काठमाडौँ । सरकारले शनिबार–आइतबार दुई दिन बिदा लागू भएपछि अन्य सार्वजनिक बिदाको पुनरावलोकन गर्न कार्यदल गठन गर्ने निर्णय गरेको छ ।
गृह मन्त्रालयको सहसचिवको संयोजकत्वमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र अर्थ मन्त्रालयको प्रतिनिधि रहने गरी कार्यदल गठन गर्ने निर्णय भए संगै उक्त कार्यदलले हाल कायम सार्वजनिक बिदाको अध्ययन गरी १५ दिनभित्र गृह मन्त्रालयमा प्रतिवेदन बुझाउनेछ।
प्रकाशित मिति: ४ श्रावण २०८३, सोमबार