Trending
>>   बेपत्ता नागरिकलाई ‘मृतक सरह’ मान्यता दिन नेकपा सांसदको माग >>   सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने >>   मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई >>   बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता >>   जानकी मन्दिर विश्व सम्पदा सूचीमा लैजाने प्रक्रिया अघि बढ्यो : सांसद झा >>   महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब >>   एमाले केन्द्रिय कमिटी बैठक आज पनि जारी >>   हनुमानढोकामा इन्द्रध्वजा स्थापनासँगै काठमाडौंमा ऐतिहासिक इन्द्रजात्रा आरम्भ (तस्बिरहरु) >>   भारी वर्षाको पूर्वानुमानसँगै पदयात्रा र हिमाल आरोहणमा उच्च शतर्कता अपनाउन पर्यटन बोर्डको अपिल >>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी
Logo
७ आश्विन २०८३, बुधबार
७ आश्विन २०८३, बुधबार

काभ्रेको संसारी देवी आधारभूत विद्यालयमा कम्प्युटर प्रयोगशाला


काभ्रेपलाञ्चोक । अमेरिकन संस्था ‘आर स्टार फाउन्डेसन’को सहयोगमा काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका-४ जोरसल्लास्थित संसारी देवी आधारभूत विद्यालयमा कम्प्युटर प्रयोगशालाको स्थापना गरिएको छ ।

फाउण्डेशनको सहयोगमा १५ कम्प्युटर, स्मार्ट बोर्ड एक, पाँच स्मार्ट टिभी, ल्यापटप, प्रोजेक्टर एक, फोटोकपी मेसिन तथा प्रयोगशालाका लागि फर्निचर र कार्पेट व्यवस्थापन गरिएको हो । रु. १६ लाखको सहयोगमा उक्त प्रयोगशाला व्यवस्थापन भएको विद्यालयका प्रधानाध्यापक गोविन्द चिमौरियाले जानकारी दिए । उनका अनुसार २०५३ सालमा स्थापना गरी कक्षा ३ बाट सुरु गरिएको विद्यालयमा हाल कक्षा ८ सम्म एक सय ७३ विद्यार्थी अध्ययनरत छन् ।

स्थापित प्रयोगशालाको नमोबुद्ध-४ का वडाध्यक्ष अर्जुनबहादुर कार्की र फाउन्डेसनका निर्देशक ८१ वर्षीया रोसालिण्ड रुसेलले संयुक्त रूपमा शुभारम्भ गरेका छन् । सो अवसरमा रुसेलले प्रविधियुक्त शिक्षा आजको आवश्यकता भएकाले उक्त विद्यालयमा कम्प्युटर ल्याबको स्थापनाले यहाँका विद्यार्थीमा चेतना स्तर बढ्नेमा आफू विश्वस्त रहेको बताए । “शिक्षा संसारको ठूलो स्वतन्त्रता हो, प्रविधियुक्त शिक्षाले अझ फराकिलो शिक्षा प्राप्त गर्नमा मद्दत गर्दछ”, उनले भने, “तपाईँ विद्यार्थीहरूले समायानुकूल प्रविधिमैत्री शिक्षा पाउनुहुनेछ, यसको सही सदुपयोग गर्नुस्, आफूलाई अब्बल विद्यार्थीका रूपमा प्रस्तुत हुनुस्, शुभकामना छ ।”

उक्त विद्यालयमा कम्प्युटर प्रयोगशालाको स्थापनाले विद्यार्थी खुसी भएका छन् । विद्यालयको बाल क्लबको अध्यक्ष कक्षा ८ मा अध्ययनरत अनिषा लामाले आफ्नो विद्यालयमा कम्प्युटर सिक्न पाउँदा निकै खुसी भएको बताइन् । उनले भनिन्, “हामीले कम्प्युटर चलाउन कि त बजारका साइबर धाउनुपर्थ्यो, कि त मोबाइलमा मात्र कम्प्युटर शिक्षा लिएको र चलाएको देख्न पाउँथ्यौँ, आज अमेरिकन संस्थाले हाम्रै विद्यालयमा ल्याबको स्थापना गरिदिएपछि हामी सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीले सानै उमेरदेखि कम्प्युटर शिक्षा लिन तथा अभ्यास गर्न पाएकोमा निकै खुसी भएका छौँ ।”

यसैगरी उक्त संस्थाले आयआर्जनमा टेवा पुगोस् भन्ने उद्देश्यले पाँचखाल नगरपालिका –१० बेलाका २५ गृहिणी महिलालाई बाख्रा प्रदान गरेको छ । रुसेल आफैँले प्रतिमहिला दुई वटाका दरले बाख्रा वितरण गरेका हुन् । ती बाख्राबाट जन्मेकोमध्ये दुई वर्षपछि एउटा बाख्रा फिर्ता गरी पुनः अर्को समूह बनाइने संस्थाका नेपाल निर्देशक रवीन्द्र सिटौलाले जानकारी दिए । उनका अनुसार संस्थाले नेपालमा ५२ महिला समूह निर्माण गरी बाख्रा वितरण गरेको छ ।


प्रकाशित मिति: २८ पुष २०८१, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?