Trending
>>   काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः७ लाख ८३ हजार सदस्यको विवरण बुझाइयो >>   काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला >>   काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने >>   गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ >>   किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह >>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित
Logo
१० आश्विन २०८३, शनिबार
१० आश्विन २०८३, शनिबार

प्रकाशमान सिंहकाे प्रश्न- ‘कांग्रेस-एमाले सरकार बनेपछि कुनै स्क्याम सुन्नुभएकाे छ ?’


काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले झाराटारा गरेर पार्टी नचल्ने बताउनुभएकाे छ । नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं १ले बिहिबार सय दिने अभियान अन्तर्गत आयाेजना गरेकाे कार्यक्रमलाई सम्बाेधन गर्दै पार्टीका आन्तरिक गतिविधि झाराटारा किसिमले गरेर नहुने बताउनुभएकाे हाे । पार्टीको संगठनलाई कागजी रुपमा मात्रै सीमित गर्न नहुने भन्दै उहाँले पार्टीलाई बलियो ढंगले अघि बढाउन सबै लाग्नुपर्नेमा जाेड दिनुभयाे । पार्टीभित्र असल संस्कार स्थापित गर्नुपर्ने भन्दै उहाँले अस्वस्थ संस्कारले कसैलाई फाइदा नगर्ने बताउनुभयाे ।

उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री समेत रहनुभएका कांग्रेस पूर्वमहामन्त्री सिंहले कागजमा मात्र सदस्य सँख्या भएर नहुने भन्दै उहाँले पार्टीका कार्यक्रमहरूमा सहभागिता बढाउनुपर्ने बताउनुभयाे ।`पार्टी केन्द्रले भन्याे, जिल्लाले सर्कुलर गर्याे । गर्नुपर्ने भएकाे हुनाले कार्यक्रम गरेकाे भनेर भएन । झारा टारेर, आलटाल गरेर पार्टी चल्नेवाला छैन ।सिरियस्ली लाग्नुपर्याे हामीसबै,´ उहाँले भन्नुभयाे । मुलुकको स्थायीत्व र बिकासको नेतृत्व कांग्रेसले गर्नुपर्ने र त्यसका लागि पार्टीलाई व्यवस्थित राख्नुपर्नेमा सिंहले जोड दिनुभयो ।

ठूला दल मिलेर सरकार बनाएको प्रति नकारात्मक टिकाटिप्पणी हुने गरेको भन्दै सिंहले जनताकाे राजनीतिक स्थायीत्व र स्थीरताकाे चाहनाअनुसार नै ठूला दल मिल्नुपरेको धारणा राख्नुभयो । `पहिला सरकार बनेकाे केही हप्ता, महिनामा स्क्याण्डलहरू आउँथ्याे । राजनीति स्थीरता दिन्छाैं भनेर बनेकाे कांग्रेस- एमालेकाे सरकार बनेपछि तपाईहरूले के त्यस्ताे स्क्याम सुन्नुभएकाे छ ? ´, उपप्रधानमन्त्री सिंहले भन्नुभयाे । त्यस्तै उहाँले सरकार विधिकाे शासनमा प्रतिवद्द रहेकाे भन्दै बद्मासी गर्नेमाथि विधिअनुसारनै अनुसन्धान र कारवाहीकाे प्रक्रिया अघि बढ्ने र अन्तिम फैसला सर्वाेच्च अदालतले गर्ने पनि बताउनुभयाे ।

सिंहले बिभिन्न आन्दोलनबाट प्राप्त अधिकारलाई सुरक्षित राख्दै मुलुकलाई आर्थिक लगायतका बिकासतर्फ अघि बढ्नुपर्ने पनि बताउनुभएको हो । कार्यक्रममा कांग्रेसकाे सय दिने अभियानमा काठमाडौं प्रतिनिधि रहनुभएका नेता कृष्ण सिटाैला पनि सहभागी हुनुहुन्थ्याे ।


प्रकाशित मिति: १८ पुष २०८१, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?