काठमाडौँ। विपक्षी दलहरुले सरकारले हिउँदे अधिवेशन बोलाउन ढिलो गरे विशेष अधिवेशनको माग गर्ने निर्णय गरेका छन् । सिंहदरबारमा बसेको ६ वटा विपक्षी दलहरुको बैठकले सरकारले नियमित संसद अधिवेशन नबोलाइ अध्यादेश ल्याउनुलाई स्वेच्छाचारीको संज्ञा दिएको हो । बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनले सरकारले संसद नबोलाइ
काठमाडौं । महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले भूकम्प प्रतिरोधात्मक संरचना निर्माणमा जोड दिनुपर्ने बताएकी छिन्। बुधवार काठमाडौंमा काठमाडौं महानगरपालिकाले आयोजना गरेको २७ औं भूकम्प सुरक्षा दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उपप्रमुख डंगोलले निर्माण गरिरहेका संरचनाहरु भूकम्प प्रतिरोधी छन् की छैनन् र पूर्वतयारी कस्तो छ भनेर अहिले मूल्यांकन गर्ने समय भएको बताइन्
काठमाडौँ । काठमाडौँको ठमेलबाट अपहरणमा परेका एकजना चिनियाँ नागरिक लाइ अपहरणमा संलग्न आरोपमा ३ जना भारतीय नागरिकलाई प्रहरीले मकवानपुरको भिमफेदीबाट पक्राउ गरेको छ । भारतीय नम्बर प्लेटको गाडीमा चिनियाँलाई राखेर लगेको खबर पाएपछि पछ्याएर आरोपीहरूलाई पक्राउ गरिएको तर, भारतीय नम्बरको गाडी नियन्त्रणमा लिए पनि चिनियाँ नागरिक फेला नपरेको प्रहरीले बताएको
काठमाडौँ । नेपाल उड, फर्निचर तथा होम टेक्सटायल अन्तर्राष्ट्रिय प्रदर्शनीको दशौँ संस्करण यही माघ ४, ५ र ६ गते हुने भएको छ । मिडिया स्पेस सोलुसन्स प्रालि फ्युचरेक्स ट्रेड फेयर एण्ड ईभेन्ट्स प्रा.लि. र इटीएसआइपीएलको संयुक्त आयोजनामा काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने भएको हो । मिडिया स्पेस सोलुसन्स प्रा.लि.का प्रवन्ध निर्देशक
काठमाडौँ। नेपाल कबड्डी लिग (एनकेएल) का अध्यक्ष अमित बेगानीले नेपालमा यसअघि भइरहेका फ्रेन्चाइज लिगले नयाँ खेलका व्यावसायिक लिग आयोजना गर्न राम्रो वातावरण सिर्जना गरेको बताएका छन् । आगामी शुक्रवारदेखि ६ वटा फ्रेन्चाइज टोलीले त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा एनकेएलको पहिलो संस्करण खेल्दैछन् । आयोजनाको संघारमा पुग्दा एनकेएलका अध्यक्ष
काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले मुलुकको नेतृत्व कम्युनिष्ट पार्टीका नेताले गरे पनि जनतामा सन्तुष्टि नभएको दाबी गरेका छन् । मंगलवार पिस्कर स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री नेपालले नेपालको राजनीतिमा पछिल्लो समय धेरै विकृति विसंगतिहरु आएको बताएका छन्
जनकपुर। मकर संक्रान्तिको अवसरमा आज जनकपुरधामका खिचडी भोजको आयोजना गरिएको छ । संस्कृति जोगाउने उद्देश्यका साथ जनकप्रधामका स्थानीय युवाहरुले जनकपुरधामको जानकी चोकमा खिचडी भोजको आयोजना गरेका हुन् । अंगराज सरको डिलमा विगत १ दशकभन्दा बढी समयदेखि खिचडी भोजको आयोजन हुँदै आएको छ । यसवर्ष मिथिला संस्कृति तथा सनातन धर्म अन्तर्गतको
काठमाडौँ। तनहुँको देवघाट धाममा मकर संक्रान्ति स्नान शुरु भएको छ । मगलवार बिहानै माघी स्नानको लागि भक्तजनहरुको देवघाटधाममा भीड रहेको छ । नारायणी नदीमा स्नान गरी फर्किनेहरुको भीड देख्न सकिन्छ । विभिन्न स्थानबाट मकर संक्रान्ती स्नानका लागि देवघाट पुगेका दर्शनार्थीहरु बिहानै देवघाटमा स्नान गरी फर्किन थालेका छन् । सोमवार नै
काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय उद्देश्य पूरा गर्न सबै एकजुट भएर अघि बढ्न आह्वान गरेका छन् । मंगलवार शितल निवासमा माघे संक्रान्तिको अवसमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै राष्ट्रपति रामचन्द्र पौडेलले परम्परागत रुपमा प्राचिन समयदेखि मनाइने साउने संक्रान्ति र माघी पर्वको विशेष महत्व रहेको बताउदै उनले साउने संक्रान्ति र माघे
काठमाडौँ। काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले फास्ट फुड तथा रेष्टुरेण्टहरुले गुणस्तरमा विशेष ध्यान दिन आवश्यक रहेको बताएकी छिन् । सोमवार काठमाडौंमा भएको फास्ट फुड एसोसिएसन नेपालको ८ औ राष्ट्रिय अधिवेशनमा बोल्दै उपप्रमुख डंगोलले व्यवसायीहरु पनि उपभोक्ता भएकाले फास्ट फुड तथा रेष्टुरेण्डहरुले गुणस्तरमा ध्यान दिन आवश्यक रहेको बताएकी छिन् । उनले