Trending
>>   विपद् जोखिम न्युनिकरणका लागि पूर्वसूचना सबैको पहुँचमा पुग्नुपर्छः सरोकारवाला >>   मान्छे कर्मले सधैँ अमर रहन्छः सञ्चारमन्त्री खरेल >>   २५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक >>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा >>   दलहरूमार्फत निर्वाचनको सन्देश तल्लो तहसम्म पुर्‍याउन संवाद थालेका छौँः मन्त्री सिन्हा >>   आइसिसी महिला टी ट्वान्टी विश्वकपमा छनोट हुन्छौंः हर्षल पाठक >>   अध्यादेशमार्फत समानुपातिक प्रतिनिधित्व हटाइएको भन्दै अपाङ्गता भएका व्यक्तिहरूको संघ–संस्थाद्वारा विरोध
Logo
९ पुष २०८२, बुधबार
९ पुष २०८२, बुधबार

मुख्य समाचार


आजै मन्त्री नपठाउने जसपाको निर्णय

काठमाडौं। जनता समाजवादी पार्टी (जसपा) ले आजै सरकारमा मन्त्री नपठाउने भएको छ । उक्त पार्टीमा छलफल गर्न बाँकी रहेकोले आजै मन्त्रीको नाम दिने अवस्था नरहेको एक नेताले जानकारी दिएका छन् । माओवादी केन्द्र, नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीबाट एक-एक जना मन्त्रीको शपथ भने आजै हुँदै छ ।

सरकारमा सहभागी हुन जनमतलाई अध्यक्ष ओलीको निम्तो

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनमत पार्टीका अध्यक्ष डा. सीके राउतलाई नयाँ गठबन्धन सरकारमा सहभागी हुन निम्तो दिएका छन् । उनले सोमवार बिहान ओली निवास बालकोट पुगेका राउतलाई ओलीले सरकारमा आउन निम्तो दिएका हुन् । त्यस्तै, ओलीको प्रस्तावमा तत्काल कुनै जवाफ भने नदिएको राउतले बताए । उक्त पार्टीको

कांग्रेसले बोलायो कार्यसम्पादन समिति बैठक

काठमाडौं। नेपाली कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक मंगलबार बस्ने भएको छ । बदलिएको राजनीतिक परिस्थितिको विश्लेषण गरी पार्टीको धारणा तय गर्न बैठक बस्न लागेको हो । मंगलबार दिउसो ३ बजे पार्टी कार्यालय सानेपामा बैठक बस्ने जनाइएको छ ।

नाउपा नयाँ बन्ने गठबन्धनमा जान्छ:  रेशम चौधरी

काठमाडौं। नागरिक उन्मुक्ति पार्टी (नाउपा) नयाँ बन्ने सत्ता गठबन्धनमा सामेल हुने भएको छ । सोमबार बालुवाटार बैठकमा सहभागी भएपछि नाउपाका अध्यक्ष रेशम चौधरीले आफूहरु नयाँ सरकारमा जान सकारात्मक रहेको बताएका छन् । उनले भने, ‘नयाँ गठबन्धन जोडिने प्रयत्न हुँदै छ । कुन-कुन दललाई गठबन्धनमा सामेल गराउने भन्ने विषयमा एक्ला एक्लै

नेकपा एसलाई पनि नयाँ गठबन्धनमा राख्ने माओवादीको निर्णय

काठमाडौं। नेकपा माओवादी केन्द्रले नेकपा एमालेबाट फुटेर बनेको नेकपा एकीकृत समाजवादीलाई नयाँ गठबन्धनमा राख्ने निर्णय गरेको छ । त्यसैगरी, आज बसेको बैठकपछि सचिव देवेन्द्र पौडेलले वामपन्थी एकताका लागि नेकपा एसलाई पनि समेट्ने निर्णय भएको बताएका हुन् । वामपन्थी एकताको जनअपेक्षा रहेको भन्दै एसलाई बाहिर राख्नु नहुने वकालत पार्टीले गरेको हो

फेरि वामपन्थी एकताको अध्याय सुरु भयो:  ‘प्रचण्ड’

काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले फेरि वामपन्थी एकताको नयाँ अध्यायको सुरुवात भएको बताएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पदाधिकारी बैठकमा ब्रिफिङ उनले यस्तो ब्रिफिङ गरेका हुन् । प्रधानमन्त्रीले हिजोको गल्ती स्वीकार गर्दै फेरि वामपन्थी एकता गर्ने बिन्दुमा आइपुगेको दाबी गरेका छन् । सो बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा

प्रचण्डकै नेतृत्वमा एमाले, रास्वपासहितको गठबन्धन सरकार बन्दै

काठमाडौं। माओवादी केन्द्रकै नेतृत्वमा बनेको नयाँ गठबन्धनले सबै दलका नेताको प्रतिनिधित्व रहने गरी सानो मन्त्री मण्डल गठन गर्ने सहमति गरेको छ । प्रतिनिधि सभामा एमालेका ७९, माओवादी केन्द्रका ३२ र रास्वपाका २१ जना सांसद छन् । सरकार बनाउन तीन दलको संख्या पर्याप्त छ । सरकार निर्माणका लागि १३८ जना सांसद

नयाँ गठबन्धनबारे निर्णय गर्न एकीकृत समाजवादीको बैठक बस्दै

काठमाडौं। नेकपा एकीकृत समाजवादीले आज सचिवालय बैठक बोलाएको छ। बदलिएको राजनीतिक परिस्थितिबारे छलफल गर्न दिउसो तीन बजे बैठक बस्न लागेको हो। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्ता समीकरणमा फेरबदल गरेसँग नेकपा एस कुन ध्रुव हुन्छ भन्ने स्पष्ट भइसकेको छैन । माओवादी बैठकले आज नेकपा एसलाई पनि नयाँ समीकरणमा समेट्ने निर्णय लिएको

एमालेबाट पदम गिरी सरकारमा जाने

काठमाडौं। नेकपा एमालेबाट पदम गिरी मन्त्री बन्ने भएका छन् । बालकोटमा बसेको एमाले सचिवालय बैठकले गिरीलाई सरकारमा पठाउने निर्णय गरेको हो । एमालेका प्रमुख सचेतक गिरी यसअघि पनि स्वास्थ्यमन्त्री बनेका थिए । सरकारमा रास्वपा र राप्रपा पनि सहभागी हुने सहमति भएको छ । आइतबार राति प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको

शान्ति प्रक्रिया चाडै टुङ्गोमा पुग्ने छः मन्त्री शर्मा

दाङ। सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले शान्ति प्रक्रिया चाडै टुङ्गोमा पुग्ने बताएकी छन् । माओवादी केन्द्र दाङको घोराही नगर समितिले आयोजना गरेको कार्यक्रममा नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्यसमेत रहेकी मन्त्री शर्माले शान्ति प्रक्रियालाई जसरी पनि टुङ्गोमा पुर्‍याउने बताएकी छन् । अहिलेको मुख्य कार्यभार शान्ति प्रक्रियाको बाँकी काम

सम्वन्धित समाचारहरु