Trending
>>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

चोरीका हतियारसहित तीन जना पक्राउ


२२ ,मङ्सिर ,काठमाडौँ । चोरीका दुई नाल हतियारसहित तीन जनालाई पक्राउ गरिएको छ । प्रहरीले उपत्यकाका विभिन्न स्थानबाट घरेलु हतियारसहित चोरीमा संलग्न सुनसरी बराह नगरपालिका–३ निवासी ३६ वर्षका दिलीप माझी, कामपा–१३ निवासी २१ वर्षीय कुशल मल्लिक र काभ्रेपलाञ्चोक धुलिखेल नगरपालिका–३ का २७ वर्षीया काजलकुमारी भुजेललाई बिहीबार पक्राउ गरेको हो ।

प्रहरीले उनीहरुको साथबाट दुई नाले बन्दुक एक थान, २२ बोरको राइफल एक थान, खुँडा दुई थान, खुकुरी छ थान, हँसिया एक थान, फलामको चुप्पी एक थान, बञ्चरो एक थान र मोटरसाइकलको सक दुई थान बरामद गरेको छ ।

प्रहरीले पक्राउ परेको व्यक्तिलाई डाँका चोरी तथा हातहतियार खरखजनासम्बन्धी कसुर मुद्दामा काठमाडौँ जिल्ला अदालतबाट पाँच दिन म्याद थप गरी प्रहरी वृत्त कालिमाटीबाट अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक कुमोध ढुङ्गेलले जानकारी दिए ।

यही मङ्सिर १६ गते कामपा–१३ ताहचल बस्ने ७४ वर्षीय पुष्प जोशीको घरबाट इजाजत पत्रसहितको दुई नाले ४१० बोरको टोटावाल बन्दुक एक थान र २२ बोरको राइफल अज्ञात समूहले चोरी गरी लगेको थियो ।


प्रकाशित मिति: २२ मंसिर २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?