Trending
>>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री
Logo
५ कार्तिक २०८३, बुधबार
५ कार्तिक २०८३, बुधबार

नीतिगत स्पष्टता भएपनि काँग्रेसले समयको नेतृत्व गर्न सकेन : भीष्मराज आङ्देम्बे


नीतिगत स्पष्टता भएपनि काँग्रेसले समयको नेतृत्व गर्न सकेन : भीष्मराज आङ्देम्बे

काठमाडौं। नेपाली काँग्रेस प्रतिनिधि सभा संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले पार्टी नीतिगत स्पष्ट भएर मात्र समग्रतामा समयको नेतृत्व गर्न नसक्ने बताएका छन् ।

मंगलवार काठमाडौंमा पार्टीका महामन्त्री गुरु घिमिरेद्वारा लिखित पुस्तक बुद्ध, वीपी र आजका नेता र लिलिपुटका लघुमानव विमोचन समारोहलाई सम्बोधन गर्दै उनले पार्टीले नीतिसँगै व्यवहारिक कार्यशैलीमा सुधार गर्न सकेमात्र बदलिँदो समयको नेतृत्व गर्नसक्ने कुराको प्रमाण आजको पार्टी भएको बताउदै मुलुक र नागरिकको समस्या समाधानमा पार्टीको नीति केन्द्रित हुनुपर्नेमा जोड दिएका छन् । उनले मुलुलको वर्तमान राजनीति अपेक्षाकृत ढंगले अघि बढ्न नसकेकोप्रति चिन्ता पनि व्यक्त गरेका छन् ।

उनले भने, ‘नेपाली काँग्रेस नीतिगत रुपमा स्पष्ट पार्टी हो, त्यसमा कुनै शंका छैन । हामी त्यही स्पष्ट नीति बोकेको पार्टीका कार्यकर्ता हौँ । हाम्रा सारथिहरु आदरणीय हुनुहुन्थ्यो । तर नीतिगत स्पष्टता बोकेको पार्टीले मात्रै समग्रतामा सम्पूर्ण समयको नेतृत्व गर्न नसक्दो रहेछ भन्ने कुराको प्रमाण आजको पार्टी पनि हो । त्यसैले नीतिगत स्पष्टता सँगसँगै व्यवहारमा देखिने गरी आफूलाई प्रश्तुत गराउनसक्ने पार्टी र नेतृत्व पनि हो । त्यसकारण हामीले समयको पदचापलाई बुझेर पार्टीलाई नीतिगत स्पष्टता दिएर मात्र होइन व्यवहारिक रुपमा थप स्पष्टता दिँदै कार्यकर्तालाई विश्वासको चाङमाथि उभ्याएर अगाडि बढाउनसक्ने क्षमाता पनि हामीेले बोक्न सक्नुपर्छ ।’

उनले वर्तमान राजनीति बाँचुञ्जेलसम्म ऋण काढेरै भएपनि घ्यू भातै खाउँ भन्ने तरिकाले चलिरहेको टिप्पणी गरेका छन् ।


प्रकाशित मिति: ५ श्रावण २०८३, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?