उमेश चाैहान रवीन्द्र मिश्रजी मिसन पत्रकारिता भन्नु भएकोमा साधुवाद। लोकतन्त्र मीडियाको मिसन हो, अभीष्ट नै हो । व्यावसायिक पत्रकारिता र नागरिकआवाज पनि लोकतन्त्रले मात्र सुनिश्चित गर्न सक्छ । लोकतान्त्रिक संबिधानअनुसार सक्रिय तपाईं र तपाईंको दलका थप विचारका लागि कान्तिपुरका प्लाटफर्म सदा खुला छन्।धन्यवाद । प्रिय उमेशजी (Chauhan Umesh), मैले Sanjay
रवीन्द्र मिश्र प्रिय उमेशजी (Chauhan Umesh), मैले Sanjay Silwal Gupta सँगको तपाईंको दुई घण्टाभन्दा लामो पडकास्ट पुरै सुने। कतिपय जवाफसँग स्वभाविक विमति भए पनि मलाई समग्रमा पडकास्ट असाध्यै मन पर्यो र तपाईंको तर्क शैली पनि मन नपर्ने कुरै भएन। राम्रो पडकास्टको श्रेय सञ्जयजीलाई पनि जान्छ। राजसंस्थासम्वन्धी एउटा अंशमा भने मेरा
काठमाडौँ । सरकारले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण स्वीकृत गरेको छ । बिहीवार बसेको मन्त्रीपरिषद्को बैठकले मंसिर १७ गतेदेखि हुन लागेको प्रधानमन्त्रीको चीन भ्रमण स्वीकृत गरेको हो । भ्रमण मंसिरको १७ देखि २० गतेसम्म हुनेछ । भ्रमणमा निजी क्षेत्रको ठूलो उपस्थिति रहेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले बताउनु भयो
काठमाडौँ । प्रतिपक्ष दल नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओली चीनसँगको बीआरआई (बेल्ट एण्ड रोड इनिसिएटिभ) परियोजना अघि बढाउने कुरामा डराउन नहुने टिप्पणी गरेका छन् । । सोमवार सिंहदरबारमा प्रधानमन्त्री ओलीले आफ्नो चीन भ्रमणबारे छलफल गर्न बोलाएको बैठकपछि सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने
काठमाडौँ । सभामुख देवराज घिमिरेले नेपालले शान्ति स्थापना र मेलमिलापको क्षेत्रमा हासिल गरेका उपलब्धि विश्वका लागि अनुकरणीय रहेको बताएका छन् । कम्बोडियाको राजधानी नोमपेन्हमा आयोजित सहिष्णुता र शान्तिका लागि अन्तर्राष्ट्रिय संसद् (आइपिटिपी) को ११औँ पूर्ण सत्रलाई आज सम्बोधन गर्दै सभामुख घिमिरेले भगवान् बुद्धको भूमि नेपालका तर्फबाट शान्ति, सहिष्णुताको सन्देश द्वन्द्व
तनहुँ । बन्दीपुर गाउँपालिका–४ मा अवलोकेश्वर बौद्ध गुम्बा निर्माण गरिएको छ । स्थानीय गणेशबहादुर गुरुङको सक्रियतामा उक्त गुम्बा निर्माण गरिएको हो । गुम्बा बनाउन उनले रु १० लाख पाँच सय ६५ सहयोग गरेका थिए । दुई दशकअघि सेवानिवृत्त सैनिक हवल्दार गुरुङले सामाजिक सेवा गर्न पाउँदा आफूलाई सन्तुष्टि मिल्ने बताए ।
गलकोट । भारतलाई चीनसँग जोड्ने छोटो मार्ग हो, कालीगण्डकी करिडोर । राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको करिडोर मुस्ताङको प्रसिद्ध मुक्तिनाथ मन्दिरलाई भगवान् गौतम बुद्धको जन्मस्थान लुम्बिनीसँग जोड्न सफल भएको छ । अहिले करिडोर भएर भारतका पर्यटक मुक्तिनाथ पुग्न थालेका छन् । भारतका पर्यटकलाई मुक्तिनाथ पुग्ने सबैभन्दा छोटो बाटो कालीगण्डी करिडोर
काठमाडौँ । गत दसैँदेखि प्रदर्शनमा आएका नेपाली चलचित्रले दर्शकको राम्रो साथ पाएका छन् । बेलाबखतमा उल्लेख्य शो सङ्ख्या नपाएको भन्दै चलचित्रको प्रदर्शन रोकिएता पनि गत दसैँदेखि प्रदर्शनमा आएका नेपाली चलचित्रले उल्लेख्य शो पाएका छन् । अहिले चलचित्र भवनमा स्वदेशी चलचित्रकै दबदबा देखिएको छ । गत तिहारलाई लक्षित गर्दै कत्तिक १५
काठमाडौँ । पशुअधिकार र भिगन जीवनशैलीबारे जानकारी दिने उद्देश्यले आज ‘नेपाल भिगन ग्यालरी’ कार्यक्रमको आयोजना गरिएको छ । काठमाडौँ एनिमल सेभको आयोजनामा कमलपोखरीस्थित सिटी सेन्टरमा आयोजित कार्यक्रममा पशु हिंसा रोक्न आह्वान गरिएका चित्र तथा भिगन फुडस्टल र साङ्गीतिक कार्यक्रम प्रस्तुत गरिएको एनिमल सेभकी शोभा भुजेलले जानकारी दिइन् । उनका अनुसार
काठमाडौं । काठमाडौं महानगरपालिकाले सत्ताको नेतृत्व गरिरहेको नेकपा एमालेलाई एक लाख रुपैयाँ जरिवाना गराएको छ । शुक्रबार दरबारमार्गमा जागरण सभाका क्रममा सडक तथा सडक पेटीमा जथाभावी फोहोर गरेको भन्दै महानगरपालिकाले एक लाख रुपैयाँ जरिवाना गरिएको व्यहोराको पत्र पठाएको छ ।