Trending
>>   भारतमा बस दुर्घटना हुँदा ४ जनाको मृत्यु >>   भारतीय पूर्वप्रधानमन्त्री मनमोहन सिंहको निधन >>   अमेरिकी डलर, रियाल, दिराम, युआन, दिनार र रिङ्गेटको मूल्य बढ्यो, कसको भाउ कति ? >>   मौसम : आज यी चार प्रदेशमा बर्षाको सम्भावना >>   आज २०८१ साल पौष १२ गते शुक्रबार ,हेर्नुहोस आजको राशिफल >>   देशभित्रका समस्या समाधानका लागि दुई ठूला राजनीतिक दल मिलेका हौँः परराष्ट्रमन्त्री राणा >>   कर्मचारीका पार्टीगत ट्रेड युनियन हटाउन काँग्रेस–एमाले सहमत >>   माओवादी फुटेर कहाँ पुग्ने हो निश्चित छैनः विप्लप >>   नेपालमा कम्युनिष्ट आन्दोलनको तेस्रो पुनर्गठन आवश्यकः जनार्दन शर्मा >>   सवारी तथा यातायात व्यवस्था (दशौँ सशोधन) नियमावली, २०८१ स्वीकृत
Logo
१२ पुष २०८१, शुक्रबार
१२ पुष २०८१, शुक्रबार

मुख्य समाचार


देशको पहिचानलाई जोगाउन समाजका सबै वर्ग लाग्नुपर्छ: पूर्वप्रधानमन्त्री नेपाल

भजनी,कैलाली। नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले देशको पहिचानलाई जोगाउन समाजका सबै वर्ग लाग्नुपर्ने बताएका छन् । कैलालीको टीकापुरमा आज सुरु भएको नागरिक उन्मुक्ति पार्टीको प्रथम राष्ट्रिय महाधिवेशनमा उनले देशको पहिचान जोगाउन सबैले लाग्नुपर्ने बताएका हुन् । “आज यो वा त्यो भनेर पहिचानका ‘एजेण्डा’ बाहिर आउन थालेका

‘जलवायु परिवर्तन कम गर्न नेपालले बाँस खेती गर्नुपर्छ’

काठमाडौं। विश्व खाद्य तथा कृषि सङ्गठनले जलवायु परिवर्तनको असर कम गर्न नेपालले बाँस खेती गर्नुपर्ने सुझाव दिएको छ । आज वन तथा वातावरणमन्त्री डा. वीरेन्द्रप्रसाद महतोसँगको भेटवार्तामा सङ्गठनका प्रमुख क्यु दोङ युले जैविक विविधताको संरक्षण गर्न, भूक्षय रोक्नुका साथै जलवायु परिवर्तनको असर कम गर्न बाँस खेती विकल्प हुनसक्ने सुझाव दिएका

सुनकोशी तेस्रो जलाशययुक्त आयोजनाको प्राविधिक तयारी सुरु

काभ्रेपलाञ्चोक । सुनकोशी तेस्रो जलाशययुक्त आयोजनाको प्राविधिक तयारीको काम सुरु भएको छ। कुल छ सय ८३ मेगावाट क्षमताको सुनकोशी तेस्रो जलाशययुक्त जलविद्युतको सर्वेक्षण अनुमतिपत्र (सर्वे लाइसेन्स) नेपाल विद्युत् प्राधिकरणले पाएसँगै आयोजनाको विस्तृत इञ्जिनियरिङ डिजाइन तथा बोलपत्र कागजात तयारीको काम अगाडि बढेको हो। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले काभ्रेपलाञ्चोक र रामछाप

प्रेम र बलात्कारकाे परिभाषा गराैँ !

काठमाडौं । कांग्रेसका सांसद डा. चन्द्र भण्डारीले क्रिकेट सन्दीप लामिछानेलाई बलात्कार मुद्दामा दोषी ठहर्याइएपछि उनले बलात्कार कुन अवस्थालाई मान्ने भन्ने सम्बन्धमा कानूनी आवश्यकता भएको बताएका छन् । सामाजिक सञ्जालमा भण्डारीले लेखेका छन्, ‘कस्तो अवस्थालाई प्रेम र कस्तो अवस्थालाई बलात्कार ? बलात्कार भनेको के हो ? अनि प्रेम के हो ?

