटा घर, दुईवटा गोठसहित ४५ वटा खसीबाख्रा जलेर नष्ट भएको छ । गएराति करिब ८ः१५ बजे सुरु भएको आगो

थारू समुदाय उत्थान विशेष कार्यक्रम सञ्चालन

कञ्चनपुर। थारू समुदायलाई लक्ष्य गरी कृषि ज्ञान केन्द्रले अनुदानका विशेष कार्यक्रम सञ्चालन गरेको छ । ‘थारू समुदाय उत्थान विशेष कार्यक्रम’ अन्तर्गत उक्त केन्द्रले बसन्ते मकैखेती प्रवर्द्धन र बसन्ते तरकारीखेती सम्बन्धी कार्यक्रम सञ्चालन गरेको हो । उक्त केन्द्रका निमित्त प्रमुख गोविन्द सिजापतीका अनुसार सुदूरपश्चिम प्रदेश कृषि तथा पशुपन्छी व्यवसाय प्रवर्द्धन नियमावली

नेप्सेको उकालो यात्रा कायमै

काठमाडौं। पछिल्लो दुई दिन निरन्तर उकालो लागेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकले आज पनि निरन्तरता पाएको छ । आज नेप्से परिसूचक नौ दशमलव ५० अङ्कले बढेर दुई हजार ८९ दशमलव ६२ को विन्दुमा कायम भएको हो । आज तीन सय एक कम्पनीको एक करोड ३४ लाख ७७ हजार नौ सय

ग्लोबल रेमिट मार्फत पैसा पठाउँदा २५० रुपैयाँ क्यासब्याक

काठमाडौं। ग्लोबल आइएमई बैंक लिमिटेडले ग्लोबल रेमिटमार्फत विदेशबाट पैसा पठाउँदा २५० रुपैयाँसम्म क्यासब्याक पाइने नयाँ योजना सार्वजनिक गरेको छ । पैसा आउने, थपेर पाउने नारा सहित सार्वजनिक गरेको क्यासब्याक योजनामा ग्लोबल रेमिटमार्फत विदेशबाट ग्लोबल आइएमई बैंकमा रहेको खातामा पैसा पठाउँदा २५० रुपैयाँसम्मको क्यासब्याक पाइनेछ । उक्त बैंकले रेमिट्यान्स कारोबारलाई प्रवर्द्धन

सम्वन्धित समाचारहरु