Trending
>>   एसिडिटी के हो ? यस्ता छन् सजिलै निवारण गर्ने उपायहरु >>   रास्वपालाई अमेरिकाले चीन विरोधी शक्तिको रुपमा प्रयोग गर्छः राष्ट्रिय जनमोर्चा >>   मध्यपूर्वको तनावलाई अर्थ मन्त्रालयले कसरी हेरेको छ ? >>   हिम्मत भए प्रधानमन्त्रीको कार्यकक्षमा र संसद भवनमा ग्रेटर नेपालको नक्शा राख्न बालेनलाई चुनौती >>   सर्वोच्च अदालतको फैसला नआई काँग्रेसको नियमित महाधिवेशन हुन सक्दैनः देउवा पक्ष >>   नेपाली काँग्रेसको १५ औं महाधिवेशन आगामी भदौ २४ देखि २६ सम्म काठमाडौंमा हुने >>   हतार र हतास मनस्थितिमा आएर राजीनामा दिएको थिइनँः सभापति थापा >>   मुलुकमा सुशासन कायम तथा शासकीय सुधारका सन्दर्भमा सरकारसँग सहकार्य गर्छौंः सभापति थापा >>   राष्ट्रिय स्वतन्त्र पार्टीको उदय हुनुमा प्रवासी नेपालीको ठूलो भुमिका छ : सोमनाथ सापकोटा >>   नेपाली तयारी पोशाकलाई विश्व बजारमा पुर्‍याउन ‘ऊलमार्क’ सँग सहकार्य, उच्च मूल्यका उत्पादनमा जोड
Logo
१० चैत्र २०८२, मंगलवार
१० चैत्र २०८२, मंगलवार

विधेयक, कानून निर्माण सहजिकरण कार्यदल बैठकः विचाराधिन विधेयक सम्बन्धमा दुई दलले फोकल पर्सन तोक्ने


काठमाडौँ । विधेयक, कानून निर्माण सहजिकरण कार्यदलले समितिमा विचाराधिन विधेयकलाई छिटो पारित गर्न फोकल पर्सन तोक्ने निर्णय गरेका छन् ।

बिहीवार सिंहदरबारमा बसेको विधेयक कानून निर्माण सहजीकरण कार्यदलले सो निर्णय गरेका हुन् । बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेकपा एमालेका प्रमुख सचेतक महेशकुमार बर्तौलाले संसदीय समितिहरुमा विचाराधिन विधेयकहरुको बारेमा नेपाली काँग्रेस र एमालेको तर्फबाट सम्बन्धित समितिमा रहनुभएका सदस्यहरुसँग छलफलहरु गरिरहेको र विधेयकलाई चाँडै समितिबाट पारित गर्नेगरी अघि बढ्न आग्रह गरिएको बताए ।

फोकल पर्सन (विषयगत रुपमा जिम्मेवारी दिएका ब्यक्ति) सहितको बैठक पुस २४ गते बस्ने बताएका छन् । उनले विधेयकका बारेमा उठेको केही अन्तरवस्तुका बारेमा समीक्षा भएको बताए ।

दुवै दलले संसदको ६ वटा समितिहरुमा विधेयकहरुलाई छिटो पारित गर्नेगरी कार्यदल बनाएको र सोहीअनुसार बैठकहरु बसिरहेको बताए । अर्थ समितिमा ५, राज्य व्यवस्थामा ४, शिक्षा २ वटा, पूर्वाधारमा २ वटा, कानूनमा एउटा र उद्योगसँग सम्बन्धित समितिमा एउटा विधेयक विचाराधिन रहेको बताएका छन् ।

संसदीय काम र प्रक्रिया हरेक सांसदको पहिलोकाम भएकाले सोहीअनुसार लाग्न सांसदहरुसँग आग्रह गरिएको पनि बताए । उनले बैठकले सांसदहरुलाई बैठकमा उपस्थिति हुने र हाजिर गर्ने मात्रै नभइ विधेयक अघि बढाउन आवश्यक पहल गर्न पनि अपिल गर्ने निर्णय गरेको बताए ।

प्रमुख सचेतक बर्तौलाले भने , ‘अहिले हामीले विशेष गरी संसदीय समितिहरुमा विचाराधिन विधेयकहरुको बारेमा नेपाली काँग्रेस र एमालेको तर्फबाट सम्बन्धित समितिमा रहनुभएका माननीयज्युहरुसहित घुनिभुत छलफलहरु चलाइरहेका छौँ । बैठकहरु पनि नियमित बसाइरहेका छौँ । विधेयकहरुमा छलफल चलिरहेको पनि छ । अगाडि बढिरहेको पनि छ । आज हामीले त्यसै सन्दर्भमा विशेष गरी दुई दलको एउटा संसदमा विचाराधिन विधेयकको बारेमा एउटा संयन्त्र जे हामीले बनाएका छौँ, त्यसको बैठक बसेको छ । विधेयकका बारेमा उठेको कतिपय अन्तरवस्तुका बारेमा समीक्षा गर्‍यौँ । दुवै दलले संसदको ६ वटा समितिहरुमा विधेयकहरु छन्, अर्थ समितिमा ५, राज्य व्यवस्थामा ४, शिक्षा २ वटा, पूर्वाधारमा २ वटा, कानूनमा एउटा र उद्योगसँग सम्बन्धित समितिमा एउटा छ । यो विधेयक रहेका समितिको काँग्रेस र एमाले दुवैले फोकल पर्सन तय गर्ने निर्णय गरेका छौँ । नेपाली काँग्रेसको तर्फबाट पनि त्यो भएको छ । एमालेको तर्फबाट भइसक्यो । २४ गते दुवै फोकल पर्सनसहितको बैठक आयोजना गर्छौं । त्यसपछि विषयगत समितिका सभापतिसँग छलफल गर्नेछौँ । सम्बन्धित मन्त्रीहरुले अधिकतमसमय दिनेगरी थप छलफल गर्नेछौँ ।’

बैठकमा सरकारका मुख्य सचेतक तथा नेकपा एमालेका प्रमुख सचेतक महेशकुमार बर्तौला, नेपाली काँग्रेसका प्रमुख सचेतक श्याम घिमिरे, नेपाली काँग्रेस संसदीय विभाग प्रमुख जीवन परियार, नेपाली काँग्रेसका सचेतक शुशिला थिङ, नेकपा एमालेका सचेतक सुनिता बराल लगायतको उपस्थिति थिए ।


प्रकाशित मिति: १८ पुष २०८१, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?