Trending
>>   वास्तविक माओवादी हामी हौँः खड्गबहादुर विश्वकर्मा >>   हेटौँडा सडक विस्तारमा स्थानीय प्रशासनले जबरजस्ती गरेको भन्दै पीडितहरुले गराए सरकारको ध्यानाकर्षण >>   ओलीको प्रश्न: म बालुवाटारबाट नभागेको भए जेन जीले के गर्थे? >>   जेनजी–सरकारबीच भएको सम्झौताप्रति ओलीको टिप्पणीः ‘कलाबिहीन भद्दा नाटक’ >>   एमालेको ११ औं महाधिवेशनमा विदेशी पाहुना नबोलाइने, नेपालका १६ दललाई निम्तो >>   पूर्वराष्ट्रपति भण्डारीद्वारा जेन–जी आन्दोलनमा क्षति भएको संसद भवनको अवलोकन >>   कोप–३० नेपालको लागि उपलब्धिमूलक तर चुनौति धेरै: जलवायु वित्त विज्ञ क्षेत्री >>   स्वास्थ्य क्षेत्रमा बजेट घट्नु राम्रो होइनः अर्थमन्त्री खनाल >>   एक वर्षमा १ करोड २५ लाखले लिए बीमामार्फत स्वास्थ्य सेवा >>   लैङ्गिक हिंसा आफ्नो व्यवहारबाटै हटाऔँः खेलकुदमन्त्री गुप्ता
Logo
२६ मंसिर २०८२, शुक्रबार
२६ मंसिर २०८२, शुक्रबार

थारू समुदाय उत्थान विशेष कार्यक्रम सञ्चालन


कञ्चनपुर। थारू समुदायलाई लक्ष्य गरी कृषि ज्ञान केन्द्रले अनुदानका विशेष कार्यक्रम सञ्चालन गरेको छ । ‘थारू समुदाय उत्थान विशेष कार्यक्रम’ अन्तर्गत उक्त केन्द्रले बसन्ते मकैखेती प्रवर्द्धन र बसन्ते तरकारीखेती सम्बन्धी कार्यक्रम सञ्चालन गरेको हो ।

उक्त केन्द्रका निमित्त प्रमुख गोविन्द सिजापतीका अनुसार सुदूरपश्चिम प्रदेश कृषि तथा पशुपन्छी व्यवसाय प्रवर्द्धन नियमावली २०७९ अनुसार सो कार्यक्रम सञ्चालन गरिने छ । यसका लागि रु २० लाख बजेट छुट्याइएको छ भने राना थारू समुदायका विपन्न वर्गका लागि सय प्रतिशत र अन्यका हकमा ५० प्रतिशत अनुदान रकम उपलब्ध गराइने छ ।

त्यस्तै, थारू समुदाय विपन्न वर्ग भएको प्रमाणपत्रसँगै अनुसूची ५ अनुसारको प्रस्तावसहितको निवेदन, खेती गरिने जग्गाको कागजपत्र, समूह र सहकारीको निर्णयको प्रतिलिपि पेस गर्नुपर्ने कार्यालय प्रमुख सिजापतीले बताए । थारू समुदायलाई आर्थिकरुपले सबल बनाउनका लागि अनुदानका कार्यक्रम सञ्चालन गरिएको उनको भनाइ रहेको थियो ।

सो कार्यक्रम अन्र्तगत बसन्ते मकै र तरकारीको बीउ, मलखाद, कृषि औजार, यन्त्र, सिँचाइ र अन्य प्रविधिलगायत पनि अनुदान रकम खर्च गरिनेछ ।

प्राविधिक कर्मचारीले स्थलगत अनुगमन गरेपछि पेस गरिएको प्रतिवेदनका आधारमा अनुदान रकम उपलब्ध गराइने बताइएको छ ।


प्रकाशित मिति: २५ पुष २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?