Trending
>>   एसिडिटी के हो ? यस्ता छन् सजिलै निवारण गर्ने उपायहरु >>   रास्वपालाई अमेरिकाले चीन विरोधी शक्तिको रुपमा प्रयोग गर्छः राष्ट्रिय जनमोर्चा >>   मध्यपूर्वको तनावलाई अर्थ मन्त्रालयले कसरी हेरेको छ ? >>   हिम्मत भए प्रधानमन्त्रीको कार्यकक्षमा र संसद भवनमा ग्रेटर नेपालको नक्शा राख्न बालेनलाई चुनौती >>   सर्वोच्च अदालतको फैसला नआई काँग्रेसको नियमित महाधिवेशन हुन सक्दैनः देउवा पक्ष >>   नेपाली काँग्रेसको १५ औं महाधिवेशन आगामी भदौ २४ देखि २६ सम्म काठमाडौंमा हुने >>   हतार र हतास मनस्थितिमा आएर राजीनामा दिएको थिइनँः सभापति थापा >>   मुलुकमा सुशासन कायम तथा शासकीय सुधारका सन्दर्भमा सरकारसँग सहकार्य गर्छौंः सभापति थापा >>   राष्ट्रिय स्वतन्त्र पार्टीको उदय हुनुमा प्रवासी नेपालीको ठूलो भुमिका छ : सोमनाथ सापकोटा >>   नेपाली तयारी पोशाकलाई विश्व बजारमा पुर्‍याउन ‘ऊलमार्क’ सँग सहकार्य, उच्च मूल्यका उत्पादनमा जोड
Logo
१० चैत्र २०८२, मंगलवार
१० चैत्र २०८२, मंगलवार

माधव नेपालमाथि मुद्दा दायरबारे अध्यक्ष दाहालः प्रधानमन्त्रीको राजनीतिक गन्ध आयो


काठमाडौँ। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले पतञ्जली जग्गा प्रकरणबारे प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसँग प्रतिशोध साँध्नुभएको आरोप लगाएका छन् ।

शुक्रवार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले प्रधानमन्त्रीको तर्फबाट राजनीतिक प्रतिशोधको गन्ध आएको बताए । मुद्दा दर्ताप्रति अध्यक्ष नेपालले नै आश्चर्य प्रकट गर्नुभएको र अदालतले न्याय दिनेमा विश्वस्त रहनुभएको बताए । अख्तियारले पनि कहीँ न कहीँ एउटा गम्भीर प्रश्न जन्माएको बताए । कुनैपनि प्रधानमन्त्री र क्याबिनेटको निर्णय आफ्नो क्षेत्राधिकारभित्र पर्दैन भनेर ललितानिवास प्रकरणमा पन्छिएको र अहिले पुनः सोही प्रकृतिको मुद्दा दर्ता गरेको भन्दै अख्तियारले जवाफ दिनुपर्ने बताए ।

अध्यक्ष दाहालले भने, ‘माधवजीको विषयमा स्वयं माधवजी नै आश्चर्यमा परेको कुरा गर्नुभएको छ । अदालतप्रति माधवजीले नै भरोसा छ, अदालतले न्याय गर्छ र छिटै सफाई पाएर फर्किन्छु भन्ने विश्वास पनि व्यक्त गर्नुभएको छ । मैले पनि पक्कै पनि उहाँमाथि अदालतले न्याय गर्छ भन्ने ठान्छु । तर प्रधानमन्त्रीजीको अलिकति राजनीतिक प्रतिशोधको गन्ध त आएकै छ । अख्तियारले पनि कहीँ न कहीँ एउटा गम्भीर प्रश्न जन्माएको छ । पहिला अख्तियारले नै प्रधानमन्त्रीको बारेमा कुनैपनि प्रधानमन्त्री र क्याबिनेटको डिसिजनको बारेमा नीतिगत निर्णयको विषय अख्तियारको क्षेत्राधिकार भन्दा बाहिरको कुरा भएकाले ललितानिवास प्रकरणका सन्दर्भमा बाबुराम भट्टराई र माधव नेपालजीको बारेमा जे प्रश्न उठेको थियो, यो हाम्रो क्षेत्राधिकारभित्र पर्दैन जे गर्नुछ, क्याबिनेटले नै गरोस् भने चिठी लेखेको मैले आफैँले हेरेको छु । तर अहिले त्यही अख्तियारले माधवजीले गरेको त नीतिगत नै निर्णय हो । जे गरेको भएपनि । त्यसैमा फेरि प्रवेश गरेकोले प्रश्न उठेको छ, सायद अख्तियारले जवाफ देला । यो स्टाब्लिस हुने हो भने हामीले भनेका छौँ, ०६४ देखि नै सबै प्रधानमन्त्री गृहमन्त्रीको छानविन होस् भनेका छौँ । यसो हो भने कोही पनि छानविनको दायराभित्र आउनसक्ने भयो । तर यो नीतिगत र सैद्धान्तिक रुपले ठिक हो की होइन भन्ने बहस गर्न आवश्यक छ ।

अध्यक्ष दाहालले नीतिगत निर्णयमा अख्तियारले छानविन गर्दै जाने हो भने कोही पनि प्रधानमन्त्री छानविनको दायराभित्र आउने बताए । उनले नीतिगत र सैद्धान्तिक रुपले ठिक हो की होइन भन्ने बहस गर्न आवश्यक रहेको बताए । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पतञ्जली जग्गा सट्टापट्टा प्रकरणमा पूर्वप्रधानमन्त्री नेपालसहित ९३ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । विशेष अदालतमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बिहीवार अध्यक्ष नेपालसहित आरोपीहरुलाई पतञ्जलीको जग्गा हिनामिना प्रकरणमा भ्रष्टाचार मुद्दा दायर भएको हो ।अध्यक्ष नेपालसँग १८ करोड ५८ लाख ५० हजार बिगो मागदाबीसहित मुद्दा दर्ता गरेको छ ।


प्रकाशित मिति: २३ जेष्ठ २०८२, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?