Trending
>>   काठमाडौंको दरवारमार्गबाट स्रोत नखुलेको नगद सहित दुई जना पक्राउ >>   संसदीय दलको नेता छान्न केही समय लाग्छः रास्वपा >>   शिर्ष टोली एपिएफसँग चित्लाङले अंक खोस्यो >>   फागुनसम्म सरकारले उठायो ७ खर्ब ५१ अर्ब राजश्व >>   गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभा सदस्य बनाउन सरकारको सिफारिस >>   जेन–जी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै प्रदर्शन >>   काँग्रेसले टुंग्यायो २० जना समानुपातिक सांसद >>   चैतका लागि वाणिज्य बैंकहरुले व्याजदर घटाए >>   राप्रपाले समानुपातिकतर्फका सांसदको नामावली टुंगो लगायो >>   देशका विभिन्न स्थानमा वर्षा र हिमपातको सम्भावना
Logo
४ चैत्र २०८२, बुधबार
४ चैत्र २०८२, बुधबार

‘संसद्‌मा सभामुख देखिनँ,देखिरहेको छु रबर स्ट्याम्प मात्र’


काठमाडौँ । नेपाली कांग्रेसले सभामुख देवराज घिमिरे रबर स्ट्याम्प बनेको आरोप लगाएको छ । कांग्रेसको अवरोधबिच प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिएपछि प्रतिनिधिसभा बैठक कक्षबाटै सामाजिक सञ्जालमा लेख्दै कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सो आरोप लगाएका हुन् ।

प्रतिनिधिसभा बैठकमा प्रमुख प्रतिपक्षी दलको अवरोधकाबिच सभामुखले प्रक्रिया अगाडि बढाएका थिए । कांग्रेस सांसदहरू बेल घेराउ गरेर नाराबाजी गरिरहँदा शर्माले सामाजिक सञ्जालमा लेखेका छन्– ‘संसद्‌मा आज सभामुख देखिनँ ।‘देखिरहेको छु (रबर स्ट्याम्प) बनाएर कसैले मर्यादाको चीरहरण गरेको अँध्यारो चित्र मात्र’ उनले भनेका छन् । घिमिरे एमालेबाट सभामुख बनेका हुन्।


प्रकाशित मिति: ७ जेष्ठ २०८१, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?