Trending
>>   नेताहरु केन्द्रीय कमिटी बाहिर रहने अवस्था आउने कुराले चिन्तित छुः गगन थापा >>   काँग्रेस महामन्त्रीमा उदयशमशेर राणाको उम्मेदवारी >>   काँग्रेसको १५ औँ महाधिवेशनः सभापति पदका लागि गगन थापाद्वारा उम्मेदवारी दर्ता >>   काँग्रेसको महिलातर्फको उपसभापतिमा पुष्पा भुषालको उम्मेदवारी >>   काँग्रेस सभापतिमा उम्मेदवारी दिँदै राठौरले भने–पार्टी ठिक ढंगले चलेको छैन, अनुशासित र मर्यादित बनाउँछु >>   चिरीबाबुले दिए काँग्रेस केन्द्रिय सदस्यमा उम्मेद्वारी >>   महामन्त्रीको उम्मेद्वारी दिँदै महालक्ष्मी उपाध्यायले भनिन्, ‘पार्टीभित्र महिलाहरुको अर्थपूर्ण सहभागिता हुन सकेको छैन’ >>   संसदीय सुनुवाई समितिले राजदुतहरूको सुनुवाई दशैँअघि नै गर्ने >>   तातोपानी नाका खोल्न चीनसँग निरन्तर संवाद भइरहेको छः मन्त्री लम्साल >>   दक्षिण एशियाको आर्थिक वृद्धि ६.९ प्रतिशत पुग्ने विश्व बैंकको अनुमान
Logo
२० आश्विन २०८३, मंगलवार
२० आश्विन २०८३, मंगलवार

नेप्सेको उकालो यात्रा कायमै


काठमाडौं। पछिल्लो दुई दिन निरन्तर उकालो लागेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकले आज पनि निरन्तरता पाएको छ । आज नेप्से परिसूचक नौ दशमलव ५० अङ्कले बढेर दुई हजार ८९ दशमलव ६२ को विन्दुमा कायम भएको हो ।

आज तीन सय एक कम्पनीको एक करोड ३४ लाख ७७ हजार नौ सय ४६ कित्ता शेयर ९२ हजार छ सय दुई पटक खरिदबिक्री हुँदा रू पाँच अर्ब १३ करोड ४८ लाख ४८ हजार सात सय ८९ बराबरको कारोबार भएको छ ।

आज विकास बैंक समूह शून्य दशमलव ४४, वित्त शून्य दशमलव १०, होटल तथा पर्यटन समूह शून्य दशमलव ८४ र जलविद्युत् समूह शून्य दशमलव ५० प्रतिशतले घटेको छ भने लगानी समूह शून्य दशमलव ६३, जीवन बीमा समूह शून्य दशमलव २५ र निर्जीवन बीमा समूह शून्य दशमलव १३ प्रतिशतले बढेको छ ।

त्यस्तै, बैंकिङ र उत्पादन तथा प्रशोधन समूह समान एक दशमलव १२, लघुवित्त समूह एक दशमलव ०२, म्युचुअल फन्ड समूह शून्य दशमलव ०३, व्यापार समूह शून्य दशमलव ०१ र अन्य समूह दुई दशमलव २१ प्रतिशतले बढेको छ ।

मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेड र हिमालयन रिइन्स्योरेन्स लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। सबैभन्दा धेरै घट्नेमा भने छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा पाँच दशमलव ९५ प्रतिशतको गिरावट देखिएको छ ।

उक्त कारोबार रकम र शेयर सङ्ख्याका आधारमा आज सबैभन्दा धेरै सोनापुर मिनरल्स एन्ड आयल लिमिटेडको रू ३२ करोड ७८ लाख ९१ हजार छ सय १३ बराबरको छ लाख ३४ हजार पाँच सय ९३ कित्ता शेयर कारोबार भएको छ ।


प्रकाशित मिति: २५ पुष २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?