काठमाडौँ। अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले युवा पुस्ताले गरेको क्रान्तिलाई सबैले स्वीकार गर्नुपर्ने बताएकी छिन् । जेन—जी आन्दोलनको एक महिना पुगेको स्मरणमा सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् । उनले युवाहरुले गरेको राजनीतिक क्रान्तिको भावनालाई सबैले आत्मसाथ गर्नुपर्ने बताइन्। क्रान्ति पछाडिको कारणलाई समेत गम्भीरताका साथ लिनुपर्ने बताइन् । युवाहरुको बलिदान
काठमाडौं । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वमन्त्री रमेश लेखकविरुद्ध परेको जाहेरी छानबिन आयोगले पुनः काठमाडौं प्रहरी परिसरमा फिर्ता पठाएको छ। आयोगले सार्वजनिक गरेको विवरणअनुसार, फौजदारी कसूरमा संलग्न जो कोहीमाथि नेपाल सरकारका संयन्त्रबाट तत्काल अनुसन्धान र कारवाही गर्न कानुनले नै अख्तियारी प्रदान गरेको भन्दै सो जाहेरी प्रहरीमै पठाइएको हो।
काठमाडौं । माइतीघरमा बिहीबार दिउँसो प्रदर्शनका क्रममा पक्राउ परेका अभियान्ता निकोलस भुसाललाई सुधार केन्द्र पठाइएको छ। काठमाडौं प्रहरीका अनुसार मेडिकल रिपोर्टमा निकोलसले लागूऔषध (गाँजा) सेवन गरेको पुष्टि भएपछि उनलाई उनका दाजुको जिम्मामा सुधार केन्द्र पठाइएको प्रहरीले जानकारी दिएको छ ।
काठमाडौं । सरकारले मापदण्डभन्दा बढी सुरक्षाकर्मी प्रयोग गरेको भन्दै पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’का सुरक्षाकर्मी फिर्ता गरेको छ। गृहमन्त्रीस्तरीय निर्णयअनुसार ओलीका २७ र प्रचण्डका ३४ जना सुरक्षाकर्मी हटाइएका हुन्।
काठमाडौँ। पछिल्ला दिनहरुमा सुनको भाउले हरेक दिन रेकर्ड तोड्दै गएको छ । अन्तर्राष्ट्रिय बजारमा मूल्यवृद्धि भएसँगै नेपाली बजारमा समेत निरन्तर उचाईतर्फ लागिरहेको सुनको मूल्य अझै रोकिने अवस्था छैन । यो साता लगातार उकालो लागिरहेको सुनको मूल्य बिहीवार पनि तोलामा १२ सय रूपैयाँले बढेर प्रतितोला २ लाख ३९ हजार २ सय
काठमाडौँ। नेपाली काँग्रेसले गत भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनको क्रममा भौतिक संरचनामाथि तोडफोड, आगजनी र लुटपाटमा संलग्नलाई कारबाही गर्न माग गरेको छ । बिहीवार पार्टी केन्द्रिय कार्यालय सानेपामा बसेको पार्टी पदाधिकारी र पूर्वपदाधिकारीको बैठकले यस्तो माग राखेको प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिएका छन् । बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा
काठमाडौँ। भूमि समस्या समाधान आयोग खारेज भएको छ । बिहीवार अपरान्ह सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा बसेको मन्त्रीपरिषद् बैठकले सो आयोग खारेज गर्ने निर्णय गरेको हो । सबै जिल्लाका जिल्ला समितिहरुसहित सो आयोग खारेज गर्ने निर्णय गरिएको सरकारका प्रवक्ता समेत रहनुभएका सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेलले जानकारी दिएका छन्
काठमाडौँ। नेकपा (एमाले)का अध्यक्ष एवं निःवर्तमान प्रधाननमन्त्री केपी शर्मा ओलीले संसद पुनःस्थापनाको माग गरेर अघि बढ्नुको विकल्प नरहेको बताएका छन् । नेकपा (एमाले) भक्तपुर जिल्ला कमिटीले बिहीवार गुण्डुमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले मुलुकलाई सही बाटोमा फर्काउनका लागि तत्काल विघटन गरिएको संसद फिर्ता गर्ने मागलाई लिएर अगाडि बढ्नुको विकल्प
काठमाडौँ। नेकपा (एमाले)का अध्यक्ष एवं निःवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार नेपालीको प्रतिनिधि नभएको आरोप लगाएका छन् । नेकपा (एमाले) भक्तपुर जिल्ला कमिटीले बिहीवार गुण्डुमा आयोजना गरेको भेटघाट कार्यक्रममा बोल्दै उनले वर्तमान सरकार कसैले नछानेको हुनाले यसले नेपालीको प्रतिनिधित्व गर्न नसक्ने ओलीको तर्क गरेका छन् । उनले सरकारले आफूलाई
काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्यालले सुरक्षा निकायका प्रमुखहरुसँग छलफल गरेका छन् । बिहीवार सिंहदरबारस्थित मन्त्रालयमा तीन वटै सुरक्षा निकायहरुसँग छलफल गरेका हुन् । छलफलमा नेपाल प्रहरीका प्रमुख प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङ, सशस्त्र प्रहरी बल, नेपालका प्रमुख सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल र नेपाली सेनाका प्रतिनिधिहरुसँग छलफल गरेका छन् । पछिल्लो राजनीतिक