Trending
>>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित >>   ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे >>   एशियाली खेलकुद कबड्डीः नेपालले सुनिश्चित गर्‍यो काँस्य पदक, स्वर्णको लक्ष्यसहित उच्च मनोबल >>   वीपी राजमार्गको रोशी खोला डाइभर्सन बगेपछि यातायात अवरुद्ध, पहिरोले थप चुनौती >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधनपछि घरभित्रको गृहकार्य र दीर्घकालीन खाका अपरिहार्यः जलवायु वित्त विज्ञ राजु पण्डित क्षेत्री >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल >>   ‘घर जलिरहेको बेला मानिसलाई फारम भर्न लगाइँदैन, तत्काल उद्धार गरिन्छ, जलवायु न्यायको अर्थ यही हुनुपर्छ’:प्रधानमन्त्री… >>   कार्यालय समयमा तलबसंगै भत्ता लिने व्यवस्था हटाऔँ- अमरेश कुमार सिंह
Logo
९ आश्विन २०८३, शुक्रबार
९ आश्विन २०८३, शुक्रबार

अन्य व्यावसायिक लिगले राम्रो वातावरण सिर्जना गरेको छ– अध्यक्ष बेगानी


काठमाडौँ। नेपाल कबड्डी लिग (एनकेएल) का अध्यक्ष अमित बेगानीले नेपालमा यसअघि भइरहेका फ्रेन्चाइज लिगले नयाँ खेलका व्यावसायिक लिग आयोजना गर्न राम्रो वातावरण सिर्जना गरेको बताएका छन् ।
आगामी शुक्रवारदेखि ६ वटा फ्रेन्चाइज टोलीले त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा एनकेएलको पहिलो संस्करण खेल्दैछन् । आयोजनाको संघारमा पुग्दा एनकेएलका अध्यक्ष अमित बेगानीले नेपालमा पछिल्ला समय व्यावसायिक लिगले राम्रो गरिरहेको र यसलाई गर्दा नयाँ फ्रेन्चाइज लिगका लागि राम्रो वातावरण सिर्जना भएको बताएका हुन् ।

मंगलबार पत्रकार सम्मेल आयोजना गर्दै एनकेएलका अध्यक्ष बेगानीले एकपछि अर्को फ्रेन्चाइज लिग आउनुले नेपाली खेलाडीका लागि सुखद् पक्ष रहेको उल्लेख गरेका छन् । आजको दिनसम्म देशहरूबीच राम्रो सम्बन्ध सुधार गर्ने बलियो माध्यम खेलकुदको रहेको र यसलाई विकास गर्नुपर्ने अध्यक्ष बेगानीको भनाइ थियो ।

नेपालको व्यावसायिक घरनाले खेलकुदमा केही न केही योगदान गर्नुपर्ने औंल्याउँदा उनले आफू पनि त्यही उद्देश्यअनुरूप एनकेएल आयोजनाका लागि तयार भएको बताएका छन् । एनकेएलको पहिलो संस्करणमा विराटनगर ब्यान्डिट्स, जनकपुर नाइट्स, काठमान्डु माभरिक्स, पोखरा लेकर्स, हिमालयन रेइडर्स र धनगढी वाइल्डक्याट्सले एनकेएलमा प्रतिस्पर्धा गर्दैछन् । सबै फ्रेन्चाइज टोलीले विदेशी खेलाडी अनुबन्धित गरिसकेको छ । थाइल्यान्ड र बंगलादेशको समान ६, केन्या र श्रीलंकाको समान तीन गरी कुल १८ विदेशी तथा ६६ नेपाली खेलाडीले पहिलो संस्करणको एनकेएल खेल्दैछन् । एनकेएलका अध्यक्ष बेगानीले अन्य व्यवसाय गर्नु र खेलकुदमा लगानी गर्नु फरक चुनौती रहेको उल्लेख गरे ।

फ्रेन्चाइज लिग शुरु गर्दा सुरुआती क्षणमा धेरै मिहिनत गर्नुपर्ने र त्यसका लागि आफूहरूले धेरै काम गरेर राम्रो आधार तयार गरेको उनको भनाइ छ । एनकेएलको अर्को सिजनदेखि केही न केही सन्तुष्टी मिल्ने गरी तयारी भइरहेको उनले बताएका छन् । कुनैपनि क्षेत्रमा लगानी गर्दा केही समय धैर्यता गर्नुपर्ने र सोहीअनुरूप आफ्नो फ्रेन्चाइज टोली तयार भएर आएको उनको बुझाइ छ । उनले एउटा फ्रेन्चाइज टोलीले १२ देखि १५ लाग रुपैयाँ खेलाडीको ड्राफ्टमा खर्चिएको बताएका छन् । एनकेएलका लागि कबड्डीका उत्कृष्ट विदेशी खेलाडी भित्राएको उनले उल्लेख गरेका छन् ।

एनकेएलका अध्यक्ष अमित बेगानीले नेपालमा कबड्डी खेल लोकप्रिय नै रहेकाले यसको फ्रेन्चाइज लिग आयोजना गरेको बताए । उनले दक्षिण एसियाली राष्ट्रमा कबड्डी खेलको विकास राम्रो रहेको उल्लेख गरे । आफ्नो समयमा कबड्डी खेल नेपालकै राष्ट्रिय खेलको रूपमा चिनिएको उल्लेख गर्दै नेपालमा अहिले २०÷२५ हजार कबड्डीका खेलाडी रहेको उल्लेख गरे । यी खेलाडीले राम्रो खेलाडीलाई खेल्न पाउँदा उनीहरूको स्तर बढ्ने विश्वास व्यक्त गरेका छन् ।

नेपाल कबड्डी लिग (एनकेएल) को ड्राफ्टमा ८४ खेलाडी उल्लेख थियो । यहाँबाट नै खेलाडी टोलीमा आबद्ध भएका हुन् । सबै टोलीमा नेपाली खेलाडी मार्कीका रूपमा समावेश गरिएको छ । अन्य टोलीको मार्की खेलाडीमा विराटनगरमा कल्याण भुजेल, धनगढीमा पदमबहादुर विष्ट, हिमालयनमा गणेश पार्की, जनकपुरमा रामु टमाटा र पोखरामा प्रदीप मिजार छन् । सबै टोलीको प्रशिक्षक पनि तय भइसकेको छ । विराटनगरले लोकबहादुर विष्ट, जनकपुरले पार्वती राई, काठमाण्डुले सरोजकुमार सिंह, पोखराले विष्णुदत्त भट्ट र धनगढीले महेश बोहोरालाई प्रशिक्षक बनाएका छन् ।

बुटवलको हिमालयन रेइडर्सले दुई जना प्रशिक्षकका रूपमा सन्दीप पन्त र भारतका पोथुगान्ती सतीशकुमारलाई राखेको छ । जनकपुरकी प्रशिक्षक पार्वतीको प्रशिक्षणमा १९औं एशियाली खेलकुदमा नेपाली महिला टिमले काँस्य पदक जितेको थियो । भारतका सतीशकुमार प्रो कबड्डी लिगका पूर्वखेलाडी हुन् । प्रत्येक टिममा १४ खेलाडी छन् । हरेक टिमले कम्तीमा दुईदेखि ४ जनासम्म विदेशी खेलाडी लिएका छन् । एकै पटक दुई विदेशी खेलाडीले खेल्न पाउनेछन् ।


प्रकाशित मिति: २ माघ २०८१, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?