Trending
>>   सुदूरपश्चिम रोयल्समाथि लुम्बिनी पूर्ण हाबी >>   तेस्रो एनपिएल सिजनको भव्य शुरुवातः लुम्बिनी लायन्सविरुद्ध सुदूरपश्चिम रोयल्सको ब्याटिङ >>   नेपाल प्रिमियर लिग (एनपीएल): नेपाली क्रिकेटको व्यावसायिक उडान र बढ्दो क्रेज >>   नेपाल–भारत क्रस बोर्डर टुरिजम कनेक्ट शुरु >>   एमाले वरिष्ठ नेता भण्डारी स्वदेश फिर्ता >>   ब्राजिलको राष्ट्रपतिमा लुलाको जित, फ्लाभियो बोल्सोनारोले नतिजा अस्वीकार गरे >>   संघीय संसदमा ३६ विधेयक विचाराधीन, सात नयाँ विधेयक दर्ता >>   आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन >>   सरकारी कर्मचारीलाई ६० लाखसम्म ऋण, ब्याज सरकारले तिरिदिने तयारी >>   आजबाट शुरु हुँदै एनपिएलको उत्सव, लुम्बिनी र सुदूरपश्चिमबीच उद्घाटन खेल
Logo
११ कार्तिक २०८३, मंगलवार
११ कार्तिक २०८३, मंगलवार

भिजिट भिसाका बारेमा सार्वजनिक लेखा समितिमा छलफल चलाउन माग


काठमाडौँ। सार्वजनिक लेखा समितिमा भिजिट भिसाबाट लाखौँ युवाहरु लुटिएको भन्दै यसबारे छलफल चलाउन सांसद्हरुले माग गरेका छन् ।

आजको समितिको बैठकमा नेकपा (माओवादी केन्द्र) का सांसद अमललाल मोदीले भिजिट भिसाका कारण धेरै नेपाली ठगीको र गृहमन्त्री रमेश लेखकमाथि प्रश्न उठेकाले यसबारे समितिमा छलफल गर्न माग गरेका हुन् । उनले गृहमन्त्री लेखकले छानविनका लागि मार्गप्रशस्त गर्दै राजीनामा समेत दिनुपर्ने बताए । उनले गृहमन्त्री लेखकलाई मार्गप्रशस्त गरेर छानविनका लागि तयार हुन आग्रह गरे ।

उनले भने ‘भिजिट भिषामा गृहमन्त्रीमाथि प्रश्न उठिरहेको छ । हामीले मार्गप्रशस्त गरेर छानविनका लागि तयार हुन भनिरहेका छौं । भिजिट भिसाका सम्बन्धमा लाखौँ मान्छे गइरहेको र आज कोको भिक्टिम बनिरहेका छन्, त्यो भिक्टिमका बारेमा सार्वजनिक लेखा समितिमा छलफल गर्नुपर्छ ।’

संसद अवरुद्ध भइरहेकाले भिजिट भिसाकाबारे गृहमन्त्रीलाई डाकेर समितिले गहन छलफल गर्नुपर्ने बताए । अहिलेको स्थिति हेर्दा गृहमन्त्रीले मार्गप्रशस्त गर्नुपर्ने उनको भनाई छ ।


प्रकाशित मिति: २३ जेष्ठ २०८२, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?