Trending
>>   काठमाडौंको दरवारमार्गबाट स्रोत नखुलेको नगद सहित दुई जना पक्राउ >>   संसदीय दलको नेता छान्न केही समय लाग्छः रास्वपा >>   शिर्ष टोली एपिएफसँग चित्लाङले अंक खोस्यो >>   फागुनसम्म सरकारले उठायो ७ खर्ब ५१ अर्ब राजश्व >>   गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभा सदस्य बनाउन सरकारको सिफारिस >>   जेन–जी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै प्रदर्शन >>   काँग्रेसले टुंग्यायो २० जना समानुपातिक सांसद >>   चैतका लागि वाणिज्य बैंकहरुले व्याजदर घटाए >>   राप्रपाले समानुपातिकतर्फका सांसदको नामावली टुंगो लगायो >>   देशका विभिन्न स्थानमा वर्षा र हिमपातको सम्भावना
Logo
४ चैत्र २०८२, बुधबार
४ चैत्र २०८२, बुधबार

थाइल्याण्डको राजालाई त जनक कै सन्तान भन्ने पनि गरिन्छः सभापति देउवा


काठमाडौँ। नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले मधेस प्रदेशको नाम जनक वा जानकी राखेको भए उत्तम हुने बताएका छन् ।

जनकपुरमा शुक्रवार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले जनकपुर राजा जनकको राजधानी, जानकी माता जन्मिएको ठाउँ भगवान रामले धनुष तोडेपछि स्वयंवरमा सीतालाई विवाह गरेको ठाउँ भएकाले पनि यसको महत्व धेरै रहेको बताए । उनले जनकपुर मैथिली विकसित भाषा बोलिने ठाउँ भएको बताए । राजर्षि जनक सानो राजा नरहेको भन्दै जनकको राजधानी कम्बोडियामा समेत रहेको भन्ने गरिएको पनि बताए ।

सभापति देउवाले भने, ‘राजा जनकको राजधानी, जानकी माता जन्मिएको ठाउँ भगवान रामले धनुष तोडेपछि स्वयंवरमा सीतालाई विवाह गरेको ठाउँ । अत्यन्तै ऐतिहासिक, धार्मिक र महत्वपूर्ण ठाउँ हो जनकपुर । जानकीलाई मैथिली पनि भन्ने चलन थियो पहिला पहिला । त्यसकारणले यो अत्यन्तै सुन्दर ठाउँ हो । अत्यन्तै विकसित भाषा मैथिली बोलिने ठाउँ र साथै पौराणिक ठाउँ भएकाले यसको धेरै महत्व छ । मधेस प्रदेशको नाम त जनक प्रदेश राखेको भए भइहाल्थ्यो नि । मधेस प्रदेशको नाम त जानकी प्रदेश राखेको भए भइहाल्थ्यो नि भनेर मैले भनेकै हो । जनक सानो राजा होइनन् । राजा जनकको कुरा सिंगापुर, मलेसिया सबै ठाउँमा जनकको पहिचान छ । कम्बोडियामा जनकको राजधानी रहेको पनि मानिन्छ । थाइल्याण्डको राजा त जनककै सन्तान भन्ने पनि गरिन्छ ।’

सभापति देउवाले थाइल्याण्डका राजालाई राजा जनककै सन्तान मान्ने गरिएको पनि बताए ।


प्रकाशित मिति: २३ जेष्ठ २०८२, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?