Trending
>>   हात देऊ प्रिय >>   जर्मनीमा कांग्रेसको निर्वाचन प्रचार समिति >>   यसकारण कांग्रेसलाई तपाईंको मन र मत >>   नेपाली र भारतीय फिल्मका चर्चित अभिनेता सुनिल थापाको निधन >>   प्रभु बैंकको सीईओमा सुमन शर्मा, शेरचनले दिए राजीनामा >>   डिजिटल नागरिकता सेवामा काभ्रेपलाञ्चोक अगाडि :वडा तहबाटै अनलाइन सिफारिस सफल >>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त
Logo
२ फाल्गुन २०८२, शनिबार
२ फाल्गुन २०८२, शनिबार

‘पत्रकारितामा दलित समुदायको दक्ष जनशक्ति टिकाउन चुनौती’


काठमाडाैं। पत्रकारितामा दलित समुदायको दक्ष जनशक्ति टिकाउन चुनौती बढिरहेको सरोकारवालाहरूले दाबी गरेका छन् । बढ्दो आर्थिक मन्दीसँगै मिडिया क्षेत्र पनि प्रभावित भएकाले यस्तो चुनौती देखिएको उनीहरूको भनाइ रहेको छ ।

जागरण मिडिया सेन्टरद्वारा बिहीबार आयोजित सामाजिक लेखाजोखा तथा वार्षिक समीक्षा कार्यक्रममा पत्रकारिता क्षेत्रमा सामाजिक सञ्जालका कारण चुनौती बढिरहेको औँल्याइएको छ । कार्यक्रममा पूर्वसांसद तथा राष्ट्रिय दलित पत्रकार सङ्घका अध्यक्ष विनोद पहाडीले दलित समुदायका पत्रकारहरूलाई यो पेशामा जोगाइ राख्न समस्या भएको बताए । उनले भने, “मिडियामा एकपछि अर्को चुनौती थपिएका छन, आर्थिक मन्दीको मारमा मिडिया परेको छ दक्ष जनशक्ति पलायन हुने खतरा छ । दलित समुदायका पत्रकारहरू थप चुनौतीमा छन् ।”

समाज कल्याण परिषद्का सदस्य सुशीला शर्मा केसी ९आस्था०ले सीमान्तकृत समुदायका मुद्दा स्थापित गर्न अझै पत्रकार उत्पादन गर्नुपर्ने बताइन् । सीमान्तकृत समुदायका युवा जनशक्तिलाई पत्रकारका रूपमा उत्पादन गर्ने नेतृत्व जागरण मिडिया सेन्टर लिनुपर्ने उनको भनाइ रहेको छ । दलित गैरसरकारी महासङ्घका महासचिव एकराज लकान्द्रीले जातीय भेदभाव विरुद्धका घटनामा सञ्चारमाध्यमले मिसनका रूपमा मुद्दा उठाइदिनुपर्ने बताए । दलितका मुद्दामा दलितसँगै गैरदलित समुदायका व्यक्तिहरूले लेखन र बहस थाल्नुपर्ने उनले बताए ।

त्यसैगरी, जागरण मिडिया सेन्टरकी अध्यक्ष कमला विश्वकर्माले मिडिया बलियो नहुँदा लोकतन्त्र बलियो हुन नसक्ने बताइन् । मिडिया क्षेत्र समावेशीकरण हुन नसकिरहेको चर्चा गर्दै उनले भनिन्, “समावेशीकरण हुँदा मिडिया बलियो हुन्छ । मिडिया बलियो भयो भने लोकतन्त्र बलियो हुन्छ । लोकतन्त्र बलियो हुनु भनेको जनता बलियो हुनु हो । त्यस कारण मिडियामा दलित समावेशीकरण जरुरी छ ।”

जुरी नेपालका सहकार्यकारी निर्देशक विष्णु पोख्रेलले नागरिक समाज र मिडियाको भूमिका जोड्ने पुलको रूपमा जागरण मिडिया सेन्टरले काम गर्न सक्ने बताए । शिक्षा पत्रकार समूहका अध्यक्ष कृष्ण मल्लले जागरण मिडिया सेन्टरले सानो बजेटमा पनि प्रशस्त काम गरेका बताए । अधिवक्ता रक्षाराम हरिजनले लुम्बिनी प्रदेशमा दलित सम्बन्धी ऐन ल्याउन जागरण मिडिया सेन्टरको नेतृत्वमा पहल गर्नुपर्ने उल्लेख गरे ।

त्यसैगरी, जागरण मिडिया सेन्टरका संस्थापक उपाध्यक्ष कृष्ण रणपाल र समता फाउन्डेसनका अर्जुन विश्वकर्माले दलित समुदायको प्राज्ञिक बहसका लागि डिजिटल प्लेटफमको विकास गरी अगाडि बढ्नुपर्ने सुझाए । सेन्टरका कार्यक्रम संयोजक वीर बहादुर नेपालीले सामाजिक लेखाजोखा तथा वार्षिक समीक्षा कार्यक्रम सम्बन्धी प्रस्तुती राखे । संस्थाकी वित्त अधिकृत माया चौधरीले आर्थिक प्रतिवेदन गरेकी थिइन् भने संस्थाका महासचिव भीम बहादुर विश्वकर्माको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।


प्रकाशित मिति: २२ मंसिर २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?