Trending
>>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता >>   ‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’ >>   महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता >>   महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता >>   रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने >>   झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा >>   स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा >>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता
Logo
११ माघ २०८२, आईतवार
११ माघ २०८२, आईतवार

अहिलेको सरकार नेपाली काँग्रेसको बलमा छः नेता सिटौला


काठमाडाैं । नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले अहिलेको सरकार नेपाली काँग्रेसको बलमा रहेको बताएका छन् ।

बिहीवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले प्रधानमन्त्री केपी शर्मा ओली काँग्रेसको बलमा सरकारमा रहेको बताउदै काँग्रेसको सहारामा प्रधानमन्त्री बनेकाले काँग्रेस बेगर एक्लै अगाडि बढ्न नसक्ने बताएका छन् । उनले अहिलेको सरकार विशेष परिस्थितिबाट निर्माण भएकाले यसलाई जोगाएर लैजानुपर्ने आवश्यकता रहेको र बनिसकेको सरकारलाई बीचमा भत्किन दिनु नहुने बताउदै सरकार जोगाउनका लागि जोगाउने नभइ सरकारका नीति र व्यवहारबाट जनताका बीचमा काम गर्नुपर्ने बताएका छन् ।

नेता सिटौलाले भन्नुभयो, ‘आखिर यो सरकार हाम्रो बलमा छ । केपी ओलीजी प्रधानमन्त्री हाम्रो बलमा हुनुहुन्छ । हाम्रो सहारामा हुनुहुन्छ । हामी बेगर उहाँ अगाडि एक्लै जान सक्नुहुन्छ भनेर हामी कोही पनि कल्पना गर्न सक्दैनौँ । एउटा विशेष परिस्थितिबाट निर्माण भएको सरकार हो यो । यसलाई हामीले जोगाएर लैजानु पनि छ । बनिसकेपछि यसलाई बीचमा भत्किन दिनु पनि भएको छैन हामीले । यसलाई जोगाएर लिएर जानु पनि छ र यो सरकार जोगाउनका लागि जोगाउने होइन, यो सरकारले गर्ने नीतिहरुबाट, यो सरकारले गर्ने व्यवहारबाट राज्य सञ्चालनबाट जनताका बीचमा व्यापक काम गर्न सक्नुपर्छ । कुनै प्रेसले कसैका बारेमा भन्यो भन्दै, प्रहरीले कसैलाई पक्राउ ग¥यो भन्दैमा त्यसैलाई विश्वास गरेर काँग्रेस विचलित हुँदैन ।’

नेता सिटौलाले नेपाली काँग्रेस पार्टीले सिंगो समाजलाई नेतृत्व दिनसक्नुपर्ने बताउदै अहिलेदेखि नै महाधिवेशनको तयारी गर्न आवश्यक नरहेको पनि बताएका छन् ।


प्रकाशित मिति: १८ पुष २०८१, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?