Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१७ माघ २०८२, शनिबार
१७ माघ २०८२, शनिबार

पर्यटन क्षेत्रको विकासमा निजी क्षेत्रलाई जोड्न सर्वपक्षीय सम्मेलन गर्छौंः मन्त्री पाण्डे


काठमाडौँ । संस्कृती, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले पर्यटन क्षेत्रको समृद्धिका सरकारले सर्वपक्षीय सम्मेलन गर्ने बताएका छन् ।

बिहीवार प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै उनले पयर्टन क्षेत्रमा निजी क्षेत्रको सभागितालाई बढाउन सर्वपक्षीय सम्मेलन गर्नुपर्ने बताएका हुन् ।

उनले आउँदो २०८२ सालको वैशाखमा कोशी प्रदेशमा सम्मेलन आयोजना हुने बताए । उनले पर्यटन क्षेत्रको विकासका लागि तीन तहको सरकारलाई जोड्न सरोकारवालाको दुई वटा वैठक सम्पन्न भइसकेको जानकारी गराएका छन् ।

उक्त सम्मेलनबाट पर्यटन क्षेत्रको विकासका लागि कसले के गर्ने भन्ने निचोडमा पुगिने उनको भनाइ छ । उनले पर्यटन क्षेत्रको विकासका लागि मन्त्रालय नअल्मलिएको स्पष्ट पारेका छन् । उनले पोखरा र भैरहवा विमानस्थल सञ्चालनको लागि सरकारले कार्ययोजना बनाएर काम गरिरहेको उल्लेख गरेका छन् ।

मन्त्री पाण्डे भने , ‘हाम्रो अहिलेको पहलकदमी भनेको अन्तरमन्त्रलय, अन्तरनिकायहरुलाई प्रभावकारी बनाउने र हाम्रो मन्त्रालयले उठान गरेका विषयहरुलाई कसरि उहाँहरुले सम्बोधन गरिदिनुहुन्छ ? र कसरि संवेनशील भइदिनुहुन्छ भन्नेमा हाम्रो जोड छ । तीन तहको समन्वय गर्नको लागि हामी पहिलो बैठक पोखरा बस्यौं । दोस्रो बैठक ठकाुरद्धारा बस्यौं र तेस्रो बैठक कोशीमा हामी वैशाखमा बस्दैछौं । हामीले यही बीचमा एउटा सर्वपक्षीय सम्मेलन गर्ने भनेका छौं । त्यो विषयगत समितिको निर्णय हो । त्यसमा हामी नीजि क्षेत्र पनि राख्छौं । समितिको प्रतिनिधित्व पनि हुन्छ । त्यसमा सरोकारवालाहरुलाई राखेर पर्यटन क्षेत्रका समस्याहरु के हुन् ? र समाधानका उपायहरु के हुन् ? त्यसमा हामी सबै पक्ष र एरलाइन्स सञ्चालकहरुसँग छलफल गर्छौं र एउटा निचोडमा पुग्छौं । अगाडि बढ्ने सन्दर्भमा मन्त्रालय अहिले पनि अल्मलिएको छैन । तर कामहरु कसले गर्नुपर्ने ? के गर्नुपर्ने ? कसरी गर्नुपर्ने ? भन्ने सन्दर्भमा एउटा साझा धारणा र संकल्प निर्माण गर्नेगरी हामी त्यो काम गर्छौं । त्यसको तयारी भएको छ । त्यसमा समितिको साथ सहयोगको अपेक्षा गरेका छौं । पोखरा र भैरहवा विमानस्थललाई निजगढ विमानस्थल बनाउने कुराको औचित्य सावित होस् भनेर सरकार र मन्त्रालयले कार्ययोजना बनाएको छ । र कार्ययोजनाअनुसार कतिपय कामहरु अगाडि बढेका छन् ।’

बैठकमा अधिकांश सांसदहरुको देशभरको विमानस्थल सञ्चालनको विषयमा चासो राखेका थिए ।


प्रकाशित मिति: १८ पुष २०८१, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?