सङ्खुवासभा । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ऊर्जा क्षेत्रको विकासमा नेपाल सरकार दृढतापूर्वक अगाडि बढीरहेको बताउँदै विद्युत् व्यापारमा नेपालले नयाँ इतिहास बनाउने बताउनुभएको छ । अरूण–३ जलविद्युत परियोजनाको ब्रेक–थ्रु कार्यक्रमलाई आज यहाँ सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले ऊर्जा क्षेत्रको प्रवर्द्धनका लागि सरकारले आर्थिक वर्ष २०८१/८२ को बजेटमा निजी क्षेत्रको लगानी आकर्षित
काठमाडाैं । सत्तारुढ घटक राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरू नेपाली राष्ट्रिय क्रिकेट टीमको समर्थनमा जर्सी लगाएर संसद बैठकमा पुगेका छन् । १० वर्षपछि टी-२० विश्वकप खेल्न लागेको नेपालको पहिलो खेल नेदरल्यण्ड्ससँग छ । सांसद् निशा डाँगी भन्छिनः आज नेपालले क्रिकेटको महासङ्ग्राम टि-ट्वेन्टी विश्वकप २०२४ मा आफ्नो पहिलो खेल खेल्दैछ। पारस खड्काको
काठमाडौं । लागुऔषध ओसारपसार गर्न राइड शेयरिङ व्यवसाय पठाओको प्रयोग गर्न गरिएको खुलेको छ ।बाहिरी जिल्लाबाट काठमाडौं भित्रिएको लागुऔषध गन्तव्यसम्म पुर्याउन पठाओ राइडरलाई भरियाको रुपमा प्रयोग गरिएको खुलेको छ । पठाओलाई लागुऔषध ओर्सान लगाउने महिला र बाहिरी जिल्लाबाट लागुऔषध लिएर आउने युवकसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेहरुमा
काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वकपमा उत्कृष्ट प्रदर्शनका लागि नेपाली क्रिकेट टोलीलाई शुभकामना दिएका छन् । आज एक वक्तव्य जारी गर्दै उनले विश्वकपले नेपालको पहिचान थप उच्च बनाउने विश्वास व्यक्त गरे । प्रधानमन्त्री प्रचण्डले नेपाली टोलीलाई ऐतिहासिक सफलता प्राप्त हुनेमा आफू विश्वस्त रहेको बताए। सगरमाथा र बुद्धको देश भनेर
काठमाडाैं । अब पीडितको सहमति तथा उजुरीमाथि सुनुवाइ गरेर मात्र कैद माफी मिनाहा हुने भएको छ । राष्ट्रपतिले दिने कैद माफी बारम्बार विवादमा परेपछि सरकारले यससम्बन्धी कानुन संशोधन गरेको हो । सोमबार राजपत्रमा प्रकाशित फौजदारी कसुर (कैदकट्टा) नियमावलीअनुसार ज्यानसम्बन्धी कसुरमा पीडित परिवारको सहमतिपत्र अनिवार्य गरेर मात्रै कैद माफी दिने व्यवस्था गरिएको छ ।
काठमाडौं । चलचित्र निर्देशक तथा कलाकार सुदर्शन थापा पक्राउ परेका छन् । काठमाडौंको कमलपोखरी क्षेत्रबाट सोमबार (आज) थापालाई पक्राउ गरिएको एक प्रहरी उच्च अधिकारीले जानकारी दिए । आपराधिक विश्वासघात गरेको आरोपमा निर्माता सुदर्शन बस्नेतले थापाविरुद्ध प्रहरीमा जाहेरी दिएका थिए ।
पोखरा । नेपाली सेनाले प्राकृतिक विपत्तिमा सुरक्षित रहनको लागि स्थानीय वासिन्दाहरुलाई सचेतना मुलक कार्यक्रम तथा तालिम प्रदान गरेको छ । पोखरा फुलवारीमा रहेको श्री कृष्ण दल गणले प्राकृतिक विपदमा कसरी जोगिने भन्ने बारे “अभ्यास मनसुन–४” यही जेठ १४ गतेबाट २० गतेसम्म १ हप्ता कार्यक्रम सञ्चालन गरेको हो । गणका क्या.
काठमाडौं । फुटपाथ विस्तारका नाममा काठमाडौं महानगरपालिकाले काटेको न्युरोडको जुद्ध शालिकदेखि इन्द्रचोकसम्मको सडकमा कालोपत्रे गरिएको छ । फुटपाथ विस्तार गर्न भन्दै काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहको योजनाअनुसार काटिएको सडकलाई कालोपत्रे गरेर पुरानै अवस्थामा फर्काइएको हो ।
काठमाडौं । अध्यागमन विभागसहित विभागअन्तर्गतका १५ वटा कार्यालयका कर्मचारीको पहिचान खुल्ने गरी छुट्टै पोसाकको व्यवस्था गरिएको छ । यही जेठ १६ गते मन्त्रीस्तरीय निर्णयबाट स्वीकृति भएकासँगै विभागले छुट्टै पोसाकको व्यवस्था गरेको हो । अध्यागमनमा कार्यरत कर्मचारीको पोसाकबाट पहिचान गर्न सकियोस् भन्ने उद्देश्यले छुट्टै व्यवस्था गरिएको अध्यागमन विभागले जनाएको छ ।
बालेन शाह १० हजार करोड को कान्ड लुकाउन अर्को कान्ड गरेर जनता नझुक्काउनु होला माननीय केपि ओलीज्यू । झापा गिरिबन्धुमा बैना लिनेहरूलाई "दुई वर्षभित्र गिरीबन्धुकै जग्गा दिलाउँछौं " भनेर थम्थमाउनु भएछ । गिरीबन्धु चिया बगानको जग्गामा गर्न खोजेको नीतिगत घोटलामा तपाईंको सहभागिताको इतिहास हेर्दा त्यहाँ तपाईंलाई नभनी पात पनि हल्लन्छ