Trending
>>   आज मिति २०८२ साल मंसिर २७ गते शनिवार, हेर्नुहोस् आजको राशिफल >>   एमालेले विधान संशोधन नगर्ने, १५ पदाधिकारी र २५१ जनाको केन्द्रिय कमिटी रहने >>   ७६ हजार १७० पिस ट्रामाडोल लागुऔषधसहित वीरगञ्जबाट ४ जना पक्राउ >>   आम नागरिकलाई सुशासनको अनुभुति हुनेगरी काम गर्नेछुः नवनियुक्त श्रममन्त्री भण्डारी >>   एमाले महाधिवेशन प्रतिनिधिहरु सूर्यअंकित रातो ढाका टोपीमा सजिए >>   राजसंस्था जनमत संग्रहबाट होइन, सबैको सहमतिबाटै पुनःस्थापित गर्नुपर्छः राप्रपा >>   लैङ्गिक हिंसा न्युनिकरणको लागि एकीकृत कानून निर्माणको तयारीमा सरकार >>   निर्वाचन निर्वाध सम्पन्न गरी अहिलेको अवस्थालाई सहज निकास दिन आवश्यकः राष्ट्रपति >>   साहित्यले समाजको पथप्रर्दशकको काम गर्नुपर्दछः ओली >>   सशस्त्र प्रहरी प्रमुख अर्यालको तीन वर्षे उपलब्धिसँगै निर्वाचनलक्षित सुरक्षा रणनीति सार्वजनिक
Logo
२८ मंसिर २०८२, आईतवार
२८ मंसिर २०८२, आईतवार

‘पत्रकारितामा दलित समुदायको दक्ष जनशक्ति टिकाउन चुनौती’


काठमाडाैं। पत्रकारितामा दलित समुदायको दक्ष जनशक्ति टिकाउन चुनौती बढिरहेको सरोकारवालाहरूले दाबी गरेका छन् । बढ्दो आर्थिक मन्दीसँगै मिडिया क्षेत्र पनि प्रभावित भएकाले यस्तो चुनौती देखिएको उनीहरूको भनाइ रहेको छ ।

जागरण मिडिया सेन्टरद्वारा बिहीबार आयोजित सामाजिक लेखाजोखा तथा वार्षिक समीक्षा कार्यक्रममा पत्रकारिता क्षेत्रमा सामाजिक सञ्जालका कारण चुनौती बढिरहेको औँल्याइएको छ । कार्यक्रममा पूर्वसांसद तथा राष्ट्रिय दलित पत्रकार सङ्घका अध्यक्ष विनोद पहाडीले दलित समुदायका पत्रकारहरूलाई यो पेशामा जोगाइ राख्न समस्या भएको बताए । उनले भने, “मिडियामा एकपछि अर्को चुनौती थपिएका छन, आर्थिक मन्दीको मारमा मिडिया परेको छ दक्ष जनशक्ति पलायन हुने खतरा छ । दलित समुदायका पत्रकारहरू थप चुनौतीमा छन् ।”

समाज कल्याण परिषद्का सदस्य सुशीला शर्मा केसी ९आस्था०ले सीमान्तकृत समुदायका मुद्दा स्थापित गर्न अझै पत्रकार उत्पादन गर्नुपर्ने बताइन् । सीमान्तकृत समुदायका युवा जनशक्तिलाई पत्रकारका रूपमा उत्पादन गर्ने नेतृत्व जागरण मिडिया सेन्टर लिनुपर्ने उनको भनाइ रहेको छ । दलित गैरसरकारी महासङ्घका महासचिव एकराज लकान्द्रीले जातीय भेदभाव विरुद्धका घटनामा सञ्चारमाध्यमले मिसनका रूपमा मुद्दा उठाइदिनुपर्ने बताए । दलितका मुद्दामा दलितसँगै गैरदलित समुदायका व्यक्तिहरूले लेखन र बहस थाल्नुपर्ने उनले बताए ।

त्यसैगरी, जागरण मिडिया सेन्टरकी अध्यक्ष कमला विश्वकर्माले मिडिया बलियो नहुँदा लोकतन्त्र बलियो हुन नसक्ने बताइन् । मिडिया क्षेत्र समावेशीकरण हुन नसकिरहेको चर्चा गर्दै उनले भनिन्, “समावेशीकरण हुँदा मिडिया बलियो हुन्छ । मिडिया बलियो भयो भने लोकतन्त्र बलियो हुन्छ । लोकतन्त्र बलियो हुनु भनेको जनता बलियो हुनु हो । त्यस कारण मिडियामा दलित समावेशीकरण जरुरी छ ।”

जुरी नेपालका सहकार्यकारी निर्देशक विष्णु पोख्रेलले नागरिक समाज र मिडियाको भूमिका जोड्ने पुलको रूपमा जागरण मिडिया सेन्टरले काम गर्न सक्ने बताए । शिक्षा पत्रकार समूहका अध्यक्ष कृष्ण मल्लले जागरण मिडिया सेन्टरले सानो बजेटमा पनि प्रशस्त काम गरेका बताए । अधिवक्ता रक्षाराम हरिजनले लुम्बिनी प्रदेशमा दलित सम्बन्धी ऐन ल्याउन जागरण मिडिया सेन्टरको नेतृत्वमा पहल गर्नुपर्ने उल्लेख गरे ।

त्यसैगरी, जागरण मिडिया सेन्टरका संस्थापक उपाध्यक्ष कृष्ण रणपाल र समता फाउन्डेसनका अर्जुन विश्वकर्माले दलित समुदायको प्राज्ञिक बहसका लागि डिजिटल प्लेटफमको विकास गरी अगाडि बढ्नुपर्ने सुझाए । सेन्टरका कार्यक्रम संयोजक वीर बहादुर नेपालीले सामाजिक लेखाजोखा तथा वार्षिक समीक्षा कार्यक्रम सम्बन्धी प्रस्तुती राखे । संस्थाकी वित्त अधिकृत माया चौधरीले आर्थिक प्रतिवेदन गरेकी थिइन् भने संस्थाका महासचिव भीम बहादुर विश्वकर्माको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।


प्रकाशित मिति: २२ मंसिर २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?