Trending
>>   जतिसुकै विद्वान् किन नहोस्, नेपालीलाई हामी विद्वान ठान्दैनौँः केपी ओली >>   हाँडीगाउँमा मनाइयो ‘कहीँ नभएको जात्रा’ (तस्बिरसहित) >>   ‘पार्वतीले सराप दिएपछि देवता जन्मिन छाडे, अहिले नक्कली भगवान जन्मिएर हैरान छ’:केपी ओली >>   स्वतन्त्रता र लोकतन्त्रको प्रेरणाले राजनीतिमा आएँः मुख्यमन्त्री पाण्डे >>   बालेन्द्र सरकार राष्ट्रियता र जनजीविकाको सवालमा पूर्णतः असफलः लेखनाथ दाहाल >>   हराएका मतदाता फर्काउन मंसिरमा एक महिने अभियान चलाउँछौँः गगन थापा >>   ‘काठमाडौं फिल्म फेस्टिभल’मा भारतीय भेट्रान अभिनेत्री शबाना आजमी सहभागि हुने >>   ‘एनपीएललाई आधार बनाएर स्पोर्ट्स टुरिजमलाई योजनावद्ध रुपमा अघि बढाउनुपर्छ’ >>   सुदूरपश्चिम रोयल्समाथि लुम्बिनी पूर्ण हाबी >>   तेस्रो एनपिएल सिजनको भव्य शुरुवातः लुम्बिनी लायन्सविरुद्ध सुदूरपश्चिम रोयल्सको ब्याटिङ
Logo
१२ कार्तिक २०८३, बुधबार
१२ कार्तिक २०८३, बुधबार

‘विकास निर्माण र व्यवस्थापनमा भूमिका फरक तर दायित्व सबैमा समान’


काठमाडौँ । स्थानीय विकासका लागि व्यक्तिहरुको भूमिका फरक हुन सक्छ तर दायित्व सबैमा समान हुने बताउँदै काठमाडौँ महानगरपालिका वडा नं. ८ का अध्यक्ष आशामान संगतले, वडा विकासका कार्यक्रममा अपनत्व लिन वडाबासीलाई आग्रह गर्नुभएको छ । आइतबार आयोजना गरिएको चालु आर्थिक बर्षको सार्वजनिक सुनुवाइ र आर्थिक बर्ष २०८१/८२ को योजना तर्जुमा छलफल कार्यक्रममा वडाध्यक्ष संगतले अपनत्व नभएको विकास जोगाउन कठिन हुने बताउनुभयो ।

‘जिम्मेवारीका दृष्टिले जनप्रतिनिधिको भूमिका र स्थानीयको भूमिका फरक हुन सक्छ । यसो हुनु भनेको जनप्रतिनिधिको दायित्वले मात्र विकास निर्माण र व्यवस्थापन सम्भव छैन । सबैको साझा धारणा निर्माण गरेर सहभागितामूलक विकास पद्धति अबलम्बन गर्नुपर्छ । वडाले यसै मर्मबमोजिम योजना माग गर्ने, तर्जुमा गर्ने र कार्यान्वयन गर्ने गरिरहेको छ ।’ वडाध्यक्ष संगतको भनाइ थियो ।


प्रकाशित मिति: ८ जेष्ठ २०८१, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?