राज्यले व्यापारीलाई हेर्ने दृष्टिकोण कोशी प्रदेशबाटै परिवर्तन हुन्छ: मुख्यमन्त्री कार्की

विराटनगर। कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले राज्यले व्यापारीलाई हेर्ने दृष्टिकोण कोशी प्रदेशबाटै परिवर्तन गर्ने बताएका छन् । अग्रसेन भवन विर्तामोड, झापाले बिहीबार आयोजना गरेको श्याम बाबा मन्दिरमा प्राण प्रतिष्ठाका लागि भारतको खाटु श्याम बाबाबाट दिव्य शिश र अखण्ड ज्योति ल्याउने समूहको विदाइ कार्यक्रममा मुख्यमन्त्री कार्कीले व्यापारी सरकारको साझेदार नभई अंग

शिक्षाको कमीका कारण नेपाली श्रमिकले वैदेशिक रोजगारीमा विभिन्न समस्या भोग्नुपरेको छ : श्रम सचिव भण्डारी

काठमाडौं। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव केवल प्रसाद भण्डारीले शिक्षाको कमीका कारण नेपाली श्रमिकले वैदेशिक रोजगारीका क्रममा विभिन्न समस्या भोग्नुपरेको बताएका छन् । “एबीसीडी नै नचिनेको कारण साउदी (अरब) मा कामदारले कुटाइ खाए । गोदाममा काम गर्ने नेपाली कामदार हुन्, उनीहरूले एबीसीडी लेखेको कार्टुन नचिनेका कारण कुटाइ खानुपर्‍यो,”

सरकारले माघ २ गते २६ औँ भूकम्प सुरक्षा दिवस मनाउने

काठमाडौं। सरकारले माघ २ गते २६औँ भूकम्प सुरक्षा दिवस, २०८० मनाउने भएको छ । बिहीबार २६औँ भूकम्प सुरक्षा दिवस प्रचारप्रसार समितिले काठमाडौंमा पत्रकार सम्मेलन गर्दै यस्तो जानकारी दिएको हो । सरकारले माघ २ गते स्थानीय स्रोत र प्रविधि समेत प्रयोग गरौँ, भूकम्प थेग्ने संरचना बनाऔँ भन्ने मूल नारासहित दिवस मनाउन

‘प्रचण्ड’ उपस्थित नभएपछि माधव नेपाल र रञ्जिता श्रेष्ठले गरे नाउपा महाधिवेशनको उद्घाटन

काठमाडौं। नागरिक उन्मुक्ति पार्टीको महाधिवेशन सुरु भएको छ । कैलालीको टीकापुरमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधव नेपाल र नाउपा अध्यक्षसमेत रहेकी भूमि व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री रञ्जिता श्रेष्ठले महाधिवेशनको उद्घाटन गरेका हुन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महाधिवेशन उद्घाटन गर्ने बताए पनि उनी नआएपछि नेपाल र श्रेष्ठले

आगामी १२ वर्षमा २८ हजार मेगावाट विद्युत उत्पादन गर्ने मन्त्री बस्नेतको दावी

काठमाडौं। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले आगामी १२ वर्षमा २८ हजार मेगावाट विद्युत उत्पादन गर्ने दावी गरेका छन् । बिहीबार बसेको राष्ट्रियसभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिमा सगरमाथा क्षेत्रमा विद्युतीकरण र नेपाल–भारतबीच हालै भएको दीर्घकालिक विद्युत व्यापारसम्बन्धी सम्झौताका सम्बन्धमा भएको छलफलमा उनले यस्तो दाबी गरेका हुन् । उनले

तीन तहको लगानीमा गौतम बुद्ध क्रिकेट रङ्गशाला बनाइने

चितवन। धुर्मुस–सुन्तली फाउण्डेसनले निर्माण प्रारम्भ गरेर छाडेको गौतम बुद्ध क्रिकेट रङ्गशाला तीन तहका सरकारको संयुक्त लगानीमा बन्ने भएको छ । सङ्घीय सरकारले बागमती प्रदेश सरकारसँगको साझेदारीमा रङ्गशाला बनाउन भरतपुर महानगरपालिकालाई सहमति दिएसँगै संयुक्त लगानीमा बन्ने भएको हो । भरतपुर महानगर प्रमुख रेनु दाहालका अनुसार सङ्घीय सरकारको मङ्गलबार बसेको मन्त्रिपरिषद् बैठकले

सम्वन्धित समाचारहरु