Trending
>>   एसिडिटी के हो ? यस्ता छन् सजिलै निवारण गर्ने उपायहरु >>   रास्वपालाई अमेरिकाले चीन विरोधी शक्तिको रुपमा प्रयोग गर्छः राष्ट्रिय जनमोर्चा >>   मध्यपूर्वको तनावलाई अर्थ मन्त्रालयले कसरी हेरेको छ ? >>   हिम्मत भए प्रधानमन्त्रीको कार्यकक्षमा र संसद भवनमा ग्रेटर नेपालको नक्शा राख्न बालेनलाई चुनौती >>   सर्वोच्च अदालतको फैसला नआई काँग्रेसको नियमित महाधिवेशन हुन सक्दैनः देउवा पक्ष >>   नेपाली काँग्रेसको १५ औं महाधिवेशन आगामी भदौ २४ देखि २६ सम्म काठमाडौंमा हुने >>   हतार र हतास मनस्थितिमा आएर राजीनामा दिएको थिइनँः सभापति थापा >>   मुलुकमा सुशासन कायम तथा शासकीय सुधारका सन्दर्भमा सरकारसँग सहकार्य गर्छौंः सभापति थापा >>   राष्ट्रिय स्वतन्त्र पार्टीको उदय हुनुमा प्रवासी नेपालीको ठूलो भुमिका छ : सोमनाथ सापकोटा >>   नेपाली तयारी पोशाकलाई विश्व बजारमा पुर्‍याउन ‘ऊलमार्क’ सँग सहकार्य, उच्च मूल्यका उत्पादनमा जोड
Logo
१० चैत्र २०८२, मंगलवार
१० चैत्र २०८२, मंगलवार

भिजिट भिसाका बारेमा सार्वजनिक लेखा समितिमा छलफल चलाउन माग


काठमाडौँ। सार्वजनिक लेखा समितिमा भिजिट भिसाबाट लाखौँ युवाहरु लुटिएको भन्दै यसबारे छलफल चलाउन सांसद्हरुले माग गरेका छन् ।

आजको समितिको बैठकमा नेकपा (माओवादी केन्द्र) का सांसद अमललाल मोदीले भिजिट भिसाका कारण धेरै नेपाली ठगीको र गृहमन्त्री रमेश लेखकमाथि प्रश्न उठेकाले यसबारे समितिमा छलफल गर्न माग गरेका हुन् । उनले गृहमन्त्री लेखकले छानविनका लागि मार्गप्रशस्त गर्दै राजीनामा समेत दिनुपर्ने बताए । उनले गृहमन्त्री लेखकलाई मार्गप्रशस्त गरेर छानविनका लागि तयार हुन आग्रह गरे ।

उनले भने ‘भिजिट भिषामा गृहमन्त्रीमाथि प्रश्न उठिरहेको छ । हामीले मार्गप्रशस्त गरेर छानविनका लागि तयार हुन भनिरहेका छौं । भिजिट भिसाका सम्बन्धमा लाखौँ मान्छे गइरहेको र आज कोको भिक्टिम बनिरहेका छन्, त्यो भिक्टिमका बारेमा सार्वजनिक लेखा समितिमा छलफल गर्नुपर्छ ।’

संसद अवरुद्ध भइरहेकाले भिजिट भिसाकाबारे गृहमन्त्रीलाई डाकेर समितिले गहन छलफल गर्नुपर्ने बताए । अहिलेको स्थिति हेर्दा गृहमन्त्रीले मार्गप्रशस्त गर्नुपर्ने उनको भनाई छ ।


प्रकाशित मिति: २३ जेष्ठ २०८२, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?