-बालेन शाह,मेयर,काठमाडौँ महानगरपालिका भ्रष्टलाई समाउन सक्नु भएन, काठमाडौँमा फोहोर बोक्ने ४ चालकलाई समाउनु भएछ यो सरकारले । जब सम्म स-सम्मान चालकहरु रिहा हुन्नन सिँहदरबार लगायत सबै पार्टी कार्यालयको तथा नेताहरुको घरको फोहोर उठ्दैन । को को जुध्न आउने हो, आए हुन्छ , कसैलाई बाकिँ छाडिदैन!
- कांग्रेस उपसभापति तथा सांसद धनराज गुरुङ "सम्मानित अदालत भन्दा माथि कोही हुँदैन।" सर्बोच्च अदालतले १६ बर्ष पहिले गरेको फैसलामाथि धावा बोल्दै गृह मन्त्रीले कुटनैतिक राहदानी सम्बन्धी संसदमै मिथ्या आरोप लगाए पछि सम्मानित संसदमा निवेदन पेश गरेको छु।
-डा. भीम रावल काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्व गृहमन्त्री डा. भीम रावलले नेपाली कांग्रेसका महामन्त्री गगन थापालाई राज्यका सूचना बेचेको अभियोगमा तत्काल गिरफ्तार गरिनुपर्ने बताएका छन् । सोमबार उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले संसद्मा सम्बोधन गर्ने क्रममा महामन्त्री थापाले देशका गोप्य सूचना विदेशीलाई बेचेको आरोप लगाएका थिए ।
-बालेन शाह,मेयर,काठमाडौँ महानगरपालिका कामकुरो एकातिर ‘कुम्लो बोकी ठिमी तिर’ गिरिबन्धुलाई जग्गा सट्टाभर्ना गर्दै बेच्न दिने भने पछि अरु १०० भन्दा बढि कम्पनीले गिरीबन्धु जसरी नै हदबन्दी छुट र सट्टापट्टा पाउनुपर्ने भन्दै हजारौँ बिगा जमीन बेच्न पाउने निवेदन हालेका थिए । यसरी सबै कम्पनीलाई हदबन्दी छुटको नीतिगत निर्णय गर्दा कम्तीमा पनि
काठमाडौँ । नेपाली कांग्रेसले सभामुख देवराज घिमिरे रबर स्ट्याम्प बनेको आरोप लगाएको छ । कांग्रेसको अवरोधबिच प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिएपछि प्रतिनिधिसभा बैठक कक्षबाटै सामाजिक सञ्जालमा लेख्दै कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सो आरोप लगाएका हुन् । प्रतिनिधिसभा बैठकमा प्रमुख प्रतिपक्षी दलको अवरोधकाबिच सभामुखले प्रक्रिया अगाडि बढाएका थिए ।
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत पाएका छन। प्रधानमन्त्री प्रचण्डले चाैँथाेपटक विश्वासको मत पाएका हुन ।दुई सय ७५ सदस्यीय प्रतिनिधिसभामा १५८ जना सहभागी रहेका थिए । जसमा प्रधानमन्त्रीको पक्षमा १५७ मत पर्यो भने विपक्षमा ० र दिन्न भन्ने अर्थात तटस्थमा १ मत पर्यो ।
काठमाडौं। नेपाली कांग्रेसका नेता आनन्द विष्टले कम्युनिस्ट सरकारबाट लोकतन्त्रमाथि खतरा बढेको औंल्याएका छन्। नेपाली जनसम्पर्क समिति अमेरिकाका सभापति एवम् कांग्रेस पूर्वकेन्द्रीय सदस्यसमेत रहेका विष्टले एक विज्ञप्ति जारी गर्दै भ्रष्टाचारी र ठगहरूलाई उन्मुक्ति दिन संसद नै कब्जा गर्न खोज्नुले वर्तमान सरकारबाट लोकतन्त्र खतरामा रहेको प्रस्ट भएको बताए। सहकारी ठग मन्त्रीलाई जोगाउन
काठमाडौं । नाटक ‘अग्निचक्षु’ यही जेठ १६ गतेदेखि काठमाडौंको बत्तीसपुतलीस्थित शिल्पी थिएटरमा मञ्चन हुने भएको छ । साइलेन्ट एक्टको प्रस्तुतिमा मञ्चन हुने यो नाटक जीवित देवी कुमारीको विषयमा आधारित छ । संस्कृतिभित्र लुकेका धार्मिक, सामाजिक, ऐतिहासिक तथा जीवन दर्शनका कुराहरू समेटेर नाटक तयार भएको लेखक चन्द्रप्रसाद पाण्डेय बताउछन् । उनी
काठमाडाैं । मन्त्रिपरिषद्का सदस्यहरूले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पेस गरेको सम्पत्ति विवरण सार्वजनिक गर्ने निर्णय सरकारले गरेको छ । बाध्यकारी कानुनी व्यवस्था नभए पनि पारदर्शिताका दृष्टिले उच्चपदस्थ पदाधिकारीले सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने दबाब लामो समयदेखि उठेको वेला बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो । यससँगै ०७४ देखि रोकिएको
काठमाडौं । सभामुख देवराज घिमिरेले प्रधानमन्त्रीसहित प्रमुख दलका शीर्ष नेताहरुसँग छलफल गर्ने भएका छन् ।सभामुख घिमिरेको सचिवालयका अनुसार सभामुखले दिउँसो २ बजे प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गर्न लागेका हुन् ।