Trending
>>   एसिडिटी के हो ? यस्ता छन् सजिलै निवारण गर्ने उपायहरु >>   रास्वपालाई अमेरिकाले चीन विरोधी शक्तिको रुपमा प्रयोग गर्छः राष्ट्रिय जनमोर्चा >>   मध्यपूर्वको तनावलाई अर्थ मन्त्रालयले कसरी हेरेको छ ? >>   हिम्मत भए प्रधानमन्त्रीको कार्यकक्षमा र संसद भवनमा ग्रेटर नेपालको नक्शा राख्न बालेनलाई चुनौती >>   सर्वोच्च अदालतको फैसला नआई काँग्रेसको नियमित महाधिवेशन हुन सक्दैनः देउवा पक्ष >>   नेपाली काँग्रेसको १५ औं महाधिवेशन आगामी भदौ २४ देखि २६ सम्म काठमाडौंमा हुने >>   हतार र हतास मनस्थितिमा आएर राजीनामा दिएको थिइनँः सभापति थापा >>   मुलुकमा सुशासन कायम तथा शासकीय सुधारका सन्दर्भमा सरकारसँग सहकार्य गर्छौंः सभापति थापा >>   राष्ट्रिय स्वतन्त्र पार्टीको उदय हुनुमा प्रवासी नेपालीको ठूलो भुमिका छ : सोमनाथ सापकोटा >>   नेपाली तयारी पोशाकलाई विश्व बजारमा पुर्‍याउन ‘ऊलमार्क’ सँग सहकार्य, उच्च मूल्यका उत्पादनमा जोड
Logo
१० चैत्र २०८२, मंगलवार
१० चैत्र २०८२, मंगलवार

छानविन समिति बनाउन सत्तापक्ष तयार छ, छिटै संसदको अवरोध हट्छः अध्यक्ष दाहाल


काठमाडौँ। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले संसदको अवरोध केही दिनभित्रै हट्ने बताएका छन् ।

शुक्रवार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले बालुवाटारमा बैठक गरेपछि बिस्तारै प्रगति भइरहेको उनको भनाइ छ । भरपर्दो छानविनमा सरकारको प्रतिवद्धता आए संसदको अवरोध हट्ने बताए । सत्तापक्ष छानविन गर्न सहमत नै देखिएको तर छानविन समिति बनाउने, पूर्वन्यायाधीशको नेतृत्वमा छानविन गर्ने वा अन्य केही गर्ने भन्नेमा सहमति नभएको जानकारी दिए ।

अध्यक्ष दाहालले भने, ‘अस्ति हामी बालुवाटारमा बसेपछि बिस्तारै वातावरण सहजीकरण गर्ने कोशिस भइरहेको छ । दिन प्रतिदिन थोरै थोरै भएपनि प्रगति भएको छ । छानविन मुख्य कुरा हो । भरपर्दो छानविनमा सरकारको प्रतिवद्धता आयो भने यो विषयलाई हामीले सकारात्मक ढंगले टुंग्याउन सकिन्छ भन्ने प्रतिपक्षको कुरा भयो । यस बारेमा नेपाली काँग्रेसका सभापतिसँग एक पटक कुरा गर्न उचित हुन्छ भन्ने पनि भयो । भर्खरै फेरि सत्तापक्ष नेपाली काँग्रेसका उपसभापति पूर्णबहादुर खड्का, ज्ञानेन्द्र कार्की, श्यामजी लगायतसँग पनि कुरा भयो । आज सदन नचलाउने, सूचना टाँसेर जाने भन्नेमा सहमति भएको छ । मलाई लाग्छ, एक दुई दिनभित्रमा यो विषयमा सकारात्मक ल्याण्डिङ हुन्छ । सत्तापक्ष छानविन गर्न सहमत नै देखिएको छ । छानविन समिति बनाएर जाने, पूर्वन्यायाधीशको नेतृत्वमा छानविन गर्ने वा केही अर्को गर्ने भन्ने विषयमा सहमति भएको छैन । अर्को कुरा अख्तियारमा भिजिट भिसा प्रकरणमा छानविन शुरु भएको हुनाले त्यसको कुरा विशेष अधिकारमा मुद्दा दर्ता नभएसम्म समिति बनाउन हुँदैन की भन्ने तर्क पनि सत्ता पक्षको छ । यो विषय पनि छलफलमै छ ।’

अध्यक्ष दाहालले अख्तियारमा भिजिट भिसा प्रकरणमा छानविन शुरु भएको हुनाले विशेष अधिकारमा मुद्दा दर्ता नभएसम्म समिति बनाउन हुँदैन की भन्ने तर्क पनि सत्ता पक्षको रहेको बताए ।


प्रकाशित मिति: २३ जेष्ठ २०८२, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?