Trending
>>   नेपाललाई अतिकम विकसित मुलुकबाट स्तरोन्नतिका लागि तयारी अवधि ३ वर्ष थप >>   तातोपानी नाकालाई नियमित सञ्चालनमा ल्याउन अन्तरमन्त्रालय समन्वय र कुटनीतिक पहल जारीः परराष्ट्र मन्त्रालय >>   वागमतीमा मात्रै बैंकको ५२ खर्ब निक्षेप, कर्णालीमा १ खर्ब ११ अर्ब मात्रै >>   ‘टिमुरे टु त्रिवेणी’ अपरेसन : ११२ शव हस्तान्तरण गरिएको प्रहरीको जानकारी >>   विपद् प्रभावित क्षेत्रमा प्रहरी चौकी पुनःस्थापना तिब्र, शव खोजीमा आधुनिक प्रविधिको अभाव >>   टनेलभित्र ३७ जनाको शव भेटिएको थियो:नेपाली सेना >>   सार्वजनिक ऋण ३० खर्ब नाघ्यो, तीन महिनामै १ खर्ब २३ अर्ब ऋण परिचालन >>   दक्षिण कोरियाका पूर्वराष्ट्रपति युनलाई मृत्युदण्ड दिन विशेष अभियोजन पक्षको माग >>   चीनमा ११० रोबोटले एकैसाथ नृत्य गरेर बनाए विश्व कीर्तिमान >>   स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
Logo
१३ कार्तिक २०८३, शुक्रबार
१३ कार्तिक २०८३, शुक्रबार

समाचार


पोर्चुगलका लागि प्रस्तावित राजदूतमा नेपालको नाम सर्वसम्मत

२२ ,मङ्सिर ,काठमाडौँ । सङ्घीय संसद् संसदीय सुनुवाई समितिले पोर्चुगलका लागि प्रस्तावित राजदूत शनिल नेपाललाई सर्वसम्मतिले अनुमोदन गरेको छ । राजदूतका लागि सरकारले प्रस्ताव गरेको नेपालको नाम समितिको आजको बैठकबाट सर्वसम्मतिले अनुमोदन भएको ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराले जानकारी दिए । प्रस्तावित राजदूत नेपालले समितिमा आफ्नो सोच, अनुभव, अवधारणासहितको कार्ययोजना प्रस्तुत

जर्मनी सरकारबाट पाँच अर्ब अनुदान प्राप्त हुँदै

काठमाडौँ । जर्मनी सरकारले करिब रु पाँच अर्ब नौ करोड अनुदान सहायता प्रदान गर्ने भएको छ । उक्त सहायता सम्झौतामा हस्ताक्षर गर्न सरकारले अर्थ मन्त्रालयलाई अख्तियारी दिएको छ । मन्त्रिपरिषद्को बिहीबारको निर्णयबारे जानकारी दिन आज आयोजित पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले उक्त जानकारी दिएकि हुन् । बैठकले

एसिया कप क्रिकेट : नेपाल पाकिस्तानसँग पराजित

२२ ,मङ्सिर ,काठमाडौँ । एसिसी यू–१९ एसिया कप क्रिकेट प्रतियोगिताको पहिलो खेलमा नेपाल पाकिस्तानसँग ७ विकेटले पराजित भएको छ । जीतका लागि एक सय ५३ रनको विजयी लक्ष्य पछ्याएको पाकिस्तानले २६ दशमलव दुई ओभरमा दुई विकेट गुमाउँदै पूरा गर्यो । पाकिस्तानको लागि आजन आविसले सर्वाधिक ५६ रनको योगदान दिए ।

आइटिएफ टेनिस : नेपाली मूलका आरबको समूह च्याम्पियन

२२ ,मङ्सिर ,कास्की । पोखरामा जारी अन्तर्राष्ट्रिय टेनिस महासङ्घ (आइटिएफ) को जे–३० प्रतियोगितामा पुरुष डबल्सतर्फ नेपाली मूलका अमेरिकी खेलाडी आरब सम्राट हाडा र जापानका रिकु हिगासीको जोडी च्याम्पियन बनेको छ । महिलातर्फ भने जापानका उता आसाकुरा र भारतका इशी महेश्वरीको जोडी प्रथम हुन सफल भयो । कास्की जिल्ला टेनिस सङ्घको

