Trending
>>   एसिडिटी के हो ? यस्ता छन् सजिलै निवारण गर्ने उपायहरु >>   रास्वपालाई अमेरिकाले चीन विरोधी शक्तिको रुपमा प्रयोग गर्छः राष्ट्रिय जनमोर्चा >>   मध्यपूर्वको तनावलाई अर्थ मन्त्रालयले कसरी हेरेको छ ? >>   हिम्मत भए प्रधानमन्त्रीको कार्यकक्षमा र संसद भवनमा ग्रेटर नेपालको नक्शा राख्न बालेनलाई चुनौती >>   सर्वोच्च अदालतको फैसला नआई काँग्रेसको नियमित महाधिवेशन हुन सक्दैनः देउवा पक्ष >>   नेपाली काँग्रेसको १५ औं महाधिवेशन आगामी भदौ २४ देखि २६ सम्म काठमाडौंमा हुने >>   हतार र हतास मनस्थितिमा आएर राजीनामा दिएको थिइनँः सभापति थापा >>   मुलुकमा सुशासन कायम तथा शासकीय सुधारका सन्दर्भमा सरकारसँग सहकार्य गर्छौंः सभापति थापा >>   राष्ट्रिय स्वतन्त्र पार्टीको उदय हुनुमा प्रवासी नेपालीको ठूलो भुमिका छ : सोमनाथ सापकोटा >>   नेपाली तयारी पोशाकलाई विश्व बजारमा पुर्‍याउन ‘ऊलमार्क’ सँग सहकार्य, उच्च मूल्यका उत्पादनमा जोड
Logo
१० चैत्र २०८२, मंगलवार
१० चैत्र २०८२, मंगलवार

पर्यटन क्षेत्रको विकासमा निजी क्षेत्रलाई जोड्न सर्वपक्षीय सम्मेलन गर्छौंः मन्त्री पाण्डे


काठमाडौँ । संस्कृती, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले पर्यटन क्षेत्रको समृद्धिका सरकारले सर्वपक्षीय सम्मेलन गर्ने बताएका छन् ।

बिहीवार प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै उनले पयर्टन क्षेत्रमा निजी क्षेत्रको सभागितालाई बढाउन सर्वपक्षीय सम्मेलन गर्नुपर्ने बताएका हुन् ।

उनले आउँदो २०८२ सालको वैशाखमा कोशी प्रदेशमा सम्मेलन आयोजना हुने बताए । उनले पर्यटन क्षेत्रको विकासका लागि तीन तहको सरकारलाई जोड्न सरोकारवालाको दुई वटा वैठक सम्पन्न भइसकेको जानकारी गराएका छन् ।

उक्त सम्मेलनबाट पर्यटन क्षेत्रको विकासका लागि कसले के गर्ने भन्ने निचोडमा पुगिने उनको भनाइ छ । उनले पर्यटन क्षेत्रको विकासका लागि मन्त्रालय नअल्मलिएको स्पष्ट पारेका छन् । उनले पोखरा र भैरहवा विमानस्थल सञ्चालनको लागि सरकारले कार्ययोजना बनाएर काम गरिरहेको उल्लेख गरेका छन् ।

मन्त्री पाण्डे भने , ‘हाम्रो अहिलेको पहलकदमी भनेको अन्तरमन्त्रलय, अन्तरनिकायहरुलाई प्रभावकारी बनाउने र हाम्रो मन्त्रालयले उठान गरेका विषयहरुलाई कसरि उहाँहरुले सम्बोधन गरिदिनुहुन्छ ? र कसरि संवेनशील भइदिनुहुन्छ भन्नेमा हाम्रो जोड छ । तीन तहको समन्वय गर्नको लागि हामी पहिलो बैठक पोखरा बस्यौं । दोस्रो बैठक ठकाुरद्धारा बस्यौं र तेस्रो बैठक कोशीमा हामी वैशाखमा बस्दैछौं । हामीले यही बीचमा एउटा सर्वपक्षीय सम्मेलन गर्ने भनेका छौं । त्यो विषयगत समितिको निर्णय हो । त्यसमा हामी नीजि क्षेत्र पनि राख्छौं । समितिको प्रतिनिधित्व पनि हुन्छ । त्यसमा सरोकारवालाहरुलाई राखेर पर्यटन क्षेत्रका समस्याहरु के हुन् ? र समाधानका उपायहरु के हुन् ? त्यसमा हामी सबै पक्ष र एरलाइन्स सञ्चालकहरुसँग छलफल गर्छौं र एउटा निचोडमा पुग्छौं । अगाडि बढ्ने सन्दर्भमा मन्त्रालय अहिले पनि अल्मलिएको छैन । तर कामहरु कसले गर्नुपर्ने ? के गर्नुपर्ने ? कसरी गर्नुपर्ने ? भन्ने सन्दर्भमा एउटा साझा धारणा र संकल्प निर्माण गर्नेगरी हामी त्यो काम गर्छौं । त्यसको तयारी भएको छ । त्यसमा समितिको साथ सहयोगको अपेक्षा गरेका छौं । पोखरा र भैरहवा विमानस्थललाई निजगढ विमानस्थल बनाउने कुराको औचित्य सावित होस् भनेर सरकार र मन्त्रालयले कार्ययोजना बनाएको छ । र कार्ययोजनाअनुसार कतिपय कामहरु अगाडि बढेका छन् ।’

बैठकमा अधिकांश सांसदहरुको देशभरको विमानस्थल सञ्चालनको विषयमा चासो राखेका थिए ।


प्रकाशित मिति: १८ पुष २०८१, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?