Trending
>>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक
Logo
७ आश्विन २०८३, बुधबार
७ आश्विन २०८३, बुधबार

नेपाली सेनाद्वारा प्रकृतिक विपत्तिमा सुरक्षित रहन स्थानीयलाई तालिम


पोखरा । नेपाली सेनाले प्राकृतिक विपत्तिमा सुरक्षित रहनको लागि स्थानीय वासिन्दाहरुलाई सचेतना मुलक कार्यक्रम तथा तालिम प्रदान गरेको छ । पोखरा फुलवारीमा रहेको श्री कृष्ण दल गणले प्राकृतिक विपदमा कसरी जोगिने भन्ने बारे “अभ्यास मनसुन–४” यही जेठ १४ गतेबाट २० गतेसम्म १ हप्ता कार्यक्रम सञ्चालन गरेको हो ।

गणका क्या. उमङ्ग श्रेष्ठले पोखराका विभिन्न स्थानमा सचेतनामुलक कार्यक्रमहरु गरिएको जानकारी गराए । “अभ्यास मनसुन–४” मा प्राकृतिक विपतमा कसरी आफु, आफ्नो परिवार र समाजलाई सुरक्षित राख्ने भन्ने विषयमा सचेतनात्मक कार्यक्रम गरिएको हो, उनले भने, ‘हामीले कार्यक्रम गरेको वडाका स्थानीय वासिन्दाहरुलाई समावेश गराई उनिहरुलाई विपदको दौरान ईप्रोभाईजेशन गरी बाढी तथा पहिरोमा प्रयोग गरिने सामाग्रीहरु रोप, पिकेट, कपडाबाट स्टेचर बनाउने तरिका, म्याट्रेसको प्रयोग गरि बोट बनाउने र बोतलको प्रयोग गरि लाईफ ज्याकेट बनाउने तरिकाहरुको बारेमा डेमो देखाउने र बनाउन सिकाइएको थियो । ’

यो बर्खाको समय भएको हुँदा बाढी तथा पहिरोबाट हुने जोखिम न्युनिकरण तथा व्यवस्थापन सम्बन्धी कक्षा तथा सचेतनामुलक जानकारीका कार्यक्रमहरु गणले गर्दै आएको र मनसुनजन्य विपद्को समयमा नेपाली सेनाले विपद व्यवस्थापनको दौरान गर्ने कार्यको बारेमा स्थानीयलाई जानकारी गराएको क्या.श्रेष्ठले बताउनुका साथै, हावा हुरी, बाढी पहिरो जस्ता प्राकृतिक प्रकोप आउन सक्ने सम्भावना उच्च भएको हुँदा मानविय जनधनको सुरक्षाको लागि पुर्व तयारीका कार्यक्रमहरु गणले गर्दै आएको उल्लेख गरे ।

क्या. श्रेष्ठका अनुसार, पोखरा महानगरपालिकाको वडा नं. १६ अर्मला, वडा नं. २५ हेम्जा, वडा नं. २४ पामे, वडा नं. २२ पुम्दीभुम्दी, वडा नं. २१ कृस्तिनाच्नेचौर र निर्मलपोखरीमा “अभ्यास मनसुन–४” गरिएको थियो ।

कार्यक्रममा आफूसँग भएका चिज विजहरुको प्रयोगबाट सुरक्षित बन्न, कोही दुर्घटनामा परि घाइते भएमा तत्काल प्राथमिक उपचार गरी जीवन सुरक्षित बनाउन र जनधनको सुरक्षाको लागि यो कार्यक्रमले विशेष भुमिका निर्वाह गर्ने स्थानीयहरुको भनाइ रहेको थियो ।


प्रकाशित मिति: २१ जेष्ठ २०८१, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?