Trending
>>   सुदूरपश्चिम रोयल्समाथि लुम्बिनी पूर्ण हाबी >>   तेस्रो एनपिएल सिजनको भव्य शुरुवातः लुम्बिनी लायन्सविरुद्ध सुदूरपश्चिम रोयल्सको ब्याटिङ >>   नेपाल प्रिमियर लिग (एनपीएल): नेपाली क्रिकेटको व्यावसायिक उडान र बढ्दो क्रेज >>   नेपाल–भारत क्रस बोर्डर टुरिजम कनेक्ट शुरु >>   एमाले वरिष्ठ नेता भण्डारी स्वदेश फिर्ता >>   ब्राजिलको राष्ट्रपतिमा लुलाको जित, फ्लाभियो बोल्सोनारोले नतिजा अस्वीकार गरे >>   संघीय संसदमा ३६ विधेयक विचाराधीन, सात नयाँ विधेयक दर्ता >>   आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन >>   सरकारी कर्मचारीलाई ६० लाखसम्म ऋण, ब्याज सरकारले तिरिदिने तयारी >>   आजबाट शुरु हुँदै एनपिएलको उत्सव, लुम्बिनी र सुदूरपश्चिमबीच उद्घाटन खेल
Logo
११ कार्तिक २०८३, मंगलवार
११ कार्तिक २०८३, मंगलवार

छानविन समिति बनाउन सत्तापक्ष तयार छ, छिटै संसदको अवरोध हट्छः अध्यक्ष दाहाल


काठमाडौँ। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले संसदको अवरोध केही दिनभित्रै हट्ने बताएका छन् ।

शुक्रवार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले बालुवाटारमा बैठक गरेपछि बिस्तारै प्रगति भइरहेको उनको भनाइ छ । भरपर्दो छानविनमा सरकारको प्रतिवद्धता आए संसदको अवरोध हट्ने बताए । सत्तापक्ष छानविन गर्न सहमत नै देखिएको तर छानविन समिति बनाउने, पूर्वन्यायाधीशको नेतृत्वमा छानविन गर्ने वा अन्य केही गर्ने भन्नेमा सहमति नभएको जानकारी दिए ।

अध्यक्ष दाहालले भने, ‘अस्ति हामी बालुवाटारमा बसेपछि बिस्तारै वातावरण सहजीकरण गर्ने कोशिस भइरहेको छ । दिन प्रतिदिन थोरै थोरै भएपनि प्रगति भएको छ । छानविन मुख्य कुरा हो । भरपर्दो छानविनमा सरकारको प्रतिवद्धता आयो भने यो विषयलाई हामीले सकारात्मक ढंगले टुंग्याउन सकिन्छ भन्ने प्रतिपक्षको कुरा भयो । यस बारेमा नेपाली काँग्रेसका सभापतिसँग एक पटक कुरा गर्न उचित हुन्छ भन्ने पनि भयो । भर्खरै फेरि सत्तापक्ष नेपाली काँग्रेसका उपसभापति पूर्णबहादुर खड्का, ज्ञानेन्द्र कार्की, श्यामजी लगायतसँग पनि कुरा भयो । आज सदन नचलाउने, सूचना टाँसेर जाने भन्नेमा सहमति भएको छ । मलाई लाग्छ, एक दुई दिनभित्रमा यो विषयमा सकारात्मक ल्याण्डिङ हुन्छ । सत्तापक्ष छानविन गर्न सहमत नै देखिएको छ । छानविन समिति बनाएर जाने, पूर्वन्यायाधीशको नेतृत्वमा छानविन गर्ने वा केही अर्को गर्ने भन्ने विषयमा सहमति भएको छैन । अर्को कुरा अख्तियारमा भिजिट भिसा प्रकरणमा छानविन शुरु भएको हुनाले त्यसको कुरा विशेष अधिकारमा मुद्दा दर्ता नभएसम्म समिति बनाउन हुँदैन की भन्ने तर्क पनि सत्ता पक्षको छ । यो विषय पनि छलफलमै छ ।’

अध्यक्ष दाहालले अख्तियारमा भिजिट भिसा प्रकरणमा छानविन शुरु भएको हुनाले विशेष अधिकारमा मुद्दा दर्ता नभएसम्म समिति बनाउन हुँदैन की भन्ने तर्क पनि सत्ता पक्षको रहेको बताए ।


प्रकाशित मिति: २३ जेष्ठ २०८२, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?