Trending
>>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री >>   प्रहरी प्रशासनलाई गृहमन्त्रीको निर्देशनः जनतालाई केन्द्रमा राखेर काम गर्नूस्
Logo
१ कार्तिक २०८३, शनिबार
१ कार्तिक २०८३, शनिबार

पीडितलाई केन्द्रमा राखेर सङ्क्रमणकालीन न्याय टुङ्गाउने प्रतिबद्धता


२२ ,मङ्सिर ,काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले पीडितलाई केन्द्रमा राखेर मात्रै सङ्क्रमणकालीन न्याय टुङ्ग्याउने प्रतिबद्धता व्यक्त गरेकि छिन्।

मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता शर्माले भनिन्, “हामी सधैैँभरी पीडितलाई केन्द्रमा राखेर हाम्रो सङ्क्रमणकालीन न्याय टुङ्ग्याउनुपर्छ भन्ने पक्षमा छौँ ।”

उनले जहिले पनि द्वन्द्व र सङ्क्रमणकालीन न्यायको विषयमा पीडितलाई केन्द्रमै राखेर जाने भन्ने अभ्यास गरिरहेको बताउँदै यस विषयमा सरकार सकारात्मक रहेको धारणा व्यक्त गरिन् ।

सांस्कृतिक पूर्वाधारको संरक्षण गर्र्दै विकासका कामलाई अगाडि बढाउने सरकारको नीति रहेको प्रष्ट पार्दै मन्त्री शर्माले भनिन्, “नीतिगत रूपमा हामीलाई विकास पनि चाहिन्छ, तर सांस्कृतिक पूर्वाधारको संरक्षण पनि गर्नुपर्छ, यो कुरा हाम्रो नीतिगत कुरा नै हो ।”

सरकारले एनसेलको सेयर खरिद बिक्रीको निर्णयको सम्बन्धमा अध्ययन तथा छानबिन गर्न समिति पनि गठन गरेको छ । सेयर खरिदबिक्रीको निर्णयको सम्बन्धमा प्रचलित कानुनको परिचालनाको विषय, राजस्व र नेपालमा वैदेशिक लगानीमा पर्न सक्ने असरलगायत विषयमा अध्ययन तथा छानबिन गरी ३० दिन भित्रमा प्रतिवेदन पेश गर्नेगरी समिति गठन गरिएको छ ।


प्रकाशित मिति: २२ मंसिर २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?