Trending
>>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित >>   ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे >>   एशियाली खेलकुद कबड्डीः नेपालले सुनिश्चित गर्‍यो काँस्य पदक, स्वर्णको लक्ष्यसहित उच्च मनोबल >>   वीपी राजमार्गको रोशी खोला डाइभर्सन बगेपछि यातायात अवरुद्ध, पहिरोले थप चुनौती >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधनपछि घरभित्रको गृहकार्य र दीर्घकालीन खाका अपरिहार्यः जलवायु वित्त विज्ञ राजु पण्डित क्षेत्री >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल
Logo
१० आश्विन २०८३, शनिबार
१० आश्विन २०८३, शनिबार

प्राप्त अधिकार सुरक्षित राख्दै आर्थिक सम्पन्नताको अभियानमा लागौँः प्रकाशमान सिंह


काठमाडौँ । उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले प्राप्त अधिकारलाई सुरक्षित राख्दै आर्थिक सम्पन्नताको अभियानमा लाग्नुपर्ने बताएका छन् ।

बिहीवार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले राजनीतिक दलहरुले जथाभावी गतिविधि गर्न थाले प्राप्त अधिकारहरु पनि गुम्ने खतरा रहेको बताएका छन् ।

उनले काँग्रेस जिम्मेवार पार्टी भएकाले कार्यकर्ताहरुले पनि सोहीअनुसार आफ्ना गतिविधि सञ्चालन गर्नुपर्ने बताएका छन् । उनले आर्थिक सम्पन्नताको अभियानमा नागरिकलाई अधिकार दिलाउन काँग्रेस एक भएर लाग्नुपर्ने बताए । उनले राजनीतिक साथै आर्थिक सुधारको नेतृत्व पनि काँग्रेसले लिनुपर्ने बताएका छन् ।

उपप्रधानमन्त्री सिंहले भने , ‘हामीले प्राप्त गरेको अधिकारलाई सुरक्षितसँग राख्न सक्नुपर्‍यो । जथाभावी रुपमा पार्टीहरु गतिविधि गर्न थाल्यो, बोल्न थाल्यो भने त यो प्राप्त गरेको अधिकार पनि फेरि जान्छ । यो अधिकार जनतालाई २०१७ सालमा गुमेको अधिकार फेरि पुनः बहाली गर्न त ०४६ सम्म त पर्खिनुपर्‍यो नि त । कति दुःख, कति कष्ट गरेको छ । त्यो कारणले गर्दा हामी एउटा जिम्मवार पार्टीको जिम्मेवार कार्यकर्ता भएकाले प्राप्त अधिकार सुरक्षित राख्दै, यसलाई संस्थागत गर्दै आर्थिक सम्पन्नताको अभियानमा हामी अधिकार दिलाउनको लागि काँग्रेसले पोलिटिकल लिडरसिप दियो, अब पोलिटिकल लिडरसिप यो चाहीँ स्टाबिलिटीकासँगै इकोनोमिक प्रस्परेटिभका लागि लिडरसिप काँग्रेसले सम्हाल्नुपर्ने भएकाले हामीले हाम्रो पार्टीलाई व्यवस्थित रुपमा राख्नुपर्छ । पार्टीलाई व्यवस्थित राख्न हाम्रो १ नम्बर क्षेत्रमा युनिक किसिमको क्षेत्र छ । पार्टीको संगठन भनेको केबल कागजी रुपमा संगठन छ भन्दैमा हुँदैन । कार्यकर्ताहरु परिचालित हुनुपर्छ, अन्तरक्रिया स्वस्थ रुपमा हुनुपर्छ, आम जनतालाई चित्त बुझ्नेगरी कामबाट देखाउनु छ ।’

उपप्रधानमन्त्री सिंहले राजनीतिक स्थिरता जनताले चाहेकाले काँग्रेस र एमाले मिलेर सरकार बनेको बताए । उनले कसैले बद्मासी गरेको भए विधि र नियमअनुसार कारबाही हुने बताए । लोकतन्त्रमा विधिको शासन पालना हुने बताएका छन् ।

सहकारी प्रकरणमा पक्राउ गरेका पूर्वगृहमन्त्री रवि लामिछानेप्रति लक्षित गर्दै उहाँले त्यति धेरै ठूलो गल्ती गरेको व्यक्तिमाथि प्रतिशोध गरेको आरोप लाग्ने गरेको बताए । काँग्रेस र एमालेले गरेको सानो कुरालाई पनि ठूलो बनाइदिने गरेको बताएका छन् ।


प्रकाशित मिति: १८ पुष २०८१, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?