Trending
>>   प्रतिनिधिसभा निर्वाचनको पछिल्लो परिणाम : प्रत्यक्षमा रास्वपाको भारी जित, समानुपातिकमा पनि अग्रता >>   राष्ट्रिय सभा खारेज गर्ने विषयमा पनि छलफल गर्न सकिन्छः रामकुमारी झाँक्री >>   राष्ट्रिय लिगमा शिर्ष स्थानको एपिएफ बराबरीमा रोकियो >>   नवनिर्वाचित राष्ट्रिय सभा सदस्यहरू को कस्ता ? >>   ४ मध्ये २ यातायात व्यवसायीले प्रतिनिधि सभा निर्वाचन जिते >>   इरानमाथिको अमेरिकी–इजरायली आक्रमणविरुद्ध वासिङ्टनमा प्रदर्शन >>   खर्बपति उद्योगीदेखि मुलुकको ढुकुटी चलाएका पूर्वअर्थमन्त्रीसम्मै पराजित >>   धुवाँ र धुलोको कचौरामा काठमाडौंः सास फेर्नै सकस (फोटो फिचर) >>   अब बन्ने सरकारसँग सहकार्य गर्न निजी क्षेत्र आतुर >>   महिलामाथि हुने विभेद राज्यको माथिल्लो तहसम्मै छः पूर्वमुख्यसचिव गड्तौला
Logo
२६ फाल्गुन २०८२, मंगलवार
२६ फाल्गुन २०८२, मंगलवार

जात्रापर्व, गायन, वादनजस्ता परम्परागत संस्कृति चलाउने परम्परागत १३३ वटा खलः, पुचलाई आर्थिक अनुदान


काठमाडौँ । परम्परागत सांस्कृतिक क्रियाकलाप सञ्चालन गरेर महानगरपालिकाभित्रका अमूर्त सम्पदा संरक्षणमा योगदान गर्ने गुथि, खलः पुच गरेर १३३ वटा समूहलाई काठमाडौँ महानगरपालिकाले आर्थिक अनुदान प्रदान गरेको छ । आज राष्ट्रिय सभा गृहमा आयोजना गरिएको कार्यक्रममा हरेक समूहलाई २ लाख रुपैयाँका दरले अनुदान रकम उपलब्ध गराइएको हो ।

यसरी सहयोग प्राप्त गर्नेहरुमा गुँला बाजं संरक्षण तथा व्यवस्थापन संघमा आवद्ध २३ वटा धा बाजाका गुथि खल, ज्यापू महागुथिमा आवद्ध ६३ वटा टोल, नेपाल खड्गी सेवा समितिमा आवद्ध ४७ टोल रहेका छन् ।

कार्यक्रममा महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले, अनुदान रकमको चेक प्रदान गर्नुभएको थियो । कार्यक्रमको पूरा भिडियो यहाँ हेर्न सकिन्छ । यस्तै १० जना बाजा गुरुहरुलाई जनही ३० हजार रुपैयाँ नगदसहित सम्मान गरिएको थियो ।

निजी घरलाई मौलिक स्वरुपमा निर्माण प्रोत्साहन गर्न ‘घ’ वर्गको भवन निर्माण गर्ने झोछेँ निवासी उत्तमकुमार शाहीलाई १० लाख रुपैयाँ र ‘ग’ वर्गको निजी भवन निर्माण गर्न प्रोत्साहनका लागि वडा नं. २७ भोटाहिटी दवु बहाका प्रमिला देवी बज्राचार्य र लुज बज्राचार्यलाई १६ लाख रुपैयाँ प्रोत्साहन रकम उपलब्ध गराइएको छ ।


प्रकाशित मिति: ३ जेष्ठ २०८१, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?