Trending
>>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री
Logo
६ कार्तिक २०८३, बिहीबार
६ कार्तिक २०८३, बिहीबार

राजनीतिमा व्याप्त विकृति र जनअसन्तुष्टि सम्बोधन नगरिए विस्फोट हुनसक्छः गगन थापा


राजनीतिमा व्याप्त विकृति र जनअसन्तुष्टि सम्बोधन नगरिए विस्फोट हुनसक्छः गगन थापा

काठमाडौं। नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले मुलुकको राजनीतिमा बढ्दो विकृति र त्यसबाट उत्पन्न नागरिक असन्तुष्टिलाई समयमै सम्बोधन गर्न नसके त्यसले विस्फोटको रूप लिनसक्ने चेतावनी दिएका छन् ।

मंगलवार काठमाडौंमा पार्टीका महामन्त्री गुरु घिमिरेद्वारा लिखित पुस्तक बुद्ध, वीपी र आजका नेता र लिलिपुटका लघुमानव विमोचन समारोहलाई सम्बोधन गर्दै उनले राजनीतिक प्रणालीप्रति बढ्दो जनअसन्तुष्टिलाई सबैले गम्भीर रुपमा लिनुपर्ने बताएका छन् । राजनीतिमा देखिएको विकृतिका कारण नागरिकमा बढ्दो निराशा चिर्न नेपाली काँग्रेस स्वयं अग्रसर हुनुपर्ने उनको भनाइ छ । सभापति थापाले गुरु घिमिरेका लेख र पुस्तकहरूले नागरिकको वास्तविक भावना र काँग्रेसमा तत्कालीन समयमा उठेको पार्टी रूपान्तरणको आवश्यकता उल्लेख गरिउको बताएका छन् ।

उनले भने , ‘राजनीतिमा चरम विकृति छ र त्यो विकृतिले गर्दा नागरिकमा चरम असन्तुष्टि आइरहेको छ । त्यो असन्तुष्टिलाई समयमा नै सम्बोधन गरिएन भने विस्फोट हुन्छ । र यसलाई सम्बोधन गर्ने काम अन्य दलको मतलव भएन । हाम्रो पार्टी नेपाली काँग्रेसले गर्नुपर्छ । किनभने हामी यो पार्टीभित्र छौँ । गुरु घिमिले लेखेको सबै लेखहरु पनि सबै यही विषयको वरिपरि घुम्छ । विगतमा उहाँले नेपाली काँग्रेसको रुपान्तनरणको विषयमा लेख्नुभयो । उहाँले विगतमा ‘नेपाली काँग्रेसका युवाको उद्घोषः कि भिडौँ, कि छाडौँ’ । उहाँले जति पनि लेख्नुभयो तल्लो तहमा नागरिकले के महशुस रिरहनुभएको छ भन्ने कुरा बुझ्नुभएको थियो ।’

उनले नागरिक तहसम्म पुग्दै नागरिकका समस्या समाधान गर्ने कुरामा अग्रसर हुन पार्टी कार्यकर्तालाई निर्देशन पनि दिएका छन् ।


प्रकाशित मिति: ५ श्रावण २०८३, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?