काठमाडौँ।नेपाल र चीन जोड्ने कोदारी नाकालाई थप सहज र प्रभावकारी रूपमा सञ्चालन गर्ने उद्देश्यले नेपाल सरकारको उच्चस्तरीय प्रतिनिधि मण्डलले स्थलगत निरीक्षण एवं संयुक्त अनुगमन गरेको छ । परराष्ट्र मन्त्रालयका सहसचिवको नेतृत्वमा गएको टोलीले चिनियाँ पक्षसँग छलफल गर्दै सीमा क्षेत्रमा देखिएका समस्या र राजमार्गको अवस्थाका बारेमा ध्यानाकर्षण गराएको हो । परराष्ट्र
काठमाडौँ।सांसदहरुले ‘केही नेपाल ऐनका व्यवस्था जगाउने विधेयक, २०८३’ मा मिश्रित प्रतिक्रिया दिएका छन् । प्रतिनिधि सभाको मंगलवारको बैठकमा ‘केही नेपाल ऐनका व्यवस्था जगाउने विधेयक, २०८३’ माथि विचार गरियोस् भन्ने प्रश्तावमाथि छलफल भएको हो । ८५ वटा ऐनलाई समेट्ने गरी ल्याइएको यस विधेयकमाथि धारणा राख्दै सांसदहरूले कानूनी स्थायित्व र नागरिक अधिकारको
काठमाडौँ।होटल संघ नेपालका अध्यक्ष विनायक शाहले नेपाल भ्रमणको लागि सुरक्षित रहेको सन्देश तत्काल विश्वभर फैलाउन आवश्यक रहेको बताएका छन् । भोटेकोशी बाढीले नेपालको पर्यटकीय क्षेत्रमा नकरात्मक असर व्यहोनुपरेकोले त्यसको पुनरुत्थानका लागि तत्काल प्रवद्र्धन अभियान सञ्चालन गर्नुपर्ने बताएका छन् । कुराकानीमा उनले नेपाल भ्रमणको लागि सुरक्षित रहेको सन्देश विश्वभर फैलाउन आवश्यक
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लक्षित गर्दै युवा नेता भुवन भट्टले केन्द्रीय सदस्य (युवा तर्फ) पदमा उम्मेदवारी घोषणा गरेका छन्। कांग्रेस सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेलधुराबाट राजनीतिक गतिविधिमा सक्रिय रहेका भट्टले युवाको सहभागिता, पार्टी संगठनको सुदृढीकरण तथा समसामयिक राष्ट्रिय मुद्दालाई आफ्नो प्राथमिकतामा राख्दै उम्मेदवारी घोषणा गरेका हुन्। उम्मेदवारी घोषणा
काठमाडौँ। नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहालले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई बिना कारण पक्राउ गरिएको भन्दै आपत्ति जनाएका छन् । सोमवार सिंहदरबारस्थित संसद भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले बिनाकारण विशिष्ट व्यक्तिहरूलाई पक्राउ गर्ने दुःशाहस गरिराखे सरकारले धेरै ठूलो मूल्य चुकाउनुपर्ने बताएका हुन् । उनले पूर्वप्रधानन्यायाधीश शम्शेरलाई पक्राउ
काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको झन्डै तीन वर्षपछि नियमित अन्तर्राष्ट्रिय व्यावसायिक उडानको सम्भावना बलियो बनेको छ । फ्लाई दुबईको जहाज पोखरामा अवतरण गरेसँगै पोखराका पर्यटन व्यवसायीहरूमा पुनः आशाको किरण देखिएको हो । जसले लामो समयदेखिको व्यावसायिक शुन्यता अन्त्य हुने अपेक्षा जगाएको छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन भएयता
काठमाडौँ।राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणले वर्षा रोकिएपछि पनि पहिरोको जोखिम कायमै रहने जनाएको छ । प्राधिकरणकी प्रवक्ता शान्ति महतले पहिरोको जोखिम अझै केही दिन नरहने भएकोले शर्तकताए अपनाउनुपर्ने बताएकी छिन् । उनका अनुसार हाल मुख्य जोखिम नदीको बहाव बढेर हुने कटान र पहिरो हो । लगातारको वर्षाका कारण
काठमाडौँ।अविरल वर्षाका कारण ठाउँ–ठाउँमा पहिरो खसेर अवरुद्ध बनेको पृथ्वी राजमार्ग अन्तर्गत मलेखु–मुग्लिङ सडक खण्ड खुलाउन १० वटा हेभी इक्विपमेन्ट (डोजर तथा एक्साभेटर) परिचालन गरिएको छ । विपद् व्यवस्थापन टोली तथा सडक डिभिजन कार्यालयको समन्वयमा लेदो र ढुङ्गा–माटो पन्छाएर अवरुद्ध यातायात पुनः सञ्चालन गर्न युद्धस्तरमा कार्य भइरहेको हो । लगातारको भारी
काठमाडौँ। अविरल वर्षाका कारण आएको बाढी र पहिरोले गण्डकी प्रदेशुसहित देशभरको जनजीवन पूर्ण रूपमा प्रभावित बनेको छ । बाढीले स्याङ्जा र गुल्मीलाई जोड्ने पक्की पुल बगाएको छ भने प्रदेशका अधिकांश प्रमुख राजमार्ग तथा सडक खण्डहरू अवरुद्ध भएका छन् । निरन्तरको वर्षाले प्रमुख नदीहरूमा जलसतह खतराको तह पार गरेपछि तटीय क्षेत्रमा
काठमाडौं । नेपालीको पूर्वी क्षेत्रमा मौसम क्रमशः सुधार हुँदै गएपनि पश्चिम नेपालतर्फ भने प्रभाव कायमै रहेको छ । मौसम विज्ञान विभागकाअनुसार आईतवारसम्म पश्चिम नेपालमा भारी वर्षाको सम्भावना कायम नै रहेको छ । पश्चिमी भूभागतर्फ भारी वर्षाको सम्भावना रहेकाले मौसमविद्ले सर्वसाधारणलाई अनावश्यक यात्रा नगर्न आग्रह गरेका छन् । नेपाल मौसम विज्ञान