Trending
>>   राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेश >>   मलेसिया र साउदीका लागि प्रश्तावित राजदूतका नाम अस्वीकृत >>   १० देशका राजदुतको नाम संसदीय सुनुवाई समितिबाट अनुमोदन >>   हुलाकमार्फत नेपाल टेलिकमको सिमकार्ड डेलिभरी शुरु >>   वाणिज्य बैंकहरुले कमाए पौने १८ अर्ब रुपैयाँ बढी नाफा >>   काठमाडौं महानगरद्वारा सम्यक महादानका लागि तयारी तिब्र >>   कर्णालीका समस्या काठमाडौंले बुझ्नुपर्छः महामन्त्री राणा >>   निसर्ग वाटिका एनएसए कप पौडीमा च्याम्पियन >>   रसुवा बाढीः बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा >>   रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ
Logo
२९ आश्विन २०८३, बिहीबार
२९ आश्विन २०८३, बिहीबार

‘एक्टर’ मा प्रदीपसँग आना शर्माको जोडी फाइनल


काठमाडौं। नायिका आना शर्माले नायक प्रदीप खड्काको मुख्य भूमिका रहेको फिल्म ‘एक्टर’मा खेल्ने भएकी छन् । निर्माण पक्ष र आनाबिच फिल्मका लागि कागजी सम्झौता भएको हो ।

उक्त फिल्मको छायाङ्कन केही महिनामा नै सुरु हुनेछ । फिल्मलाई सन् २०२५ मा रिलिज गर्ने तयारीमा निर्माण पक्ष छ भने सो फिल्ममा नरेन्द्र मैनालीको छायाङ्कन रहनेछ भने फिल्ममा रित बोहरा सहयोगी निर्देशकको रूपमा रहेका छन् ।

त्यस्तै, आनाले ‘एक्टर’साइन गरेसँगै प्रदीप र आना को जोडी पहिलो पटक दर्शक माझ आउने पक्का भएको छ । राजन भुसालको निर्देशनमा तयार हुन लागेको यो फिल्ममा थमन कुमार भण्डारीको लगानी छ भने अदृत फिल्मसको प्रस्तुतिमा निर्माण हुन लागेको यो फिल्मको सह–निर्मातामा एनिस भुसाल रहेका छन् ।

उक्त फिल्म ‘एक्टर’लाई लिएर आफू निकै नै उत्साहित भएको नायिका आना शर्माले बताइन् । एउटा राम्रो टिमसँग काम गर्नका लागि आफू सधैँ नै लालायित हुने गरेको उनको भनाई रहेको छ ।


प्रकाशित मिति: २५ पुष २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?