Trending
>>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता >>   विशेष महाधिवेशनबाट कांग्रेस महामन्त्रीमा प्रदीप पौडेल र गुरुराज घिमिरे चयन >>   कांग्रेसमा नयाँ नेतृत्वः गगन थापा सभापति, शर्मा–भुसाल उपसभापति >>   एकदर्जन बैंकहरुले घटाए ब्याजदर,कुनले कति ब्याज दिन्छन् ? >>   पार्टीमा कुनै नेता विशेषको प्रचार गर्नु राम्रो होइनः माधवकुमार नेपाल >>   निर्वाचनमा हामी जनताको घरदैलो अभियानमा केन्द्रित हुन्छौँः पुष्पकमल दाहाल >>   हाम्रो माग देउवा बाहेक अरुलाई प्रधामन्त्री तोकेर जाउँ भन्ने मात्रै होः गगन थापा >>   लायन्स क्लब अफ काठमाडौं ब्राईटस्टार द्दारा खाना तथा स्टेसनरी बितरण >>   काँग्रेस संस्थापन पक्षका नेताहरुको निष्कर्षः ‘जारी विशेष महाधिवेशन पार्टी विधानविपरित छ’ >>   पार्टी विभाजन गर्न कोही नलागौँः रामहरि खतिवडा
Logo
२ माघ २०८२, शुक्रबार
२ माघ २०८२, शुक्रबार

सन्देशमुलक


काभ्रेको संसारी देवी आधारभूत विद्यालयमा कम्प्युटर प्रयोगशाला

काभ्रेपलाञ्चोक । अमेरिकन संस्था ‘आर स्टार फाउन्डेसन’को सहयोगमा काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका-४ जोरसल्लास्थित संसारी देवी आधारभूत विद्यालयमा कम्प्युटर प्रयोगशालाको स्थापना गरिएको छ । फाउण्डेशनको सहयोगमा १५ कम्प्युटर, स्मार्ट बोर्ड एक, पाँच स्मार्ट टिभी, ल्यापटप, प्रोजेक्टर एक, फोटोकपी मेसिन तथा प्रयोगशालाका लागि फर्निचर र कार्पेट व्यवस्थापन गरिएको हो । रु. १६ लाखको

पाँचखालका बिरामीलाई निःशुल्क रगत

काभ्रेपलाञ्चोक । पाँचखाल नगरपालिकाका बिरामीलाई आवश्यकताअनुसार निःशुल्क रगत उपलब्ध हुने भएको छ । यसका लागि जिल्लास्थित रक्त सञ्चार केन्द्र र पाँचखाल नगर कार्यालयबीच सम्झौता भएको छ । नगरवासीलाई निःशुल्क रगत उपलब्ध विषयक सम्झौता पत्रमा नगरप्रमुख महेश खरेल र रेडक्रमका जिल्ला सभापति देवेन्द्र भैलले हस्ताक्षर गरेका हुन् । सम्झौताअनुसार रगतको सेवा

नवीकरण नहुँदा बागमती प्रदेशका स्वास्थ्य संस्था सुविधाबाट वञ्चित

चितवन । बागमती प्रदेश अन्तर्गतका स्वास्थ्य संस्था नवीकरण नहुँदा सुविधाबाट वञ्चित भएका छन् । ऐन, नियमावली र मापदण्ड निर्माणमा भएको ढिलाइले प्रदेश सरकार मातहत सञ्चालित अस्पताल तथा स्वास्थ्य संस्थाको दर्ता र नवीकरण ढप्प भएको हो । पुष्पाञ्जली अस्पताल भरतपुरका सञ्चालक डा. भोजराज अधिकारीले अस्पताल दर्ता नवीकरण नहुँदा उपकरण खरिदमा भन्सार

हेटौँडामा एक क्विन्टल गाँजासहित एकजना पक्राउ

काठमाडौँ । मकवानपुरको हेटौँडाबाट १०१ केजी गाँजासहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । भारतीय नम्बर प्लेट डीएल १३ सी १५६१ को कारलाई रोकी जाँच गर्दा १०१ किलो गाँजा सहित कार चालक वीरगञ्ज महानगरपालिका-२६ का राजन रारुतलाइ पक्राउ गरेको प्रहरीले जनाएको छ ।

