Trending
>>   प्राकृतिक प्रकोपले प्रधानमन्त्री ओलीको समृद्ध नेपाल र सुखी नेपालीको भिजन सफल हुन सकेको छैनः मन्त्री… >>   एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डको २२ औं संस्करण पोखरामा >>   सुख्खाग्रस्त मधेसमा सरकारको तत्कालीन योजनाः ५ सय डिप बोरिङ जडान गरिने >>   गत आर्थिक वर्षमा भौतिक पूर्वाधारको क्षेत्रमा उल्लेख्य प्रगतिः मन्त्री दाहाल >>   काँग्रेस—एमाले गठबन्धन सरकार ०८४ को निर्वाचनसम्मैः प्रधानमन्त्री ओली >>   नेपालका कम्युनिष्टहरुले आफूलाई लोकतान्त्रिक सिद्धान्तमा ढालिसकेः देउवा >>   विमलेन्द्र निधीको आरोपः कम्युनिष्टहरु संघीयतामा विश्वास गर्दैनन् >>   एमालेलाई भण्डारीले भनिन्ः मलाई पार्टी सदस्य हुनबाट वञ्चित गर्न कदापि मिल्दैन >>   नेपाललाई नेत्र उपचारको क्षेत्रीय केन्द्र बनाउने सरकारको लक्ष्यः मन्त्री पन्त >>   एमालेलाई पूर्वराष्ट्रपति भण्डारीले भनिन्ः यो परिपक्व निर्णय भएन
Logo
९ श्रावण २०८२, शुक्रबार
९ श्रावण २०८२, शुक्रबार

अन्य व्यावसायिक लिगले राम्रो वातावरण सिर्जना गरेको छ– अध्यक्ष बेगानी


काठमाडौँ। नेपाल कबड्डी लिग (एनकेएल) का अध्यक्ष अमित बेगानीले नेपालमा यसअघि भइरहेका फ्रेन्चाइज लिगले नयाँ खेलका व्यावसायिक लिग आयोजना गर्न राम्रो वातावरण सिर्जना गरेको बताएका छन् ।
आगामी शुक्रवारदेखि ६ वटा फ्रेन्चाइज टोलीले त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा एनकेएलको पहिलो संस्करण खेल्दैछन् । आयोजनाको संघारमा पुग्दा एनकेएलका अध्यक्ष अमित बेगानीले नेपालमा पछिल्ला समय व्यावसायिक लिगले राम्रो गरिरहेको र यसलाई गर्दा नयाँ फ्रेन्चाइज लिगका लागि राम्रो वातावरण सिर्जना भएको बताएका हुन् ।

मंगलबार पत्रकार सम्मेल आयोजना गर्दै एनकेएलका अध्यक्ष बेगानीले एकपछि अर्को फ्रेन्चाइज लिग आउनुले नेपाली खेलाडीका लागि सुखद् पक्ष रहेको उल्लेख गरेका छन् । आजको दिनसम्म देशहरूबीच राम्रो सम्बन्ध सुधार गर्ने बलियो माध्यम खेलकुदको रहेको र यसलाई विकास गर्नुपर्ने अध्यक्ष बेगानीको भनाइ थियो ।

नेपालको व्यावसायिक घरनाले खेलकुदमा केही न केही योगदान गर्नुपर्ने औंल्याउँदा उनले आफू पनि त्यही उद्देश्यअनुरूप एनकेएल आयोजनाका लागि तयार भएको बताएका छन् । एनकेएलको पहिलो संस्करणमा विराटनगर ब्यान्डिट्स, जनकपुर नाइट्स, काठमान्डु माभरिक्स, पोखरा लेकर्स, हिमालयन रेइडर्स र धनगढी वाइल्डक्याट्सले एनकेएलमा प्रतिस्पर्धा गर्दैछन् । सबै फ्रेन्चाइज टोलीले विदेशी खेलाडी अनुबन्धित गरिसकेको छ । थाइल्यान्ड र बंगलादेशको समान ६, केन्या र श्रीलंकाको समान तीन गरी कुल १८ विदेशी तथा ६६ नेपाली खेलाडीले पहिलो संस्करणको एनकेएल खेल्दैछन् । एनकेएलका अध्यक्ष बेगानीले अन्य व्यवसाय गर्नु र खेलकुदमा लगानी गर्नु फरक चुनौती रहेको उल्लेख गरे ।

