Trending
>>   मधेस प्रदेश प्राकृतिक विपत्तिग्रस्त क्षेत्र घोषणा >>   काँग्रेस महामन्त्री शर्मालाई एमालेको जवाफः कुलिङ अफ पिरियड व्यवस्था नराख्ने संशोधनको विषयमा आफ्नै सभापतिसँग सल्लाह… >>   राष्ट्रिय सभामा कुलिङ पिरियडबारे एमालेका सांसदहरुको संशोधनले गम्भीर बनायोः पाण्डे >>   एन्फा यु–१६ः मनाङ र श्री भगवतीको जित >>   जनकपुरधामलाई ‘म्यारिज हव’को रुपमा विकास गर्नुपर्छः उपप्रधानमन्त्री सिंह >>   जनार्दन शर्मा लक्षित प्रचण्डको टिप्पणीः फरक मतबाट सिंगौरी खेल्नेलाई प्रशस्त समय दिएको छु >>   गणतन्त्र त आयो तर झारपात पलाएः महासचिव चन्द >>   सामाजिक सुरक्षा कोषमा सूचीकृत हुने श्रमिक संख्या २३ लाख नाघ्यो >>   ओलीलक्षित माधवको टिप्पणीः अरु आउँदा मेरो नेतृत्व खोसिएला भनेर पार्टी प्रवेश गर्न दिइएन >>   मधेसको खानेपानीको समस्या समाधान गर्न सरकारले कुनै कसर बाँकी राख्दैनः प्रधानमन्त्री
Logo
७ श्रावण २०८२, बुधबार
७ श्रावण २०८२, बुधबार

सार्वजनिक क्षेत्रहरूलाई निजीकरण गर्ने कार्यक्रमले समाजवाद निर्माण हुँदैनः सांसद राई


काठमाडौँ। राष्ट्रिय सभामा नेकपा (एकीकृत समाजवादी) की सांसद जयन्तीदेवी राईले सार्वजनिक क्षेत्रहरूलाई निजीकरण गर्ने कार्यक्रमले समाजवाद निर्माण नहुने बताएकी हुन् ।

शुक्रवारको राष्ट्रिय सभा बैठकमा आर्थिक वर्ष २०८२÷०८३ को राजश्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलमा भाग लिँदै उनले यस्तो बताएकी हुन् । उनले निजी क्षेत्रलाई बेवास्ता नभई व्यवस्थित गर्नुपर्ने बताईन । उनले समाजवाद निर्माणको लागि सार्वजनिक क्षेत्रहरूलाई नै बढी मात्रामा व्यवस्थित बनाएर लैजानुपर्नेमा जोड दिँदै तब मात्र जनताहरूको हरेक कुरामा सुलभ ल्याउन सकिने विश्वास व्यक्त गरीन । सांसद राईले सरकारले ल्याएको बजेट व्यापारमुखी बनेको बताईन । उनले दुई तिहाइको बलियो सरकारले आशा बाँड्ने नभएर विश्वास पैदा गर्ने बजेट ल्याउनुपर्नेमा त्यसो नभएको बताएकी हुन् । उनले बजेटले नागरिकका एजेण्डाहरूलाई समाधान तथा सम्बोधन नगरेको दाबी गरीन ।

उनले भनीन, “दुई तिहाइको बलियो सरकारलाई हामी आग्रह गर्न चाहन्छौँ, आशा बाँड्ने होइन, विश्वास पैदा गर्ने खालको बजेट आउनुप¥यो । कसैले रोक्न सक्ने खालको छैन, यहाँ । तर, आज यो बजेटले हामीले चाहेको जस्तो, एजेन्डाको समाधान, सम्बोधन गरेको छ जस्ता मलाई लाग्दैन । आज यो बजेट व्यापारमुखी बनेको छ । समाजवाद निर्माणका स्तम्भहरू जुन छन् । आज सार्वजनिक क्षेत्रहरूलाई निजीकरण गर्ने कार्यक्रमले आज समाजवाद निर्माण हुँदैन । निजी क्षेत्रलाई पनि बेवास्ता होइन व्यवस्थित गर्नुपर्छ । तर आज हामीले समाजवाद निर्माणको लागि सार्वजनिक क्षेत्रहरूलाई नै बढी मात्रामा व्यवस्थित बनाएर लैजानुपर्छ र जनताहरूको हरेक कुरामा सुलभ ल्याउन सकिन्छ ।”

उनले कृषि उत्पादनलाई औद्योगिकीकरण नगरेसम्म आत्मनिर्भर बन्न नसकिने बताईन ।


प्रकाशित मिति: २३ जेष्ठ २०८२, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?