Trending
>>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

दुहवी र इटहरीका आगलागी पीडित १२ घरपरिवारलाई राहत वितरण


सुनसरी । सुनसरीको दुहवी नगरपालिका वडा नम्बर ९ छाताबेलीका ११ घरपरिवार आगलागीपीडितलाई राहत वितरण गरिएको छ ।महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले मन्त्रालयका सचिव दिनेश भट्टराई समेतको उपस्थितीमा एक कार्यक्रमकाबिच आगलागी पीडित परिवारको घरमै पुगेर उक्त राहत रकम हस्तान्तरण गर्नुभएको हो ।

त्यसैगरी इटहरी नगरपालिका वडा नं ७ रामजानकी टोल सिसौना निवासी आगलागि पिडित इन्द्रकुमार खड्काको घरमै गएर राहत सामग्री वितरण गरिएको छ ।महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, समाज कल्याण परिषद्ले स्वास्थ्य पोषण शिक्षा तथा कृषि अनुसन्धान विकास केन्द्र, दिनेश चौधरी स्मृति प्रतिष्ठान र लेटर डे सेन्ट च्यारिटिजसँगको समन्वयमा उक्त राहत हस्तान्तरण गरिएको हो ।

प्रति परिवारका दरले २५ किलो चामल, ५ किलो दाल, ३ किलो नुन, २ सेट ब्ल्याङ्केट, १ सेट स्ट्याण्ड फ्यान, स्टेशनरी र पेश १ सेट, १ बण्डल जस्ता पाता, १ सेट डिग्निटी किट, १ सेट झुल, किचनका सामग्री र सडना सेट वितरण गरिएको हो ।

यसैगरी इटहरी नगरपालिका वडा नं ७ रामजानकी टोल सिसौना निवासी आगलागि पिडित इन्द्रकुमार खड्काको घरमै पुगेर मन्त्री चौधरीले राहत सामग्री हस्तान्तरण गर्नुभएको छ । खड्काको परिवारलाई सहयोग स्वरूप १२ वटा सिमेन्टको पिलर, १० बोरा सिमेन्ट, ३ ट्याक्टर बालुवा/गिट्टी लगायतका सामग्री सहयोग गरिएको हो । इटहरी ७ का वडा सदस्य दिपक घिमिरेले सहयोग ब्यावस्थापन गर्नुभएको थियो ।गत वैशाख २१ गते घरमा कोही नभएको दिउँसोको समयमा विद्युत सर्ट भएर खड्काको घरमा आगलागी हुँदा करिब ११ लाख रुपैयाँ बराबरको क्षती भएको थियो ।


प्रकाशित मिति: ७ जेष्ठ २०८१, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?