Trending
>>   द्वन्द्व व्यवस्थापन र शान्ती प्रक्रिया टुंग्याउन राजनीतिक दलहरुले खेलेको भुमिका असाधारणः प्रमुख सचेतक बर्तौला >>   नेपालको न्यायपालिका दक्षिण एशियाकै उत्कृष्ट र स्वतन्त्र छः कानूनमन्त्री चौरसिया >>   अध्यक्ष ओली र नेतृ भण्डारीबीच भ्यासलमा भेटवार्ता (तस्बिरसहित) >>   राष्ट्रिय विधि विज्ञान प्रयोगशालाको दैनिक काममा मन्त्रालयले हस्तक्षेप गर्दैनः मन्त्री पन्त >>   हेटौँडाका जनप्रतिनिधिहरूको प्रशासन परिसरमै धर्ना >>   सबै वस्तुमा एमआपी लागू गर्ने निर्णय पुन : विचार गर्न राष्ट्रिय व्यवसायी महासंद्वारा सरकारको ध्यानाकर्षण >>   निकुञ्जको सुरक्षा मजबुत तरिकाले गर्नुपर्ने : सुमित्रा बिसी >>   संसारभर छरिएका नेपालीलाई जोड्न कला र संस्कृतिको भुमिका महत्वपूर्णः सभामुख घिमिरे >>   ‘डिबेञ्चरमा बैंक तथा वित्तीय संस्थाले लगानी गर्नसक्ने व्यवस्था सकारात्मक’ >>   अन्याय भएको उजुरी लिएर निर्वाचन आयोग पुगे राप्रपा नेता गिरी
Logo
४ श्रावण २०८२, आईतवार
४ श्रावण २०८२, आईतवार

देवघाट जाने झोलुंगे पुल मर्मत सुरु


तनहुँ । जिल्लाको प्रसिद्ध धार्मिक स्थल देवघाट जाने झोलुंग पुल मर्मत सुरु गरिएको छ । चितवनको भरतपुरबाट देवघाट जाने त्रिशूली नदीमाथिको झोलुंगे पुल मर्मत थालिएको हो ।

तनहुँको देवघाट गाउँपालिका-५ र चितवनको भरतपुर महानगरपालिका–१ जोड्ने उक्त पुलमा निर्माण अवधिभर बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म मोटरसाइकल सञ्चालनमा रोक लगाइएको देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक सदन बरालले जानकारी दिए । मोटरसाइकल आवागमन रोक लगाएर पुल मर्मत भइरहेको उनले बताए ।

समितिले आफ्नो भौगोलिक कार्यक्षेत्रभित्र पर्ने त्रिशूली नदीमाथिको उक्त झोलुंगे पुल जीर्ण भएकाले ‘सस्पेन्सन बृज’ डिभिजन कार्यालय पुल्चोक, ललितपुरबाट खटिएका प्राविधिकको टोलीले मर्मत गरिरहेको जनाउँदै मर्मतमा सहकार्य र समन्वय गर्न सर्वसाधारणलाई आग्रह गरिएको बरालले उल्लेख गरे।

स्थानीयवासी, भक्तजन तथा अन्य सर्वसाधारणलाई सहज र सुरक्षित आवागमनको व्यवस्था मिलाउन पुल मर्मतमा आवश्यक सहयोग गर्न समितिले अनुरोध गरेको निर्देशक बरालले बताए। पुल मर्मत पूरा नहुँदासम्म उक्त अवधिभर मोटरसाइकल सञ्चालनमा रोक लगाइएको उनले उल्लेख गरे । पुल मर्मतका लागि प्राविधिक र मजदुर गरी छ जना खटिएका छन् ।

विसं २०३७ मा निर्मित उक्त झोलुंग पुल जीर्ण भएपछि प्रत्येक वर्ष मर्मत गरिँदै आइएको देवघाट क्षेत्र विकास समितिले जनाएको छ । दैनिक हजारौँ आवतजावत गर्ने उक्त पुलको केही दिन अघि पत्ताको केही भाग उप्किएर बाँसको कप्टेरो राख्नु परेको थियो । झोलुंगे पुल हुँदै सामान्य दिनमा स्थानीय तथा बाहिरबाट आउने भक्तजनसहित दैनिक छ हजारभन्दा बढी आवतजावत गर्ने गरेको निर्देशक बरालले जानकारी दिए ।

विकास समितिका पूर्वअध्यक्ष शिवराज पौडेलले देवघाट आउनका लागि हाल ठिमुराको पुल, दासढुंगाको मोटरेबल पुल, नवलपुर जोड्ने हर्दी पुल र जुगेडीको झोलुंगे पुल रहे पनि देवघाट आउनेमध्ये करिब ९५ प्रतिशतले सोही पुल प्रयोग गर्ने गरेका जानकारी दिए ।

देवघाट गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापाले पुल मर्मत गर्न माग गर्दै केही दिन अगाडि सस्पेन्सन बृज डिभिजन कार्यालयमा ज्ञापन पत्र बुझाइएको बताए ।


प्रकाशित मिति: ८ माघ २०८१, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?