Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१८ माघ २०८२, आईतवार
१८ माघ २०८२, आईतवार

मुख्य समाचार


वंशको शासन फर्काउन कुचेष्टा गर्नेले ठूलो मूल्य चुकाउनुपर्छः अध्यक्ष नेपाल

काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले देशमा वंशको शासन फर्काउन खोज्नेहरुले ठूलो मूल्य चुकाउनुपर्ने बताएका छन् । शुक्रवार काठमाडौंको भृकुटीमण्डपमा समाजवादी मोर्चाले आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै उनले सार्वभौमसत्ता सम्पन्न नेपाली जनताले फेरि राजतन्त्र स्वीकार नगर्ने बताए । २४० वर्षको शाह वंशको शासन र १०४ वर्षको राणा शासनले

राजवादीलक्षित महासचिव चन्दको टिप्पणीः जनतालाई प्रभुहरुको खाँचो छैन

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्दले राजावादीहरुलाई लक्षित गर्दै नेपाली जनतालाई प्रभुहरुको खाँचो नभएको टिप्पणी गरेका छन्। समाजवादी मोर्चाले गणतन्त्रको पक्षमा शुक्रवार काठमाडौं गरेको बृहत आमसभालाई सम्बोधन गर्दै उनले केही तत्वहरु गणतन्त्र उल्ट्याउने प्रयासमा रहेको भन्दै जनतालाई प्रभुहरुको खाँचो नभएको टिप्पणी गरेका छन् । उनले सामन्तवादी वन्धन,

गणतन्त्रवादीहरुले जनअपेक्षाअनुसार काम गर्न नसकेकै कारण प्रतिगामी तत्व सल्बलाएः अध्यक्ष दाहाल

काठमाडौँ। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले गणतन्त्रवादीहरुले जनताको अपेक्षाअनुसार काम गर्न नसकेकै कारण इतिहासको कुडाकर्कटमा मिल्काइएका तत्वहरु टाउको उठाउने दुःशाहस गरेको भन्दै आत्मआलोचना गरेका छन् । समाजवादी मोर्चाले गणतन्त्रको पक्षमा शुक्रवार काठमाडौं गरेको आमसभालाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री समेत रहनुभएका अध्यक्ष दालालले जनचाहानाअनुसार काम गर्न नसकेकै कारण प्रतिगामी तत्वहरु सक्रिय

राजावादी र समाजवादी मोर्चाको जनप्रदर्शनः सुरक्षा शतर्कता बढाइयो

काठमाडौं। आज राजतन्त्रवादी र समाजवादी मोर्चाले फरक—फरक प्रदर्शन गर्दैछन् । दिउँसोबाट काठमाडौंको तीनकुनेमा राजावादीहरुले र भृकुटीमण्डपमा नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी र महिन्द्र राय यादव नेतृत्वको नेपाल समाजवादी पार्टीले प्रदर्शन गर्न लागेका हुन् । दुवैले एक अर्काबिरुद्ध प्रदर्शन गर्न लागेका छन् । आन्दोलनका

पूर्वराजा शाहलाई देउवाको आग्रहः आश नगरे हुन्छ, अब गणतन्त्र हट्दैन

काठमाडौँ। नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पूर्वराजा ज्ञानेन्द्र शाहप्रति लक्षित गर्दै रहर गरेर राजतन्त्र पुनःस्थापित नहुने बताएका छन् । पार्टी केन्द्रिय कार्यालयमा पार्टीको मानव अधिकार विभागले आयोजना गरेको कार्यक्रमलाई बिहीवार सम्बोधन गर्दै उनले विपी कोईराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोईराला लगायतका धेरै नेपालीहरुले लडेर नेपालमा लोकतान्त्रिक गणतन्त्र स्थापना गरेको

सांसद सुदन किराँतीको आरोपः प्रधानमन्त्री हिन्दु गणतन्त्रको पक्षमा हुनुहुन्छ

काठमाडौँ। नेकपा (माओवादी केन्द्र) का सांसद सुदन किराँतीले प्रधानमन्त्री केपी शर्मा ओली हिन्दु गणतन्त्रको पक्षमा रहनुभएको आरोप लगाएका छन् । संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले प्रधानमन्त्री ओलीले विगतमा पनि गणतन्त्रको आन्दोलन चलिराख्दा गणतन्त्र नेपालमा सम्भव छैन भन्नुभएको र संघीय लोकतान्त्रिक गणतन्त्रलाई संविधानमा लिपिवद्ध गर्दा पनि हावाहुरीको कारणले हो,

प्रतिपक्षीले संसद अवरुद्ध पारेर मुलुकलाई कानून विहिनतामा धकेल्न खोज्योः प्रधानमन्त्री

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिपक्षी दलहरुले प्रतिस्थापन विधेयक पास हुन नदिनको लागि सदन अवरुद्ध पारेको बताएका छन् । बिहीवार आठौँ अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेलालाई सम्बोधन गर्दै प्रधानमन्त्रीले प्रतिपक्षले अनावश्यक ‘ननइस्यु’लाई ‘इस्यु’ बनाएर सदन अवरुद्ध पारिएको बताउदै उनले  सरकारले ल्याएका प्रतिस्थापन विधेयकहरु यही चैत १८ गते भित्र राष्ट्रपतिबाट हस्ताक्षर

न्यायमा राजनीति नगर्न राजनीतिक दलहरुसँग पूर्वप्रधानन्यायाधीश श्रेष्ठको आग्रह

काठमाडौँ । पूर्वप्रधानन्यायाधीश कल्याणकुमार श्रेष्ठले न्यायमा राजनीति नगर्न राजनीतिक दलहरुसँग आग्रह गरेका छन् । बिहीवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले संक्रमणकालीन न्यायमा अहिलेसम्म राजनीतिले आरोहण गरिरहेको र न्याय सुस्ताएको जिकिर गरेका छन् । उनले यसमा व्यापक परिवर्तन हुन जरुरी रहेको बताउदै आयोग गठन र एउटा ऐन संशोधन गर्ने

लोकतन्त्रले प्रत्येक नागरिकलाई राजा बनाउने अधिकार दिएको छ : दुर्लभ थापा

काठमाडौँ। नेपाली काँग्रेसका सांसद दुर्लभ थापाले लोकतन्त्रले सबै नागरिकलाई राजा बनाउने अधिकार दिएको उल्लेख गर्दै मुलुकमा कुनै राजा र रानीको आवश्यकता नरहेको टिप्पणी गरेका छन् । बिहीवार भक्तपुरको मध्यपुर थिमि नगरपालिकाको २९ औँ स्थापना दिवसको अवसरमा आयोजिक कार्यक्रमलाई सम्बोधन गर्दै सांसद थापाले यस्तो टिप्पणी गरेका छन् । उनले जनचाहानाअनुसार नेतृत्व

आलोचनालाई स्वागत गर्छु तर समाज नबिथोल्नुहोस् : प्रधानमन्त्री

काठमाडौँ। प्रधानमन्त्री ओलीले सुशासनका लागि सरकार दत्तचित्त भएर लागेको दाबी गरेका छन् । प्रधानमन्त्री ओलीले जनतालाई सन्तुष्ट बनाएर जाने बाटो राजनीतिक दलहरुले लिनुपर्ने बताउदै जनतालाई काममार्फत सन्तुष्ट बनाउनुपर्ने र अशान्ती भड्काउने दिशामा नजान सबै राजनीतिक दलहरुसँग आग्रह गरेका छन् । आज अधिनायकवादी नभइ लोकतान्त्रिक सरकार रहेको जिकिर गर्दै उनले जनताका

सम्वन्धित समाचारहरु