Trending
>>   सुशासन कमजोर भए भ्रष्टाचार मौलाउँछः अध्यक्ष मगर >>   प्रक्षेपणको क्रममा कुवेतद्वारा निर्मित रकेट विस्फोट >>   इजरायली सैनिकहरूद्वारा प्यालेस्टिनी पुरुषको हत्या >>   भारतको गोवा नाइटक्लवमा आगलागीमा मृत्यु हुनेको संख्या २५ पुग्यो >>   रुग्ण आयोजना व्यवस्थापनको नाममा त्रास नफैलाउन निर्माण व्यवसायी महासंघको चेतावनी >>   ‘करेन्सीको भाउ बढ्दा नेपालमा लाभ भन्दा हानी धेरै’ >>   मन्त्री बनौँला, नबनौँला तर जनताको सेवा सधैँ गर्न पाउँः डा. सुनिल शर्मा >>   प्रधानमन्त्री सुशीला कार्की र दुर्गा प्रसाईंबीच वार्ता हुँदै >>   घोषित मितिमै निर्वाचन सम्पन्न गर्न प्रधानमन्त्री कार्कीलाई पूर्वराष्ट्रपति भण्डारीको आग्रह >>   केबिन क्रूको भुमिकालाई मेसिनले प्रतिस्थापन गर्न सक्दैनः मन्त्री सिन्हा
Logo
२२ मंसिर २०८२, सोमबार
२२ मंसिर २०८२, सोमबार

दुहवी र इटहरीका आगलागी पीडित १२ घरपरिवारलाई राहत वितरण


सुनसरी । सुनसरीको दुहवी नगरपालिका वडा नम्बर ९ छाताबेलीका ११ घरपरिवार आगलागीपीडितलाई राहत वितरण गरिएको छ ।महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले मन्त्रालयका सचिव दिनेश भट्टराई समेतको उपस्थितीमा एक कार्यक्रमकाबिच आगलागी पीडित परिवारको घरमै पुगेर उक्त राहत रकम हस्तान्तरण गर्नुभएको हो ।

त्यसैगरी इटहरी नगरपालिका वडा नं ७ रामजानकी टोल सिसौना निवासी आगलागि पिडित इन्द्रकुमार खड्काको घरमै गएर राहत सामग्री वितरण गरिएको छ ।महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, समाज कल्याण परिषद्ले स्वास्थ्य पोषण शिक्षा तथा कृषि अनुसन्धान विकास केन्द्र, दिनेश चौधरी स्मृति प्रतिष्ठान र लेटर डे सेन्ट च्यारिटिजसँगको समन्वयमा उक्त राहत हस्तान्तरण गरिएको हो ।

प्रति परिवारका दरले २५ किलो चामल, ५ किलो दाल, ३ किलो नुन, २ सेट ब्ल्याङ्केट, १ सेट स्ट्याण्ड फ्यान, स्टेशनरी र पेश १ सेट, १ बण्डल जस्ता पाता, १ सेट डिग्निटी किट, १ सेट झुल, किचनका सामग्री र सडना सेट वितरण गरिएको हो ।

यसैगरी इटहरी नगरपालिका वडा नं ७ रामजानकी टोल सिसौना निवासी आगलागि पिडित इन्द्रकुमार खड्काको घरमै पुगेर मन्त्री चौधरीले राहत सामग्री हस्तान्तरण गर्नुभएको छ । खड्काको परिवारलाई सहयोग स्वरूप १२ वटा सिमेन्टको पिलर, १० बोरा सिमेन्ट, ३ ट्याक्टर बालुवा/गिट्टी लगायतका सामग्री सहयोग गरिएको हो । इटहरी ७ का वडा सदस्य दिपक घिमिरेले सहयोग ब्यावस्थापन गर्नुभएको थियो ।गत वैशाख २१ गते घरमा कोही नभएको दिउँसोको समयमा विद्युत सर्ट भएर खड्काको घरमा आगलागी हुँदा करिब ११ लाख रुपैयाँ बराबरको क्षती भएको थियो ।


प्रकाशित मिति: ७ जेष्ठ २०८१, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?