फ्रेन्चाइज लिग शुरु गर्दा सुरुआती क्षणमा धेरै मिहिनत गर्नुपर्ने र त्यसका लागि आफूहरूले धेरै काम गरेर राम्रो आधार तयार गरेको उनको भनाइ छ । एनकेएलको अर्को सिजनदेखि केही न केही सन्तुष्टी मिल्ने गरी तयारी भइरहेको उनले बताएका छन् । कुनैपनि क्षेत्रमा लगानी गर्दा केही समय धैर्यता गर्नुपर्ने र सोहीअनुरूप आफ्नो फ्रेन्चाइज टोली तयार भएर आएको उनको बुझाइ छ । उनले एउटा फ्रेन्चाइज टोलीले १२ देखि १५ लाग रुपैयाँ खेलाडीको ड्राफ्टमा खर्चिएको बताएका छन् । एनकेएलका लागि कबड्डीका उत्कृष्ट विदेशी खेलाडी भित्राएको उनले उल्लेख गरेका छन् ।

एनकेएलका अध्यक्ष अमित बेगानीले नेपालमा कबड्डी खेल लोकप्रिय नै रहेकाले यसको फ्रेन्चाइज लिग आयोजना गरेको बताए । उनले दक्षिण एसियाली राष्ट्रमा कबड्डी खेलको विकास राम्रो रहेको उल्लेख गरे । आफ्नो समयमा कबड्डी खेल नेपालकै राष्ट्रिय खेलको रूपमा चिनिएको उल्लेख गर्दै नेपालमा अहिले २०÷२५ हजार कबड्डीका खेलाडी रहेको उल्लेख गरे । यी खेलाडीले राम्रो खेलाडीलाई खेल्न पाउँदा उनीहरूको स्तर बढ्ने विश्वास व्यक्त गरेका छन् ।

नेपाल कबड्डी लिग (एनकेएल) को ड्राफ्टमा ८४ खेलाडी उल्लेख थियो । यहाँबाट नै खेलाडी टोलीमा आबद्ध भएका हुन् । सबै टोलीमा नेपाली खेलाडी मार्कीका रूपमा समावेश गरिएको छ । अन्य टोलीको मार्की खेलाडीमा विराटनगरमा कल्याण भुजेल, धनगढीमा पदमबहादुर विष्ट, हिमालयनमा गणेश पार्की, जनकपुरमा रामु टमाटा र पोखरामा प्रदीप मिजार छन् । सबै टोलीको प्रशिक्षक पनि तय भइसकेको छ । विराटनगरले लोकबहादुर विष्ट, जनकपुरले पार्वती राई, काठमाण्डुले सरोजकुमार सिंह, पोखराले विष्णुदत्त भट्ट र धनगढीले महेश बोहोरालाई प्रशिक्षक बनाएका छन् ।

बुटवलको हिमालयन रेइडर्सले दुई जना प्रशिक्षकका रूपमा सन्दीप पन्त र भारतका पोथुगान्ती सतीशकुमारलाई राखेको छ । जनकपुरकी प्रशिक्षक पार्वतीको प्रशिक्षणमा १९औं एशियाली खेलकुदमा नेपाली महिला टिमले काँस्य पदक जितेको थियो । भारतका सतीशकुमार प्रो कबड्डी लिगका पूर्वखेलाडी हुन् । प्रत्येक टिममा १४ खेलाडी छन् । हरेक टिमले कम्तीमा दुईदेखि ४ जनासम्म विदेशी खेलाडी लिएका छन् । एकै पटक दुई विदेशी खेलाडीले खेल्न पाउनेछन् ।


प्रकाशित मिति: २ माघ २०८१, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?