धरानको चारकोसे जंगलबाट भरूवा बन्दुक सहित पाँच जना पक्राउ

सुनसरी। धरान उपमहानगरपालिका-१९ हरियाली चारकोसे जंगलबाट १ थान भरूवा बन्दुक, भरूवा बन्दुकमा लाग्ने फलामको गोली ३ थान, टोटा बन्दुकको गोली २ थान, बारूद र खुकुरी १ थान सहित इटहरी उपमहानगरपालिका-१३ बस्ने ३५ वर्षीय ज्योतिष चौधरी समेत ५ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय धरानबाट खटिएको

राष्ट्रपतिसमक्ष महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन पेस

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल समक्ष महान्यायाधिवक्ताको कार्यालयको आर्थिक वर्ष २०८०/८१ को प्रतिवेदन पेस गरिएको छ । राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित कार्यक्रममा महान्यायाधिवक्ता रमेश बडालले राष्ट्रपति पौडेल समक्ष सो प्रतिवेदन पेस गरेका हुन् । सो अवसरमा राष्ट्रपति पौडेलले सरकारी मुद्दाको अनुसन्धान, अभियोजन, बहस, पैरवी र प्रतिरक्षालगायतका काम अझ

पाकिस्तानमा सडक दुर्घटनामा १२ जनाको मृत्यु, ११ जना घाइते

काठमाडौँ। पाकिस्तानको उत्तरपश्चिम खैबर पख्तुनख्वा प्रान्तमा शनिवार भएको सडक दुर्घटनामा १२ जनाको मृत्यु र ११ जना घाइते भएको उद्धार अधिकारीहरूले बताएका छन् । घटना काराक जिल्लाको मुख्य राजमार्गमा भएको हो। ब्रेक फेल हुँदा एउटा ट्रेलर यात्रुवाहक भ्यान सहित धेरै सवारी साधनहरूमा ठोक्किएको उद्धार ११२२ का प्रवक्ता बिलाल फैजीले बताएका छन्

संसदीय प्रणालीभित्र दलहरुको भुमिका प्रमुख हुन्छः सभामुख घिमिरे

काठमाडौँ। सभामुख देवराज घिमिरेले संसदीय प्रणालीभित्र दलहरुको भुमिक प्रमुख हुने बताएका छन् । सभामुख देवराज घिमिरेले दलीय प्रणालीमा आधारित लोकतान्त्रिक संसदीय प्रणालीभित्र दलहरुको भुमिक प्रमुख हुने बताउदै उनले  दलहरुले नै यो व्यवस्थालाई प्रभावकारी ढंगबाट स्थापित गर्ने बताए । उनले दलको भुमिकामार्फत दलीय प्रणालीमा आधारित लोकतान्त्रिक संसदीय प्रणालीको प्रवद्र्धन हुने जिकिर

संसद किन यति ढिलोसम्म बोलाइएन, जनतामा खुल्दुली छः पूर्वसभामुख सापकोटा

काठमाडौँ। पूर्वसभामुख एवं नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष अग्निप्रसाद सापकोटाले संसद अधिवेशन आह्वान नगरिएकोप्रति आपत्ति जनाएका छन् । उपाध्यक्ष अग्निप्रसाद सापकोटाले संसद अधिवेशन नबोलाइएको प्रति रोष प्रकट गर्दै उनले आफू सभामुख हुँदा र अरु बेलामा पनि मंसिर २८ सम्म अधिवेशन आह्वान गरिएको भएपनि अहिले यति ढिलो किन गरेको भन्दै प्रश्न

संसद नचल्दा अध्यादेश ल्याउन मिल्छ, संसदको अधिकार कटौति गरेको होइनः उपमहासचिव ज्ञवाली

काठमाडौँ। नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले संसदको अधिवेशन नचलिरहेको बेलामा सरकारले अध्यादेश ल्याउनसक्ने बताएका छन् । आईतवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले नेपालको संविधानको धारा ११४ ले अध्यादेशहरुको व्यवस्था गरेको उल्लेख गर्दै अधिवेशन सुचारु नभएको बेलामा अध्यादेश ल्याउनसक्ने बताएका छन् । उनले अध्यादेश ल्याउने कुरालाई संसदको अधिकार कटौति गरेको

सम्वन्धित समाचारहरु