Trending
>>   नयाँ सांसदहरूको शपथ ग्रहण १२ गते गर्ने तयारी >>   बिहीवारदेखि राजनीतिक दललाई संसदीय दलको कार्यालय उपलब्ध गराएका छौँः प्रवक्ता गिरी >>   राष्ट्रपति पौडेलसमक्ष निर्वाचन, २०८२ को अन्तिम प्रतिवेदन पेश >>   असनमा मनाइयो देवता जुधाउने जात्रा (फोटो फिचर) >>   पञ्चाङ्गमा एकरूपता र कार्यान्वयनका चुनौती औँल्याउँदै मनाइयो ज्योतिष दिवस >>   शनिवार पूर्वी क्षेत्रमा ११९ किलोमिटर प्रतिघण्टाको वेगमा हावाहुरी चल्ने प्रक्षेपण, अनावश्यक यात्रा नगर्न सुझाव >>   एमालेले सशक्त प्रतिपक्षको भुमिका निर्वाह गर्छः सचिव अर्याल >>   एक्कासी सुनको मुल्यमा आयो ठूलो गिरावट, चाँदी पनि सस्तो >>   सामाजिक सञ्जालमा महिलाको चरित्र हत्या गर्ने व्यक्ति पक्राउ >>   समानुपातिकका ११० सांसदलाई आज प्रमाणपत्र, सरकार गठनको बाटो खुल्ने
Logo
५ चैत्र २०८२, बिहीबार
५ चैत्र २०८२, बिहीबार

‘विकास निर्माण र व्यवस्थापनमा भूमिका फरक तर दायित्व सबैमा समान’


काठमाडौँ । स्थानीय विकासका लागि व्यक्तिहरुको भूमिका फरक हुन सक्छ तर दायित्व सबैमा समान हुने बताउँदै काठमाडौँ महानगरपालिका वडा नं. ८ का अध्यक्ष आशामान संगतले, वडा विकासका कार्यक्रममा अपनत्व लिन वडाबासीलाई आग्रह गर्नुभएको छ । आइतबार आयोजना गरिएको चालु आर्थिक बर्षको सार्वजनिक सुनुवाइ र आर्थिक बर्ष २०८१/८२ को योजना तर्जुमा छलफल कार्यक्रममा वडाध्यक्ष संगतले अपनत्व नभएको विकास जोगाउन कठिन हुने बताउनुभयो ।

‘जिम्मेवारीका दृष्टिले जनप्रतिनिधिको भूमिका र स्थानीयको भूमिका फरक हुन सक्छ । यसो हुनु भनेको जनप्रतिनिधिको दायित्वले मात्र विकास निर्माण र व्यवस्थापन सम्भव छैन । सबैको साझा धारणा निर्माण गरेर सहभागितामूलक विकास पद्धति अबलम्बन गर्नुपर्छ । वडाले यसै मर्मबमोजिम योजना माग गर्ने, तर्जुमा गर्ने र कार्यान्वयन गर्ने गरिरहेको छ ।’ वडाध्यक्ष संगतको भनाइ थियो ।


प्रकाशित मिति: ८ जेष्ठ २०८१, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?