पीडितलाई केन्द्रमा राखेर सङ्क्रमणकालीन न्याय टुङ्गाउने प्रतिबद्धता

२२ ,मङ्सिर ,काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले पीडितलाई केन्द्रमा राखेर मात्रै सङ्क्रमणकालीन न्याय टुङ्ग्याउने प्रतिबद्धता व्यक्त गरेकि छिन्। मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता शर्माले भनिन्, “हामी सधैैँभरी पीडितलाई केन्द्रमा राखेर हाम्रो सङ्क्रमणकालीन न्याय टुङ्ग्याउनुपर्छ भन्ने पक्षमा छौँ ।” उनले जहिले पनि द्वन्द्व र सङ्क्रमणकालीन न्यायको

चोरीका हतियारसहित तीन जना पक्राउ

२२ ,मङ्सिर ,काठमाडौँ । चोरीका दुई नाल हतियारसहित तीन जनालाई पक्राउ गरिएको छ । प्रहरीले उपत्यकाका विभिन्न स्थानबाट घरेलु हतियारसहित चोरीमा संलग्न सुनसरी बराह नगरपालिका–३ निवासी ३६ वर्षका दिलीप माझी, कामपा–१३ निवासी २१ वर्षीय कुशल मल्लिक र काभ्रेपलाञ्चोक धुलिखेल नगरपालिका–३ का २७ वर्षीया काजलकुमारी भुजेललाई बिहीबार पक्राउ गरेको हो ।

महिलाविरुद्धका हिंसा रोक्न सचेतना कार्यक्रम व्यापक बनाउनुपर्ने

२२ ,मङ्सिर ,काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यले महिलाविरुद्धका हिंसा उन्मूलन गर्न देशभर सचेतना कार्यक्रम व्यापक बनाउनुपर्ने बताएका छन् । लैङ्गिक हिंसाविरुद्धको अन्तर्राष्ट्रिय १६ दिने अभियानको अवसरमा सञ्चारिक समूह र कोसिस नेपालको संयुक्त आयोजनामा ‘मानसिक स्वास्थ्य र महिला हिंसा’सम्बन्धी छलफलमा मन्त्री आचार्यले सबै क्षेत्रका महिलालाई आफ्ना हक,

जनताका मौलिक संस्कृतिको संरक्षण गर्नुपर्छ: पूर्वप्रधानमन्त्री खनाल

काठमाडाैं। नेकपा एकीकृत समाजवादीका नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले मुलुकमा सांस्कृतिक पहिचान कायम गर्न सबै जाति तथा समुदायका भाषा, साहित्यको संरक्षण गर्नुपर्ने बताएका छन् । जनसाहित्यिक मञ्च नेपालको तेस्रो राष्ट्रिय सम्मेलनको शुभारम्भ गर्दै पुँजीवादी संस्कृतिको प्रभावले स्वदेशी संस्कृति लोपोन्मुख हुँदै गएकाले जनताका मौलिक संस्कृतिको संरक्षण तथा प्रवर्धन गरी अन्तर्राष्ट्रिय तहमा

‘पत्रकारितामा दलित समुदायको दक्ष जनशक्ति टिकाउन चुनौती’

काठमाडाैं। पत्रकारितामा दलित समुदायको दक्ष जनशक्ति टिकाउन चुनौती बढिरहेको सरोकारवालाहरूले दाबी गरेका छन् । बढ्दो आर्थिक मन्दीसँगै मिडिया क्षेत्र पनि प्रभावित भएकाले यस्तो चुनौती देखिएको उनीहरूको भनाइ रहेको छ । जागरण मिडिया सेन्टरद्वारा बिहीबार आयोजित सामाजिक लेखाजोखा तथा वार्षिक समीक्षा कार्यक्रममा पत्रकारिता क्षेत्रमा सामाजिक सञ्जालका कारण चुनौती बढिरहेको औँल्याइएको छ

आन्तरिक राजस्व विभागले भन्यो : स्वदेशमै उत्पादित आलु-प्याजमा भ्याट लाग्दैन

काठमाडाैं। आन्तरिक राजश्व विभागले आन्तरिक उत्पादनको आलु र प्याजको बिक्रीमा मूल्य अभिवृद्धि कर (भ्याट) नलाग्ने प्रष्ट पारेको छ । आलु र प्याजको बिक्रीमा भ्याट लगाइएको भन्दै उद्योगी व्यवसायीले चार दिनदेखि ती वस्तुको कारोबारमा हड्ताल गरेपछि विभागले शुक्रबार यस्तो प्रष्टोक्ति दिएको हो । एक विज्ञप्ति जारी गर्दै विभागले आलु र प्याजको

सम्वन्धित समाचारहरु